यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आशेर
उत्पत्ति 30 : 13
13 अनि लेआले भनिन्, “म सुखी रहिछु। स्त्री जातिहरूले मलाई सुखी भन्नेछन्।” यसैले तिनले त्यसको नाउँ आशेर [4] राखिन्।
उत्पत्ति 35 : 26
26 लेआकी कमारी जिल्पातर्फका छोराहरू: गाद र आशेर। पद्दन-आराममा जन्मेका याकूबका छोराहरू यी नै हुन्।
उत्पत्ति 49 : 20
20 “आशेरबाट उत्पन्न हुने अनाजहरू उत्तम हुनेछन्, र त्यसले राजकीय खाना बाँड़िदिनेछ।
प्रस्थान 1 : 4
4 दान, नप्ताली, गाद र आशेर।
१ इतिहास 2 : 2
2 दान, योसेफ, बेन्यामीन, नप्ताली, गाद र आशेर।
उत्पत्ति 46 : 17
17 आशेरका छोराहरू: यिम्ना, यिश्वा, यिश्वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्। बरीआका छोराहरू हेबेर र मल्कीएल थिए।
गन्ती 26 : 47
47 आशेरको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ५३,४०० थियो।
गन्ती 1 : 41
41 आशेरको कुलबाटको संख्या ४१,५०० थियो।
गन्ती 26 : 47
47 आशेरको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ५३,४०० थियो।
१ इतिहास 7 : 40
40 यी सबै आशेरका सन्तान, परिवार-परिवारका मुखियाहरू, वीर चुनिएका मानिसहरू, प्रधान अगुवाहरू थिए। तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरूको संख्या २६,००० थियो।
१ इतिहास 12 : 36
36 आशेरका— लड़ाइँको निम्ति तयार भएका अनुभवी ४०,००० योद्धाहरू।
गन्ती 2 : 25
25 उत्तरतिर दानको शिविरका दलहरू तिनीहरूको झन्डामुनि हुनेछन्। दानका मानिसहरूका कुलनायक अम्मीशद्दैका छोरा अहीएजेर होऊन्।
गन्ती 2 : 27
27 तिनको नजिकै आशेरको कुलले पाल ठड़्याओस्। आशेरका मानिसहरूका कुलनायक ओक्रानका छोरा पगीएल होऊन्।
व्यवस्था 33 : 25
25 तिम्रा ढोकाका आग्ला फलाम र काँसाका हुनेछन्, जस्तो तिम्रा दिन त्यस्तै तिम्रो शक्ति हुनेछ।
प्रकाश 7 : 6
6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्तालीको कुलबाट बाह्र हजारलाई, मनश्शेको कुलबाट बाह्र हजारलाई,
यहोशू 19 : 31
31 तिनीहरूका वंश-वंशअनुसार आशेरका कुलको अधिकारका सहरहरू तिनका बस्तीहरूसमेत यी नै हुन्।
इजकिएल 48 : 2
2 “पूर्वदेखि पश्चिमतिर दानको सिमानासम्मै छोएको आशेरको एक भाग।
न्यायकर्ताहरू 5 : 17
17 गिलाद यर्दन पारि नै बसे। र दान, किन जहाजहरूका छेउमा पर्खिबसे? आशेर समुद्रको किनारमा नै ढिलो गरी बसे, तिनका खाड़ीहरूमा नै ती बसिरहे।
Leave a Reply