इजरायल एक राज्य बन्न

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इजरायल एक राज्य बन्न

यर्मिया 30 : 1 – 40
1 परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यही हो:
2 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘मैले तँलाई भनेका सबै कुरा एउटा पुस्‍तकमा लेख्‌।
3 यस्‍तो दिन आउँदैछ, जब म मेरा प्रजा इस्राएल र यहूदालाई निर्वासनबाट फर्काएर ल्‍याउनेछु, र देश अधिकार गर्न मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको त्‍यस देश म फेरि तिनीहरूलाई दिनेछु,’ परमप्रभु भन्‍नुहुन्‍छ।”
4 इस्राएल र यहूदाको विषयमा परमप्रभुले भन्‍नुभएका कुरा यी नै हुन्‌:
5 “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘डरको आवाज र त्रासको आवाज सुनिँदैछ। शान्‍तिको होइन।
6 सोध र हेर: के पुरुषले छोराछोरी जन्‍माउन सक्‍छ र? किन त हरेक बलियो मानिस प्रसववेदनामा परेझैँ आफ्‍नो हातले पेट समातेको म देख्‍तछु? किन हरेकको अनुहार मरेको जस्‍तै पहेँलो भएको छ?
7 हाय! त्‍यो दिन कस्‍तो डरलाग्‍दो दिन हुनेछ! त्‍यस्‍तो अरू कुनै दिन पनि हुनेछैन। याकूबको निम्‍ति यो दु:खको दिन हुनेछ, तर ऊ त्‍यसबाट बचाइनेछ।
8 “सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, ‘त्‍यस दिन म त्‍यो जुवा तिनीहरूको काँधबाट भाँचिदिनेछु, र म तिनीहरूको बन्‍धन फुकाइदिनेछु। विदेशीहरूले कहिल्‍यै तिनीहरूलाई दास बनाउनेछैनन्‌।
9 त्‍यसको सट्टामा तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वर र मैले तिनीहरूका निम्‍ति खड़ा गरेका तिनीहरूका राजा दाऊदकै सेवा गर्नेछन्‌।’
10 “परमप्रभु भन्‍नुहुन्‍छ, ‘यसैले हे मेरो दास याकूब, नडरा। हे इस्राएल, हताश नखा। म तँलाई टाढ़ा देशबाट र तेरा सन्‍तानलाई निर्वासन भएको देशबाट बचाएर ल्‍याउनेछु। याकूबलाई फेरि शान्‍ति र सुरक्षा हुनेछ। कसैले त्‍यसलाई डर देखाउन सक्‍नेछैन’।
11 परमप्रभु भन्‍नुहुन्‍छ, ‘म तेरो उद्धार गर्नेछु, तेरो साथमा रहनेछु। जुन जातिहरूकहाँ तँलाई मैले तितरबितर पारेको थिएँ, ती सबलाई म बिलकुलै खतम पार्नेछु। तापनि म तँलाई त बिलकुलै खतम पार्नेछैनँ। म तँलाई न्‍यायपूर्वक अनुशासन गर्नेछु। तँलाई दण्‍ड नदिई म पूरै छोड्‌नेछैनँ’।
12 “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तेरो घाउ निको नहुने, र तेरो चोट निको पार्न नसकिने छ।
13 तेरो पक्षमा बिन्‍ती गरिदिने कोही छैन। तेरो घाउको कुनै उपचार छैन, तेरो निम्‍ति चङ्गाइ छैन।
14 तेरा सबै सहयोगीहरूले तँलाई बिर्सिसके। तिनीहरू तेरो केही वास्‍ता गर्दैनन्‌। तेरो ठूलो अपराध र तेरा धेरै पापहरूले गर्दा शत्रुले झैँ मैले तँलाई हिर्काएँ, र निष्‍ठुरले झैँ तँलाई दण्‍ड दिएँ।
15 तेरो चोटको कारण, तेरो निको नहुने दुखाइको कारण तँ किन रुन्‍छस्‌? तेरो ठूलो दोष र धेरै पापहरूको कारणले यी सबै मैले तँलाई गरेको हो।
16 “‘तर तँलाई निल्‍नेहरू सबै निलिनेछन्‌। तेरा सबै शत्रुहरू निर्वासनमा लगिनेछन्‌। तँलाई लुट्‌नेहरू लुटिनेछन्‌। तँलाई बिगार्नेहरूलाई म बिगार्नेछु।
17 तर म तँलाई फेरि स्‍वस्‍थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘किनभने तँलाई त्‍यागिएकी, कसैले वास्‍ता नगर्ने सियोन भनिन्‍छ’।
18 “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘म याकूबका पालको सुख-शान्‍ति फेरि फिर्ता दिनेछु, र त्‍यसका बस्‍ने ठाउँहरूलाई टिठ्याउनेछु। त्‍यसकै भग्‍नावशेषमा त्‍यो सहर फेरि बनाइनेछ, र महल अघिको आफ्‍नै स्‍थानमा खड़ा हुनेछ।
19 तिनीहरूबाट धन्‍यवादको स्‍तुतिगान र आनन्‍दको सोर सुनिनेछ। म तिनीहरूका संख्‍याको वृद्धि गर्नेछु, र तिनीहरू घट्‌नेछैनन्‌। म तिनीहरूमा सम्‍मान ल्‍याउनेछु, र तिनीहरूलाई ठट्टा गरिनेछैन।
20 तिनीहरूका छोराछोरीहरू अघिका जस्‍तै हुनेछन्, र मेरो सामुन्‍ने तिनीहरूको समूह स्‍थापित हुनेछ। तिनीहरूमाथि अत्‍याचार गर्नेहरूलाई म दण्‍ड दिनेछु।
21 तिनीहरूको अगुवा तिनीहरूमध्‍येकै एक जना हुनेछ। तिनीहरूको शासक तिनीहरूकै बीचबाट निस्‍कनेछ। म त्‍यसलाई मेरो नजिक ल्‍याउनेछु, र त्‍यो मेरो नजिक आउनेछ। किनकि मेरो नजिक आउनलाई कसले आफै भक्ति गर्नेछ?’ परमप्रभु भन्‍नुहुन्‍छ।
22 ‘यसरी तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु’।”
23 हेर, क्रोधमा परमप्रभुको आँधी उठ्‌नेछ, दुष्‍टहरूको टाउकोमा भुमरीको झोक्‍का बजारिनेछ।
24 आफ्‍नो मनका उद्देश्‍यहरू सिद्ध नहोउञ्‍जेल, परमप्रभुको भयङ्कर रीस मर्नेछैन। आउने दिनहरूमा तिमीहरूले यो बुझ्‍नेछौ।

यशैया 43 : 5 – 6
5 नडरा, किनकि म तँसित छु। म तेरा छोराछोरीहरूलाई पूर्वदेखि ल्‍याउनेछु, र पश्‍चिमदेखि तिमीहरूलाई भेला गर्नेछु।
6 म उत्तर दिशालाई भन्‍नेछु, ‘तिनीहरूलाई दिइहाल्‌।’ र दक्षिण दिशालाई भन्‍नेछु, ‘तिनीहरूलाई नथुन्‌।’ मेरा छोराहरूलाई टाढ़ादेखि र मेरा छोरीहरूलाई पृथ्‍वीको पल्‍लो छेउदेखि ल्‍याओ,

लूका 21 : 32
32 “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबै घटना पूरा नभएसम्‍म यो पुस्‍ता बितिजानेछैन।

व्यवस्था 30 : 3
3 तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्‍याउनुहुनेछ।

यशैया 11 : 12
12 उहाँले जाति-जातिहरूका निम्‍ति एउटा झन्‍डा खड़ा गर्नुहुनेछ, र इस्राएलका निकालिएकाहरूलाई र यहूदाका छरपष्‍ट भएकाहरूलाई पृथ्‍वीको चारै दिशाबाट भेला गराउनुहुनेछ।

आमोस 9 : 14 – 15
14 म मेरो निर्वासनमा गएका प्रजा इस्राएललाई फर्काएर ल्‍याउनेछु। ध्‍वंस भएका सहरहरूलाई तिनीहरूले फेरि निर्माण गरेर तिनमा वास गर्नेछन्‌। तिनीहरूले दाखबारीहरू लगाएर तिनका दाखमद्य पिउनेछन्‌। तिनीहरूले बगैँचाहरू बनाएर तिनका फलहरू खानेछन्‌।
15 म इस्राएललाई तिनीहरूकै देशमा कहिल्‍यै नउखेलिने गरी बसाल्‍नेछु, जुन देश मैले तिनीहरूलाई दिएको छु,” परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ।

यशैया 46 : 9 – 10
9 अघि-अघिका पुराना कुराहरूलाई सम्‍झ। म परमेश्‍वर हुँ, र अरू कोही छैनँ। म परमेश्‍वर हुँ, मजस्‍तै अरू कोही छैन।
10 आदिदेखि अन्‍तसम्‍मको, र प्राचीन समयदेखि हुन आउनेसम्‍मको जानकारी म दिन्‍छु। म भन्‍छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु।

प्रकाश 20 : 9 – 10
9 तिनीहरूले सारा पृथ्‍वीभरि गएर सन्‍तहरूका छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्‍वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्‍म पार्‍यो।
10 तिनीहरूलाई बहकाउने त्‍यो दियाबलस आगो र गन्‍धकको कुण्‍डमा फालियो, जहाँ त्‍यो पशु र झूटो अगमवक्ता पनि थिए। त्‍यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्‍नेछन्‌।

इजकिएल 37 : 12
12 यसकारण अगमवाणी कहेर तिनीहरूलाई भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे मेरा प्रजा, म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकाल्‍नेछु। म तिमीहरूलाई इस्राएलका देशमा फेरि ल्‍याउनेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *