इतिहास

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इतिहास

रोमी 15 : 4
4 अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्‍ति लेखिएका थिए, यस उद्देश्‍यले कि पवित्र-शास्‍त्रबाट आउने स्‍थिरता र उत्‍साहद्वारा हामी आशा प्राप्‍त गर्न सकौं।

अय्‍यूब 8 : 8 – 10
8 “अघिका पुस्‍तालाई सोध्‍नुहोस्, अनि तिनीहरूका पुर्खाहरूका अनुभवलाई विचार गर्नुहोस्‌।
9 किनभने हामी त हिजो मात्र जन्‍मेका हौं, अनि हामी केही पनि जान्‍दैनौं। र पृथ्‍वीमा हाम्रो दिन त छायाजस्‍तो मात्र छ।
10 के ती तपाईंलाई सिकाउँदैनन्, र तिनले तपाईंलाई भन्‍दैनन्‌? र तिनका हृदयका ज्ञानको कुरा पोखाउँदैनन्‌?

हिब्रू 11 : 3
3 विश्‍वासद्वारा हामी बुझ्‍दछौं कि सारा विश्‍व परमेश्‍वरको वचनद्वारा सृष्‍टि भयो, र जो दृश्‍य छ त्‍यो अदृश्‍य कुराबाट बन्‍यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *