आश्वासन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आश्वासन

एफिसी 3 : 12
12 उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र दृढ़ भरोसामा हामी परमेश्‍वरमा प्रवेश पाउँछौं।

२ तिमोथी 1 : 12
12 यसकारण मैले यी कुरा भोगेको पनि छु। तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्‍वास राखेको छु सो म जान्‍दछु, र मलाई निश्‍चय छ, जुन कुरा त्‍यस दिनसम्‍म मैले उहाँलाई सुम्‍पेको छु, त्‍यो सुरक्षित राख्‍न सक्‍ने उहाँ हुनुहुन्‍छ।

हिब्रू 10 : 22
22 हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्‍याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्‍वासको सम्‍पूर्ण भरोसामा हामी परमेश्‍वरको समीप जाऔं।

हिब्रू 6 : 11
11 हामी चाहन्‍छौं, कि तिमीहरू प्रत्‍येकले आफ्‍ना सम्‍पूर्ण आशा प्राप्‍त गर्नका निम्‍ति अन्‍त्‍यसम्‍मै त्‍यही तत्‍परता देखाउनेछौ,

हिब्रू 6 : 19
19 हाम्रा आत्‍माको निम्‍ति दृढ़ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ। यो आशा पर्दाभित्रको पवित्रस्‍थानमा प्रवेश गर्दछ,

१ यूहन्‍ना 3 : 14
14 हामी जान्‍दछौं, कि हामी त मृत्‍युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्‍ना दाजुभाइहरूलाई प्रेम गर्छौं। जसले प्रेम गर्दैन, त्‍यो मृत्‍युमा रहिरहन्‍छ।

१ यूहन्‍ना 3 : 19
19 यसैबाट हामी जान्‍न सक्‍छौं कि हामी सत्‍यका हौं, र यसरी उहाँको सामुन्‍ने हाम्रा हृदयलाई ढाड़स दिन सक्‍छौं।

१ यूहन्‍ना 4 : 18
18 प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन।

यशैया 32 : 17
17 धार्मिकताको फल शान्‍ति हुनेछ, र धार्मिकताको फलको नतीजाचाहिँ सदाको निम्‍ति शान्‍ति र भरोसा हुनेछ।

कलस्सी 2 : 2
2 कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्‍साहित होऊन्, र पक्‍का समझका परिपूर्णताको सम्‍पत्ति र परमेश्‍वरका रहस्‍यको ज्ञान, अर्थात्‌ ख्रीष्‍टलाई प्राप्‍त गरून्‌।

१ थेसलोनिकी 1 : 5
5 किनभने हाम्रो सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्ति र पवित्र आत्‍मामा, अनि सम्‍पूर्ण निश्‍चयतासाथ आएको हो। तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्‍ता किसिमका मानिस थियौं तिमीहरू जान्‍दछौ।

भजनसंग्रह 4 : 3
3 तिमीहरूलाई थाहा होस्‌, परमप्रभुले भक्तजनहरूलाई आफ्‍नो निम्‍ति छुट्ट्याउनुभएको छ। मैले पुकार गर्दा परमप्रभुले सुन्‍नुहुन्‍छ।

१ थेसलोनिकी 1 : 4
4 भाइ हो, परमेश्‍वरका प्रियहरू, तिमीहरूलाई उहाँले चुन्‍नुभएको हामीलाई थाहा छ,

अय्‍यूब 19 : 25
25 तर म जान्‍दछु, मेरा उद्धारक जीवित हुनुहुन्‍छ, सबैभन्‍दा अन्‍तिम समयमा उहाँ पृथ्‍वीमा खड़ा हुनुहुनेछ।

रोमी 8 : 16
16 त्‍योचाहिँ हामी परमेश्‍वरका सन्‍तान हौं भनी पवित्र आत्‍माले हाम्रो आत्‍मासँग गवाही दिनुभएको हो।

१ यूहन्‍ना 3 : 2
2 प्रिय हो, अहिले हामी परमेश्‍वरका सन्‍तान हौं, र हामी के होऔंला, सो अहिलेसम्‍म प्रकट भएको छैन। यति जान्‍दछौं, कि जब उहाँ प्रकट हुनुहुन्‍छ, तब हामी उहाँजस्‍तै हुनेछौं। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी उहाँलाई त्‍यस्‍तै देख्‍नेछौं।

यशैया 12 : 2
2 निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्‍छ। म विश्‍वास गर्नेछु र म डराउनेछैनँ। परमप्रभु, परमप्रभु नै मेरा शक्ति र भजन हुनुहुन्‍छ। उहाँ नै मेरा उद्धार हुनुभएको छ।”

१ यूहन्‍ना 5 : 13
13 तिमीहरूले अनन्‍त जीवन पाएका छौ भन्‍ने कुरा जान भन्‍ने हेतुले परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने तिमीहरूलाई यो पत्र लेख्‍दैछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *