यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इडेन
उत्पत्ति 2 : 17
17 तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्।
उत्पत्ति 3 : 24
24 उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो।
उत्पत्ति 4 : 16
16 तब कयिन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद [1] भन्ने देशमा बस्न लागे।
यशैया 51 : 3
3 परमप्रभुले निश्चय नै सियोनलाई सान्त्वना दिनुहुनेछ, र उहाँले त्यसका सब भग्नावशेषहरूलाई दयाको दृष्टिले हेर्नुहुनेछ। अनि त्यसको मरुभूमिलाई अदनझैँ, र त्यसको रूखो जमिनलाई परमप्रभुको बगैँचाझैँ बनाउनुहुनेछ। हर्ष र आनन्द, धन्यवाद र गीतको सोर त्यसमा पाइनेछ।
इजकिएल 28 : 13
13 परमेश्वरको बगैँचा अदनमा तँ थिइस्। हरेक बहुमूल्य पत्थरले तँ सिँगारिएको थिइस्— मानिक, पुष्पराज, पन्ना, पीतमणि, आनिक्स, बिल्लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्। तेरा मणिघरहरू सुनले मोहोरिएका थिए, तँ सृजेको दिनमा नै ती तयार पारिएका थिए।
इजकिएल 31 : 9
9 फैलिएका प्रशस्त हाँगाहरूले पूर्ण पारेर मैले नै त्यसलाई सुन्दर पारें, र परमेश्वरको बगैँचामा अदनका सबै रूखहरूले त्यसलाई डाहा गर्थे।
इजकिएल 31 : 16
16 जब मैले त्यसलाई मृत-लोकमा जानेहरूसँग चिहानमा झारिदिएँ, तब मैले जाति-जातिहरूलाई त्यो लोटेको आवाजले थर्काएँ। तब अदनका सबै रूखहरू, लेबनानका सबैभन्दा मन पर्ने र असल रूखहरू प्रशस्त पानी पाएका सबै रूखहरूले पृथ्वीमुनि सान्त्वना पाए।
इजकिएल 31 : 18
18 “ऐश्वर्य र वैभवमा अदनका रूखहरूमा अरू कुन रूख तँसित तुलना गर्न सकिन्छ? तापनि तँ पनि अदनका रूखहरूसितै पृथ्वीको तलतिर झारिनेछस्। तँ पनि खतना नभएकाहरूसित, तरवारले मारिएकाहरूसँग पड़िरहनेछस्। “‘योचाहिँ फारो र त्यसका सबै सैन्य-दलहरू हो, परमप्रभु परमेश्वर भन्नुहुन्छ’।”
इजकिएल 36 : 35
35 मानिसहरूले भन्नेछन्, “यो जमिन जो उजाड़ थियो, अब अदनको बगैँचाजस्तै भएछ। ती उजाड़, सर्वनाश, र ध्वंस भएका सहरहरू अब किल्लाहरू र मानिसहरूले भरिएका छन्।”
योएल 2 : 3
3 तिनीहरूका अगिअगि आगोले भस्म पार्छ र तिनीहरूका पछिपछि आगोको ज्वाला दन्कन्छ। तिनीहरूका सामुन्ने भूमि अदनको बगैँचाजस्तो छ, तिनीहरूका पछि उजाड़ मरुभूमिजस्तो छ। तिनीहरूदेखि केही पनि उम्कनेछैन।
२ राजाहरू 19 : 12
12 के मेरा पिता-पुर्खाहरूले सर्वनाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटकारा दिए त— गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्ने अदनका मानिसहरूका देवताहरू?
यशैया 37 : 12
12 के मेरा पुर्खाहरूले नाश गरेका जातिहरूलाई तिनीहरूका ईश्वरहरूले छुटाउन सके— अर्थात् गोजान, हारान, रेसेप र तेल-अस्सारमा भएका अदन वंशीहरूका देवताहरूले तिनीहरूलाई बचाए?
इजकिएल 27 : 23
23 “‘हारान, कन्नेह र अदन, अनि शेबा, अश्शूर र किल्मदका व्यापारीहरूले तँसित व्यापार गर्थे।
आमोस 1 : 5
5 म दमस्कसको मूल ढोका भाँचिदिनेछु। आवनको उपत्यकामा भएको राजालाई र बेथ-अदनमा राजदण्ड लिनेलाई सर्वनाश गर्नेछु। अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्,” परमप्रभुले भन्नुहुन्छ।
२ इतिहास 29 : 12
12 तब यी लेवीहरूले काम गर्न सुरु गरे: कहातीहरूबाट: अमासैका छोरा महत र अजर्याहका छोरा योएल। मरारीहरूबाट: अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह। गेर्शोनीहरूबाट: जिम्माहका छोरा योआ र योआका छोरा अदन।
२ इतिहास 31 : 15
15 दल-दलअनुसार ठूला-साना सङ्गी-पूजाहारीहरूलाई ठीक-ठीक हिस्सा बाँड्न पूजाहारीहरूका सहरहरूमा अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याहले कोरेलाई ईमानदारीसाथ सहायता गरे।
Leave a Reply