यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आहाज
२ राजाहरू 15 : 38
38 योताम आफ्ना पित्रहरूसित सुते, र तिनका पुर्खा दाऊदको सहरमा तिनीहरूसितै गाड़िए। अनि तिनीपछि तिनका छोरा आहाज राजा भए।
२ राजाहरू 16 : 1
1 रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्य गर्न लागे।
२ इतिहास 27 : 9
9 तिनी आफ्ना पित्रहरूसित सुते, र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा आहाज राजा भए।
२ इतिहास 28 : 1
1 आहाज राजगद्दी आरोहण गर्दा बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दाऊदले गरेझैँ जे कुरो परमप्रभुको दृष्टिमा असल थियो त्यही गरेनन्।
२ राजाहरू 16 : 4
4 तिनले अल्गा-अल्गा ठाउँहरू र डाँड़ाका टाकुराहरूमा र हरेक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढ़ाए र धूप बाले।
२ इतिहास 28 : 4
4 तिनले अल्गा-अल्गा ठाउँहरू र डाँड़ाका टाकुराहरूमा र हरेक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढ़ाए र धूप बाले।
२ इतिहास 28 : 25
25 अनि यहूदाका सहरैपिच्छे अरू देवताहरूलाई बलिदान चढ़ाउनका निम्ति डाँड़ाहरूका थानहरू बनाए। यसरी तिनले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई क्रोधित तुल्याए।
२ राजाहरू 16 : 6
6 त्यस बेला अरामका राजा रसीनले यहूदाका मानिसहरूलाई धपाएर एलातलाई अरामको निम्ति फेरि लिए। तब एदोमीहरू एलातमा पसे, र आजको दिनसम्म त्यसमा बसोबास गरेका छन्।
२ इतिहास 28 : 8
8 इस्राएलीहरूले आफ्ना कुटुम्बका दुई लाख स्त्रीहरू र केटाकेटीहरूलाई कैद गरेर लगे। तिनीहरूले धेरै लूटका मालहरू पनि लगेर सामरियामा ल्याए।
२ राजाहरू 16 : 9
9 अश्शूरका राजाले तिनका कुरा सुने, र दमस्कसलाई आक्रमण गरेर उनले त्यो कब्जा गरे। उनले त्यहाँका बासिन्दाहरूलाई निर्वासन गरेर कीरमा लगे, र रसीनलाई मारे।
२ राजाहरू 16 : 18
18 तिनले शबाथमा प्रयोग गरिने चँदुवा, जुनचाहिँ परमप्रभुको मन्दिरमा निर्माण गरिएका थिए, त्यो लगे, अनि परमप्रभुको मन्दिरबाहिर भएको राजकीय प्रवेशद्वार तिनले अश्शूरका राजालाई सन्तुष्ट गराउन हटाइदिए।
२ इतिहास 28 : 21
21 आहाजले परमप्रभुको मन्दिर, राजाको महल र आफ्ना भारदारहरूबाट केही कुरा लिएर अश्शूरका राजालाई दिए, तर यी सबै व्यर्थ भयो।
२ राजाहरू 16 : 16
16 राजा आहाजले हुकुम गरेझैँ पूजाहारी उरियाहले गरे।
२ राजाहरू 20 : 11
11 तब यशैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे, र परमप्रभुले आहाजको सिँढ़ीमा छाया दश कदम पछि सारिदिनुभयो।
यशैया 38 : 8
8 आहाजको सिँढ़ीमा घामको छाया, जो तल गइसकेको छ, म दश खुट्किला पछि सार्नेछु’।” यसैले घामको छाया तलतिर गएको भए तापनि दश खुट्किला पछि सर्यो।
Leave a Reply