इनाम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इनाम

प्रस्‍थान 20 : 6
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।

प्रस्‍थान 20 : 12
12 “आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌।

एफिसी 6 : 3
3 कि तिमीहरूलाई भलो होस्, र पृथ्‍वीमा तिमीहरू दीर्घायु होओ।

लेवीहरू 25 : 19
19 भूमिले आफ्‍नो उब्‍जनी दिनेछ, र खानु-पिउनुमा तिमीहरूलाई दु:ख हुनेछैन, अनि तिमीहरू देशमा निर्धक्‍क बस्‍न पाउनेछौ।

लेवीहरू 26 : 45
45 तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसँग गरेको करार सम्‍झनेछु। मैले तिनीहरूका परमेश्‍वर हुनलाई तिनीहरूका पुर्खाहरूलाई अन्‍यजातिहरूकै सामुन्‍ने मिश्रबाट निकालेर ल्‍याएको थिएँ। म परमप्रभु हुँ’।”

व्यवस्था 4 : 40
40 आज मैले तिमीहरूलाई दिन लागेका उहाँका विधि र आज्ञाहरू पालन गर, र तिमीहरू र तिमीहरूका पछिका वंशको भलो होस्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले अनन्‍त कालसम्‍म दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्‌।

व्यवस्था 6 : 3
3 हे इस्राएली हो, यी सबै पालन गर, ताकि तिमीहरूको भलो होस्, र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको खूब वृद्धि पनि होस्‌।

व्यवस्था 6 : 18
18 परमप्रभुको दृष्‍टिमा जुन-जुन कुरा ठीक र असल छन्‌ त्‍यही गर, ताकि तिमीहरूको कल्‍याण होस्, र तिमीहरूका पिता-पुर्खासँग परमप्रभुले शपथ खाएर प्रतिज्ञा गर्नुभएको त्‍यो असल देश तिमीहरूले कब्‍जा गर,

व्यवस्था 11 : 16
16 यसैले होशियार रहो, नत्रता तिमीहरू तर्केर अरू देवताहरूको सेवा र पूजा गरौला,

व्यवस्था 11 : 21
21 ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्‍तानहरू पृथ्‍वीमाथि आकाश रहुञ्‍जेल चिरायु होऊन्‌।

व्यवस्था 11 : 29
29 जब परमप्रभु तिमीहरूका आफ्‍ना परमेश्‍वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू।

व्यवस्था 27 : 26
26 “यस व्‍यवस्‍थाका वचन पूरा गरी पालन नगर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

यहोशू 8 : 33
33 इस्राएलीहरूलाई आशीर्वाद दिनुपर्छ भनी परमप्रभुका दास मोशाले पहिले नै आज्ञा दिएबमोजिम, परदेशी, स्‍वदेशी, सारा इस्राएली, तिनीहरूका धर्म-गुरुहरू, अधिकारीहरू, न्‍यायकर्ताहरूसमेत परमप्रभुका, करारको सन्‍दूक बोक्‍ने लेवी पूजाहारीहरूका सामुन्‍ने सन्‍दूकको दुईतिर आधा एबाल डाँड़ाको सामु र अर्को आधा गीरीज्‍जीम डाँड़ाको सामु खड़ा भए।

व्यवस्था 15 : 11
11 देशमा गरीब सधैँ हुनेछन्‌। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्‍ना भाइबन्‍धु र आफ्‍नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू।

व्यवस्था 22 : 7
7 माउलाई छोड़ेर बचरा तिमीहरू लान सक्‍छौ। यसो गर्नु, ताकि तिमीहरूलाई कल्‍याण होस्, र तिमीहरूको आयु लामो होस्‌।

व्यवस्था 24 : 19
19 खेतमा बालीको कटनी गर्दा एक बिटा बिर्स्‍यौ भने, त्‍यो लिन फर्केर नजाओ। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति त्‍यो छोड़िदेऊ, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्‌।

व्यवस्था 25 : 15
15 तर तिमीहरूसँग ठीक तौल र परिमाणका ढक र माना-पाथी हुनुपर्छ, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा तिमीहरूको आयु लामो होस्‌।

यशैया 1 : 20
20 तर तिमीहरू इन्‍कार गर्छौ र अटेरी हुन्‍छौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि परमप्रभुकै मुखले यो कुरा भन्‍नुभएको हो।

यशैया 3 : 10
10 धर्मी मानिसहरूलाई भन, कि तिनीहरूलाई असलै हुनेछ, किनकि तिनीहरूले आफ्‍नो सुकर्मको फल भोग्‍नेछन्‌।

यशैया 40 : 11
11 उहाँले आफ्‍नो बगाललाई गोठालाले झैँ चराउनुहुन्‍छ। उहाँले थुमाहरूलाई आफ्‍नै अँगालोमा लिनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नै हृदयको नजिक बोक्‍नुहुन्‍छ। उहाँले ससाना बच्‍चा भएकालाई चाहिँ बिस्‍तार-बिस्‍तार डोर्‍याउनुहुन्‍छ।

यर्मिया 22 : 4
4 किनकि यदि तिमीहरूले साँच्‍चै यी आज्ञाहरू होशियारीसित पालन गर्‍यौ भने, यस महलका यी मूल ढोकाहरूबाट आएर दाऊदको सिंहासनमा बस्‍ने राजाहरू रथ र घोड़ाहरूमा सवार भएर तिनका अधिकारीहरू र मानिसहरूका साथ प्रवेश गर्नेछन्‌।

यर्मिया 17 : 26
26 यहूदाका नगरहरूबाट र यरूशलेमका चारैतिरका गाउँहरूबाट, बेन्‍यामीनको इलाकाबाट, तराईबाट, पहाड़ी देशबाट र नेगेवबाट होमबलि, बलिदानहरू, अन्‍नबलि र धूप र धन्‍यवादका बलिहरू लिएर मानिसहरू परमप्रभुको भवनमा आउनेछन्‌।

मत्ती 10 : 32
32 “यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्‍वीकार गर्छ, म पनि उसलाई स्‍वर्गमा हुनुहुने मेरा पिताको सामुन्‍ने स्‍वीकार गर्नेछु।

लूका 12 : 8
8 “म तिमीहरूलाई भन्‍दछु, हरेक जसले मलाई मानिसहरूका सामुन्‍ने स्‍वीकार गर्दछ, त्‍यसलाई मानिसको पुत्रले पनि परमेश्‍वरका दूतहरूका सामुन्‍ने स्‍वीकार गर्नेछ।

मत्ती 16 : 27
27 किनकि मानिसको पुत्र आफ्‍ना पिताको महिमामा आफ्‍ना स्‍वर्गदूतहरूसँग आउनेछ, र त्‍यस बेला उसले हरेक मानिसलाई त्‍यसको कामअनुसार प्रतिफल दिनेछ।

मत्ती 20 : 16
16 “यसरी नै पछिल्‍ला पहिला हुनेछन्‌ र पहिला पछिल्‍ला हुनेछन्‌।”

मत्ती 25 : 46
46 “तब यिनीहरू अनन्‍त दण्‍डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्‍त जीवनमा प्रवेश गर्नेछन्‌’।”

मर्कूस 10 : 21
21 येशूले त्‍यसलाई हेर्नुभयो, र त्‍यसलाई माया गरेर भन्‍नुभयो, “तिमीलाई अझ एउटा कुराको अभाव छ। जाऊ, र तिम्रा जे-जति छन्‌ बिक्री गर र गरीबहरूलाई देऊ, र तिमीलाई स्‍वर्गमा सम्‍पत्ति मिल्‍नेछ। अनि आएर मेरो पछि लाग।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *