इश्माएल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इश्माएल

उत्‍पत्ति 16 : 11
11 परमप्रभुका दूतले त्‍यसलाई भने, “तँ गर्भवती छेस्, र तैंले एउटा छोरो जन्‍माउनेछेस्‌। तैंले त्‍यसको नाउँ इश्‍माएल [1] राख्‍नू, किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ।

उत्‍पत्ति 16 : 16
16 हागारले अब्रामको निम्‍ति इश्‍माएल जन्‍माउँदा अब्राम छयासी वर्ष पुगेका थिए।

१ इतिहास 1 : 28
28 अब्राहामका छोराहरू: इसहाक र इश्‍माएल।

उत्‍पत्ति 17 : 18
18 अनि अब्राहामले परमेश्‍वरलाई भने, “इश्‍माएल नै तपाईंको आशिष्‌मा बाँचिरहे त हुन्‍छ।”

उत्‍पत्ति 17 : 20
20 अनि इश्‍माएलको विषयमा चाहिँ मैले तेरो बिन्‍ती सुनें। हेर्, म त्‍यसलाई आशिष्‌ दिनेछु, र म त्‍यसलाई फल्‍दो-फुल्‍दो तुल्‍याएर प्रशस्‍त गरी त्‍यसको वृद्धि गर्नेछु। बाह्र शासकको त्‍यो पिता हुनेछ, र म त्‍यसबाट एउटा ठूलो जाति उत्‍पन्‍न गराउनेछु।

उत्‍पत्ति 17 : 26
26 अब्राहाम र तिनको छोरो इश्‍माएलको खतना एकै दिनमा भएको थियो।

उत्‍पत्ति 16 : 12
12 मानिसहरूमा त्‍यो जङ्गली गधाजस्‍तै हुनेछ। त्‍यसको हात सबैका विरुद्धमा उठ्‌नेछ, र सबैका हात त्‍यसको विरुद्धमा उठ्‌नेछन्‌। आफ्‍ना सबै नातेदारहरूकै शत्रुतामा त्‍यो बसोबास गर्नेछ।”

उत्‍पत्ति 17 : 20
20 अनि इश्‍माएलको विषयमा चाहिँ मैले तेरो बिन्‍ती सुनें। हेर्, म त्‍यसलाई आशिष्‌ दिनेछु, र म त्‍यसलाई फल्‍दो-फुल्‍दो तुल्‍याएर प्रशस्‍त गरी त्‍यसको वृद्धि गर्नेछु। बाह्र शासकको त्‍यो पिता हुनेछ, र म त्‍यसबाट एउटा ठूलो जाति उत्‍पन्‍न गराउनेछु।

उत्‍पत्ति 21 : 13
13 म त्‍यस कमारीको छोराबाट पनि एक जाति खड़ा गर्नेछु, किनभने त्‍यो पनि तेरै सन्‍तान हो।”

उत्‍पत्ति 21 : 18
18 उठ्, गएर बालकलाई उठा, र त्‍यसको हात बलियो गरी पक्री नै राख्, किनभने म त्‍यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु।”

उत्‍पत्ति 21 : 21
21 त्‍यो पारानको मरुभूमिमा बस्‍थ्‍यो, र त्‍यसकी आमाले त्‍यसको लागि मिश्रबाट एउटी पत्‍नी ल्‍याइदिई।

उत्‍पत्ति 25 : 9
9 उनका छोराहरू इसहाक र इश्‍माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको, मम्रेनेरको मक्‍पेलाको ओड़ारमा गाड़े।

उत्‍पत्ति 25 : 18
18 मिश्रको सिमानानेर, अश्‍शूर देशतर्फ हवीलादेखि शूरसम्‍म तिनीहरू बसोबास गर्थे। अनि तिनीहरू आफ्‍ना दाजुभाइको शत्रुतामा बस्‍थे।

१ इतिहास 1 : 31
31 यतूर, नापीश र केदमा। यिनीहरू इश्‍माएलका छोराहरू थिए।

उत्‍पत्ति 28 : 9
9 तब एसाव इश्‍माएलकहाँ गए, र उनका आफ्‍ना पत्‍नीहरूबाहेक अब्राहामका छोरा इश्‍माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्‍नी पत्‍नी तुल्‍याएर ल्‍याए।

उत्‍पत्ति 36 : 3
3 तथा इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत।

उत्‍पत्ति 25 : 18
18 मिश्रको सिमानानेर, अश्‍शूर देशतर्फ हवीलादेखि शूरसम्‍म तिनीहरू बसोबास गर्थे। अनि तिनीहरू आफ्‍ना दाजुभाइको शत्रुतामा बस्‍थे।

२ इतिहास 19 : 11
11 “परमप्रभुसम्‍बन्‍धी विषयमा मुख्‍य पूजाहारी अमर्याह तिमीहरूमाथि अधिकारी छन्‌। राज्‍यसम्‍बन्‍धी विषयमा यहूदाका कुलनायक इश्‍माएलका छोरा जबदियाह अधिकारी छन्‌। लेवीहरूचाहिँ तिमीहरूका सामुन्‍ने अधिकृतहरूझैँ सेवा गर्नेछन्‌। बलिया र दृढ़ होऊ। परमप्रभु असल गर्नेहरूका साथ होऊन्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *