इच्छामृत्यु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इच्छामृत्यु

१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

उपदेशक 3 : 1 – 2
1 सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:
2 जन्‍मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्‍ने एउटा समय छ, र उखेल्‍ने एउटा समय।

प्रस्‍थान 20 : 13
13 “हत्‍या नगर्नू।

उपदेशक 7 : 17
17 ज्‍यादै दुष्‍ट र ज्‍यादै मूर्ख नहोऊ। तिमी किन अकालमा मर्ने।

उत्‍पत्ति 9 : 6
6 जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्‍यसको रक्तपात हुनेछ, किनभने परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभएको हो।

उपदेशक 8 : 8
8 बतासलाई थामिराख्‍नु कसैको शक्ति छैन, र त्‍यसै गरी आफ्‍नो मृत्‍युको दिनमाथि कसैको अधिकार छैन। जसरी युद्धको समयमा कसैलाई पनि बिदा हुँदैन, त्‍यसरी नै खराबी गर्नेलाई त्‍यसले कहिल्‍यै छोड्‌नेछैन।

१ कोरिन्थी 3 : 16 – 17
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?
17 यदि कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ।

हिब्रू 9 : 27
27 जसरी मानिसको निम्‍ति एक पटक मर्नु निश्‍चित छ, र त्‍यसपछि इन्‍साफ,

उपदेशक 3 : 1 – 3
1 सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:
2 जन्‍मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्‍ने एउटा समय छ, र उखेल्‍ने एउटा समय।
3 मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्‍काउने एउटा समय छ, र बनाउने एउटा समय।

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

रोमी 5 : 3 – 5
3 यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ,
4 सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ।
5 आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ।

मत्ती 10 : 28
28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्‍मालाई मार्न सक्‍दैनन्‌। बरु आत्‍मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्‍नेसँग डराओ।

अय्‍यूब 1 : 21
21 र भूइँमा घोप्‍टो परेर दण्‍डवत्‌ गरी भने, “म आफ्‍नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्‍यको होस्‌।”

उत्‍पत्ति 9 : 5 – 6
5 र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्‍चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्‍नो दाजुभाइका प्राणको साटो म लिनेछु।
6 जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्‍यसको रक्तपात हुनेछ, किनभने परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभएको हो।

१ शमूएल 31 : 4 – 5
4 तब शाऊलले आफ्‍नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप्‌, र यी खतना नभएका दुष्‍टहरूले निन्‍दा गरेर मेरो तमाशा नदेखाऊन्‌।” तर त्‍यस हतियार बोक्‍नेले इन्‍कार गर्‍यो। त्‍यसले आँट गरेन। यसकारण शाऊलले आफ्‍नो तरवार थुते, र त्‍यसैमा उनिएर मरे।
5 जब त्‍यस हतियार बोक्‍नेले शाऊल मरेका देख्‍यो, तब त्‍यसले पनि आफ्‍नो तरवारले आफैलाई रोपेर उनीसँगै मर्‍यो।

२ कोरिन्थी 4 : 17
17 किनकि हाम्रो हलुको र क्षणभरको कष्‍टले हाम्रा निम्‍ति अतुलनीय तथा अनन्‍तको महान्‌ महिमा तयार गरिरहेछ।

२ कोरिन्थी 12 : 9
9 तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।

रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।

मत्ती 11 : 28
28 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।

उपदेशक 3 : 1 – 232

1 सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:
2 जन्‍मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्‍ने एउटा समय छ, र उखेल्‍ने एउटा समय।
3 मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्‍काउने एउटा समय छ, र बनाउने एउटा समय।
4 रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्‍ने एउटा समय।
5 ढुङ्गा छर्ने एउटा समय छ, र ती बटुल्‍ने एउटा समय। अँगाल्‍ने एउटा समय छ, र अलग रहने एउटा समय।
6 खोज्‍ने एउटा समय छ, र छोड़िदिने एउटा समय। राख्‍ने एउटा समय छ, र फाल्‍ने एउटा समय।
7 च्‍यात्‍ने एउटा समय छ, र मरम्‍मत गर्ने एउटा समय। चूप लाग्‍ने एउटा समय छ, र बोल्‍ने एउटा समय।
8 प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय।
9 काम गर्नेले आफ्‍नो परिश्रमबाट के लाभ पाउँछ र?
10 परमेश्‍वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु।
11 उहाँले हरेक कुरालाई आफ्‍नो समयमा सुन्‍दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्‍तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्‍वरले आदिदेखि अन्‍त्‍यसम्‍म के गर्नुभएको छ त्‍यसको गहिराइलाई बुझ्‍न सक्‍दैनन्‌।
12 म जान्‍दछु कि मानिसको निम्‍ति आफू जीवित रहँदा आनन्‍दित रहनु र असल गर्नुभन्‍दा अरू असल कुरो केही छैन।
13 परमेश्‍वरको दान यही हो कि हरेक मानिसले खाओस्, पिओस्, र आफ्‍नो सारा परिश्रममा सन्‍तुष्‍ट रहोस्‌।
14 मलाई थाहा छ कि परमेश्‍वरले जे गर्नुहुन्‍छ त्‍यो सधैँभरि नै रहिरहन्‍छ। त्‍यसमा केही थप्‍न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून्‌ भनी परमेश्‍वर यसो गर्नुहुन्‍छ।
15 जे छ त्‍यो अघिदेखि नै थियो, जे हुनेछ त्‍यो पहिलेदेखि थियो। परमेश्‍वरले भूतकालमा भएका कुराहरूको हरहिसाब लिनुहुन्‍छ।
16 अनि मैले सूर्यमुनि अर्कै कुरा पनि देखें: न्‍यायको सट्टामा खराबी पो रहेछ, धार्मिकताको सट्टामा खराबी पो रहेछ।
17 मैले आफ्‍नो मनमा विचार गरें, “परमेश्‍वरले धर्मी र दुष्‍ट दुवैलाई न्‍यायमा ल्‍याउनुहुनेछ, किनकि हरेक कार्यको समय हुनेछ, र हरेक कामको समय हुनेछ।”
18 मैले यो पनि सोचें, “मानिसहरू त पशुसरह हुन्‌ भन्‍ने जानून्‌ भनी परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्‍छ।
19 मानिसको भाग्‍य पशुको झैँ हुन्‍छ। ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्‍छ। एउटा जसरी मर्छ, अर्को पनि त्‍यसरी नै मर्छ। सबैको एउटै सास हुन्‍छ। मानिसहरूको पशुभन्‍दा बढ़ी सुविधा हुँदैन। हरेक कुरा व्‍यर्थ हो।
20 सबै एउटै ठाउँमा जान्‍छन्, किनभने सबै धूलोबाट आएका हुन्‌ र सबै धूलोमा फर्किजान्‍छन्‌।
21 मानिसको आत्‍माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्‍छ भनी कसले जान्‍दछ र?
22 यसैले मैले देखें कि मानिसको निम्‍ति त आफ्‍नै काममा आनन्‍द लिनुभन्‍दा अरू असल कुरो केही हुँदैन, किनभने त्‍यही नै त्‍यसको भाग हो। किनकि कसले त्‍यसलाई त्‍योभन्‍दा पछि हुने कुराहरू देखाउन सक्‍छ र?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *