इडो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इडो

१ राजाहरू 4 : 14
14 महनोममा— इद्दोका छोरा अहीनादाब।

१ इतिहास 6 : 21
21 तिनका छोरा योआ, तिनका छोरा इद्दो, तिनका छोरा जेरह, र तिनका छोरा यातरै।

१ इतिहास 27 : 21
21 गिलादमा भएका मनश्‍शेको आधाकुलका: जकरियाका छोरा इद्दो। बेन्‍यामीनका: अबनेरका छोरा यासीएल।

२ इतिहास 9 : 29
29 सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र नबातका छोरा यारोबामको विषयमा दर्शी इद्दोका दर्शनको पुस्‍तकमा वर्णन गरिएका छैनन्‌ र?

२ इतिहास 12 : 15
15 रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म वंशावलीअनुसार शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्‍तकहरूमा लेखिएका छैनन्‌ र? रहबाम र यारोबामका बीचमा निरन्‍तर लड़ाइँ भइरह्यो।

२ इतिहास 13 : 22
22 अबियाको राजकालका अरू घटनाहरू, तिनले गरेका कार्यहरू र तिनले भनेका वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन्‌।

एज्रा 5 : 1
1 हाग्‍गै अगमवक्ता र इद्दोको वंशका जकरिया अगमवक्ताले यहूदा र यरूशलेममा भएका यहूदीहरूलाई तिनीहरूमाथि प्रभुत्‍व गर्नुहुने इस्राएलका परमेश्‍वरको नाउँमा अगमवाणी बोले।

एज्रा 6 : 14
14 फलस्‍वरूप यहूदी धर्म-गुरुहरू पुनर्निर्माण काममा लागिरहे, र हाग्‍गै अगमवक्ता र इद्दोको वंशका जकरियाको अगमवाणीद्वारा तिनीहरूको उन्‍नति बढ्‌दैगयो। इस्राएलका परमेश्‍वरको आज्ञाअनुसार र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्‍तका उर्दीअनुसार तिनीहरूले मन्‍दिरको पुनर्निर्माण गरेर काम सिद्ध्याए

जकरिया 1 : 1
1 दारा राजाको दोस्रो वर्षको आठौँ महिनामा परमप्रभुको यो वचन इद्दोका नाति बेरेक्‍याहका छोरा जकरिया अगमवक्ताकहाँ आयो:

जकरिया 1 : 7
7 दारा राजाको दोस्रो वर्षको शेबात भनिने एघारौँ महिनाको चौबीसौँ दिनमा इद्दोका नाति बेरेक्‍याहका छोरा जकरिया अगमवक्ताकहाँ परमप्रभुको वचन आयो।

नहेम्‍याह 12 : 4
4 इद्दो, गिन्‍नतोन, अबिया,

नहेम्‍याह 12 : 16
16 इद्दोका जकरिया, गिन्‍नतोनका मशुल्‍लाम,

एज्रा 8 : 17
17 र कासिपिया इलाकाका मुखिया इद्दोकहाँ जान आदेश दिएर पठाएँ। मैले तिनीहरूका हातमा कासिपियाका इद्दो तथा तिनका कुटुम्‍ब, त्‍यहाँको मन्‍दिरका सेवकहरूलाई हाम्रा परमेश्‍वरका भवनको लागि हामीकहाँ सेवकहरू पठाइदेऊन् भनी समाचार पठाएँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *