इस्साकार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इस्साकार

उत्‍पत्ति 30 : 18
18 तब लेआले भनिन्, “मैले मेरी कमारी मेरा पतिलाई दिएकी हुनाले परमेश्‍वरले मलाई मेरो इनाम दिनुभयो।” यसकारण तिनले त्‍यसको नाउँ इस्‍साखार राखिन्‌।

प्रस्‍थान 1 : 3
3 इस्‍साखार, जबूलून, र बेन्‍यामीन,

१ इतिहास 2 : 1
1 इस्राएलका छोराहरू: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,

उत्‍पत्ति 49 : 15
15 आफ्‍नो विश्रामको ठाउँ असल रहेछ, र त्‍यसको देश रमाइलो रहेछ भन्‍ने त्‍यसले देखेपछि, त्‍यसले भारी बोक्‍नलाई आफ्‍नो काँध झुकाउनेछ, र बेगारीको काम गर्न मान्‍नेछ।

१ इतिहास 7 : 2
2 तोलाका छोराहरू: उज्‍जी, रपायाह, यरीएल, यहमै, यिब्‍साम र शमूएल— तिनीहरूका परिवारका मुखियाहरू। दाऊदको समयमा तोलाका सन्‍तानमध्‍येका लड़ाकू मानिसहरूको संख्‍या २२,६०० थियो।

१ इतिहास 7 : 5
5 इस्‍साखारका सबै वंशका कुटुम्‍बहरूमध्‍ये तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरू ८७,००० थिए।

गन्ती 1 : 29
29 इस्‍साखारको कुलबाटको संख्‍या ५४,४०० थियो।

गन्ती 2 : 6
6 गन्‍तीअनुसार तिनको दल ५४,००० छन्‌।

गन्ती 26 : 25
25 इस्‍साखारको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ६४,३०० थियो।

व्यवस्था 33 : 19
19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्, र त्‍यहाँ तिनीहरूले धार्मिकताका बलिदान चढ़ाउनेछन्‌। तिनीहरूले समुद्रको प्रचुर सम्‍पत्ति र बालुवामा भएका गुप्‍त धन उपभोग गर्नेछन्‌।”

गन्ती 2 : 3
3 पूर्वतिर घाम झुल्‍कनेपट्टि यहूदाको शिविरका दलहरूले तिनीहरूको झन्‍डाको मुन्‍तिर छाउनी हालून्‌। यहूदाका मानिसहरूका कुलनायक अम्‍मीनादाबका छोरा नहशोन होऊन्‌।

गन्ती 2 : 5
5 तिनको नजिकै इस्‍साखारको कुलले पाल ठड़्याओस्‌। इस्‍साखारका कुलनायक सूआरका छोरा नतनेल होऊन्‌।

गन्ती 10 : 15
15 इस्‍साखारका कुलको दलअगि सूआरका छोरा नतनेल थिए।

यहोशू 19 : 23
23 तिनीहरूका वंश-वंशअनुसार इस्‍साखारका कुलको अधिकारका सहरहरू तिनका बस्‍तीहरूसमेत यी नै हुन्‌।

यहोशू 17 : 11
11 इस्‍साखार र आशेरमा मनश्‍शेलाई यति पर्‍यो: बेथ-शान र त्‍यसका बस्‍तीहरू, यिबलाम र त्‍यसका बस्‍तीहरू र डोरका, एन्‍दोरका, तानाकका र मगिद्दोका बासिन्‍दाहरू र तिनीहरूका बस्‍तीहरू (सूचीमा तेस्रोचाहिँ डोरको लेक हो)।

न्यायकर्ताहरू 5 : 15
15 इस्‍साखारका प्रधानहरू दबोरासित थिए, हो, इस्‍साखार बाराकसित थिए। तिनीहरू तिनको पछि तल बेँसीमा कुदेर गए। रूबेनका जिल्‍लाहरूमा हृदय जाँच्‍ने धेरै काम भयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *