आशीर्वाद र अभिशाप

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आशीर्वाद र अभिशाप

व्यवस्था 28 : 1 – 68
1 आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्‍यौ भने, उहाँले तिमीहरूलाई पृथ्‍वीका सबै जातिहरूमध्‍ये श्रेष्‍ठ तुल्‍याउनुहुनेछ।
2 परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गर्‍यौ भने यी सबै आशिष्‌ तिमीहरूलाई लाग्‍नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्‌:
3 तिमीहरूले सहरमा आशिष्‌ पाउनेछौ, र गाउँ-बस्‍तीमा आशिष्‌ पाउनेछौ।
4 तिमीहरूका सन्‍तानमाथि आशिष्‌ पर्नेछ, साथै खेतका उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि।
5 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा आशिष्‌ पर्नेछ।
6 भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष्‌ पाउनेछौ।
7 तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्‍त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्‍नेछन्‌।
8 परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
9 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्‍नो लागि एक पवित्र जाति बनाएर स्‍थापित गर्नुहुनेछ।
10 तब पृथ्‍वीका समस्‍त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन्‌ र तिमीहरूसँग डराउनेछन्‌।
11 तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्‍तान, गाईबस्‍तु र भूमिको उब्‍जनीमाथि परमप्रभुले प्रशस्‍त उन्‍नति दिनुहुनेछ।
12 परमप्रभुले आकाश, आफ्‍नो प्रशस्‍तताको भण्‍डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष्‌ दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ।
13 मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ।
14 मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्‍ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्‍य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।
15 तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन्‌ र तिमीहरूलाई उछिन्‍नेछन्‌:
16 तिमीहरूलाई सहरमा श्राप पर्नेछ, र गाउँ-बस्‍तीमा श्राप पर्नेछ।
17 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा श्राप पर्नेछ।
18 तिमीहरूका सन्‍तानमाथि, साथै खेतको उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, र भेड़ाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।
19 भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ।
20 उहाँलाई त्‍यागेर तिमीहरूले गरेका दुष्‍ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्‍जेल र खतम नहोउञ्‍जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्‍की पठाउनुहुनेछ।
21 तिमीहरूले अधिकार गर्न जान लागेको देशबाट तिमीहरूको नाउँनिशानै नमेटिञ्‍जेल परमप्रभुले तिमीहरूका बीचमा महामारी फैलाइदिनुहुनेछ।
22 क्षयरोग, जरो, सूज, प्रचण्‍ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्‍याएर तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ।
23 अनि तिमीहरूका शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको धरती फलामजस्‍तै हुनेछन्‌।
24 परमप्रभुले तिमीहरूको देशको वृष्‍टि धूलोपीठोमा बदल्‍नुहुनेछ। तिमीहरू नष्‍ट नभएसम्‍म आकाशबाट त्‍यो तिमीहरूमाथि आउनेछ।
25 परमप्रभुले तिमीहरूलाई आफ्‍ना शत्रुहरूका अगि पराजित तुल्‍याउनुहुनेछ। उनीहरूसित लड्‌न तिमीहरू एउटै बाटो जानेछौ तर उनीहरूबाट सात बाटा भाग्‍नेछौ। पृथ्‍वीका सबै राज्‍यमा तिमीहरू तिरस्‍कृत हुनेछौ।
26 तिमीहरूका मृत शरीरहरू आकाशका पक्षी र जमिनका पशुहरूका आहार हुनेछन्, र तिनीहरूलाई धपाउने कोही हुनेछैन।
27 निको हुन नसक्‍ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्‍यथाले प्रहार गर्नुहुनेछ।
28 परमप्रभुले तिमीहरूलाई बौलाहापन, अन्‍धोपन, र हृदयको खलबलीले प्रहार गर्नुहुनेछ।
29 अन्‍धाले अन्‍धकारमा छामछुम गरेझैँ मध्‍यदिनमा तिमीहरू हिँड्‌नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्‍तर शोषणमा परी लुटिनेछौ।
30 तिमीहरूसँग मगनी भएकी केटीलाई अन्‍य मानिसले लानेछ र भ्रष्‍ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्‍न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्‍यसको फल अलिकति पनि आफै चाख्‍न पाउनेछैनौ।
31 तिमीहरूका आँखाअगि ढालेको आफ्‍नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्‍तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन।
32 तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्‌। तर तिनीहरूको प्रवास रोक्‍ने तिमीहरूसँग शक्ति हुनेछैन।
33 तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्‍नेछ, र तिमीहरूचाहिँ जीवनभरि केवल निर्दयी थिचोमिचोमा पर्नेछौ।
34 तिमीहरूका आँखाले देख्‍नुपरेको दृश्‍य हेर्दा तिमीहरू बौलाहा हुनेछौ।
35 परमप्रभुले तिमीहरूका घुँड़ा र खुट्टा, टाउकोको टुप्‍पादेखि पैतालासम्‍म फैलिने, निको नहुने दुखाउने पिलाले पीडित तुल्‍याउनुहुनेछ।
36 तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्‍यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्‍य देवताहरूको पूजा गर्नेछौ।
37 परमप्रभुले तिमीहरूलाई धपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्‍कार, हेला र गिल्‍लाका पात्र बन्‍नेछौ।
38 तिमीहरूले खेतमा धेरै बीउ लाउनेछौ, तर थोरै फसल बटुल्‍नेछौ, किनकि सलहहरूले त्‍यो स्‍वाहा पार्नेछन्‌।
39 तिमीहरूले दाखबारी लगाउनेछौ र फल उमार्नेछौ, तर तिमीहरूले दाखमद्य पिउन र दाख बटुल्‍न पाउनेछैनौ, किनभने कीराले ती खाइदिनेछन्‌।
40 तिमीहरूले देशभरि भद्राक्ष लगाउनेछौ, तर तिमीहरूले तेल चलाउन पाउनेछैनौ, किनभने भद्राक्षका फल जमिनमा झर्नेछन्‌।
41 तिमीहरूका छोराछोरी हुनेछन्, तर तिमीहरूले ती राख्‍न पाउनेछैनौ, कारण ती कैदमा जानेछन्‌।
42 तिमीहरूका रूखपात र जमिनका फसल सबैलाई सलहहरूले स्‍वाहा पार्नेछन्‌।
43 तिमीहरूका बीचमा वास गर्ने परदेशी तिमीहरूभन्‍दा माथि-माथि चढ्‌नेछ, तर तिमीहरू तल-तल गिर्नेछौ।
44 त्‍यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्‍यसलाई ऋण दिनेछैनौ। त्‍योचाहिँ शिर हुनेछ, तर तिमीहरूचाहिँ पुच्‍छर हुनेछौ।
45 परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्‍ट नभएसम्‍म यी सराप तिमीहरूमाथि आइपर्नेछन्‌। यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्‍नेछन्‌।
46 तिमीहरू र तिमीहरूका सन्‍तानमाथि सधैँको निम्‍ति ती चिन्‍ह र उदेकका कुरा हुनेछन्‌।
47 तिमीहरूसँग सबै चीज प्रशस्‍त हुँदा खुशीसँग प्रसन्‍न चित्तले परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गरेनौ।
48 यसकारण भोक, प्‍यास, नग्‍नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्‍म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।
49 परमप्रभुले टाढ़ाबाट, पृथ्‍वीको पल्‍लो छेउदेखि वेगसित गरुडले तल झम्‍टिएझैँ तिमीहरूले नबुझ्‍ने भाषा बोल्‍ने एउटा जाति तिमीहरूका विरुद्धमा ल्‍याउनुहुनेछ,
50 एउटा कठोर रूप भएको जाति, जसले वृद्धहरूको आदर गर्नेछैन र बालकहरूमाथि दया पनि देखाउनेछैन।
51 अनि उनीहरूले तिमीहरूका गाईबस्‍तुका बाछा-बाछी र भेड़ाबाख्राका पाठापाठी र तिमीहरूको जमिनका फसल तिमीहरू नष्‍ट हुने गरी खाइदिनेछन्‌। तिमीहरू खतम हुने गरी अन्‍न, नयाँ दाखमद्य, तेल, गाईबस्‍तुका बाछा-बाछी वा भेड़ाबाख्राका पाठापाठीहरू केही छोड्‌नेछैनन्‌।
52 तिमीहरूका सबै सहरमा उनीहरूले घेरा लाउनेछन्, अनि तिमीहरूले भरोसा राखेका देशभरिका अग्‍ला पर्खालहरू उनीहरूले भत्‍काउनेछन्‌। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिन लाग्‍नुभएका सारा देशभरि उनीहरूले सहर-सहरमा तिमीहरूलाई घेरा लाउनेछन्‌।
53 घेरामा परेको समय तिमीहरूका शत्रुहरूले दिने कष्‍टले गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सन्‍तान, आफ्‍नै छोराछोरीको मासु पनि तिमीहरूले खानेछौ।
54 तिमीहरूमध्‍ये सबैभन्‍दा कोमल र अति भद्र मानिसले पनि आफ्‍नै भाइ, आफूले प्रेम गरेकी पत्‍नी र आफ्‍ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउनेछैन,
55 यहाँसम्‍म कि उसले खाँदैगरेको आफ्‍ना बालबच्‍चाहरूका शरीरको मासु उसले कसैलाई दिनेछैन। शत्रुहरूले तिमीहरूका सहरहरू घेरेको सङ्कष्‍टमा त्‍यसकहाँ अरू केही बाँकी रहेको हुँदैन।
56 तिमीहरूमध्‍ये कोमल र शिष्‍ट स्‍त्री, जसले कोमलता र शिष्‍टताको कारणले भूइँमा आफ्‍नो पैतालोले टेक्‍न पनि चाहँदिनथिई, त्‍यस्‍ती स्‍त्रीले त्‍यसका पति र आफ्‍नै छोराछोरीलाई
57 त्‍यसको कोखबाट निस्‍केको साल र त्‍यसले जन्‍माएका बालकहरूको मासु पनि खान दिन मान्‍नेछैन। उसको दृष्‍टि खराब हुनेछ, किनकि त्‍यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्‍याउने सङ्कष्‍टमा त्‍यसले गुप्‍तमा त्‍यो मासु आफै खाने इच्‍छा गर्नेछे।
58 यदि परमप्रभु तिमीहरूका परमेश्‍वरको गौरवमय भययोग्‍य नाउँको डर मानेनौ र तिमीहरूले यस पुस्‍तकमा लेखिएका व्‍यवस्‍थाका सबै वचन होशियारीसाथ पालन गरेनौ भने,
59 परमप्रभुले तिमीहरू र तिमीहरूका बालबच्‍चामाथि डरलाग्‍दो, असहाय र रहिरहने कष्‍टहरू र चाँड़ो निको नहुने भयानक रोगहरू ल्‍याउनुहुनेछ।
60 मिश्रका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्‍यौ, ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्‍याउनुहुनेछ, र ती तिमीहरूमा टाँसिनेछन्‌।
61 यस व्‍यवस्‍थाको पुस्‍तकमा उल्‍लेख नभएको हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूमाथि ल्‍याउनुहुनेछ।
62 तिमीहरू, जो अघि संख्‍यामा आकाशका तारासरह थियौ, थोरै मात्र बाँकी रहनेछौ, किनकि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन मानेनौ।
63 जसरी परमप्रभुले खुशीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्‍यसरी नै तिमीहरूलाई खुशीसाथ ध्‍वंस र विनाश पार्नुहुनेछ। अनि तिमीहरूले अधिकार गर्नलाई पस्‍न लागेको देशबाट तिमीहरू उखेलिनेछौ।
64 तब पृथ्‍वीको एक छेउदेखि अर्को छेउसम्‍म विभिन्‍न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ। त्‍यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्‍य देवताहरू तिमीहरूले पुज्‍नेछौ।
65 ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्‍यहाँ परमप्रभुले तिमीहरूलाई चिन्‍तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ।
66 तिमीहरूको जीवन निरन्‍तर दोधारमा झुण्‍डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै भरोसा हुनेछैन।
67 तिमीहरूका हृदयमा भरिएको त्रासले र तिमीहरूका आँखाले देखेका दृश्‍यले गर्दा बिहान तिमीहरूले भन्‍नेछौ, “बेलुकी भएदेखि हुन्‍थ्‍यो!” अनि बेलुकी भन्‍नेछौ, “बिहान भएदेखि हुन्‍थ्‍यो!”
68 अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्‍यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्‍यो देख्‍नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्‍यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्‍नेछैन।

व्यवस्था 30 : 19
19 आज म स्‍वर्ग र पृथ्‍वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्‍तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्‍यु, आशिष्‌ र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्‍चाहरू जिउन सक,

प्रस्‍थान 20 : 1 – 26
1 अनि यी सब कुरा परमेश्‍वरले भन्‍नुभयो:
2 “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।
3 “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।
4 “आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।
7 “परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
8 “शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू।
9 छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,
10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌।
11 किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो।
12 “आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌।
13 “हत्‍या नगर्नू।
14 “व्‍यभिचार नगर्नू।
15 “चोरी नगर्नू।
16 “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
17 “आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।”
18 जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे।
19 तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस्‌ र हामी सुन्‍नेछौं, तर परमेश्‍वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।”
20 मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्‍वर तिमीहरूलाई जाँच्‍नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”
21 मानिसहरू टाढ़ै उभिरहे। परमेश्‍वर हुनुभएको त्‍यो बाक्‍लो बादलमा उहाँको नजिक मोशा गए।
22 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्‍नू: स्‍वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ।
23 मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्‍ना निम्‍ति नबनाउनू।
24 “मेरो निम्‍ति माटोको वेदी बनाएर त्‍यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेड़ाबाख्राहरू र गाईबस्‍तुहरू चढ़ाउनू। जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्‍यहाँ-त्‍यहाँ आएर म तिमीहरूलाई आशिष्‌ दिनेछु।
25 तिमीहरूले मेरो निम्‍ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्‍यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्‍यसलाई अशुद्ध पार्नेछौ।
26 र मेरै वेदीमा खुट्‌किलो बनाएर नउक्‍लनू। किनभने त्‍यसो गर्दा त्‍यसमाथि तिमीहरूको नग्‍नता उघ्रनेछ।

व्यवस्था 28 : 47 – 48
47 तिमीहरूसँग सबै चीज प्रशस्‍त हुँदा खुशीसँग प्रसन्‍न चित्तले परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गरेनौ।
48 यसकारण भोक, प्‍यास, नग्‍नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्‍म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।

रोमी 15 : 13
13 आशाका परमेश्‍वरले तिमीहरूलाई विश्‍वासद्वारा सम्‍पूर्ण आनन्‍द र शान्‍तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्‍माको शक्तिले तिमीहरू आशामा प्रशस्‍त हुन सक।

१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ।

लेवीहरू 26 : 1 – 46
1 “‘तिमीहरूले आफ्‍ना निम्‍ति मूर्तिहरू नबनाओ। अनि आफ्‍ना निम्‍ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खड़ा नगर, र खोपिएका ढुङ्गाहरू आफ्‍नो देशमा ठड़्याएर ती पुज्‍नलाई घोप्‍टो नपर। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
2 “‘तिमीहरूले मेरो शबाथ पालन गर, र मेरो पवित्रस्‍थानको आदर गर। म परमप्रभु हुँ।
3 “‘मेरा नियमअनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ भने
4 म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्‍जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्‍नेछन्‌।
5 दाख बटुल्‍ने समयसम्‍मै तिमीहरूले दाइँ गर्नेछौ, र रोपाइँको समयसम्‍मै दाख बटुल्‍नेछौ। तिमीहरूलाई खानु-पिउनुमा दु:ख हुनेछैन, र देशमा तिमीहरू निर्धक्‍क हुनेछौ।
6 “‘म देशमा शान्‍ति दिनेछु। तिमीहरू ढल्‍केर निदाउनेछौ, र तिमीहरूलाई कसैले तर्साउनेछैन। म देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु, अनि तिमीहरूको देशमा लड़ाइँ हुनेछैन।
7 तिमीहरूले आफ्‍ना शत्रुहरूलाई खेदेर तरवारले सोतर पार्नेछौ।
8 तिमीहरूका पाँच जनाले सय जनालाई र सय जनाले दश हजार जनालाई खेद्‌नेछन्‌। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले सोतर हुनेछन्‌।
9 “‘म तिमीहरूमाथि निगाह राख्‍नेछु, र तिमीहरूलाई फल्‍दो-फुल्‍दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु, र मेरो करार तिमीहरूसित स्‍थिर गर्नेछु।
10 तिमीहरूले सञ्‍चय गरेर राखेको पुरानै फसलको अन्‍न खाँदाखाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्‍नचाहिँ हटाउनुपर्नेछ।
11 तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा वास गर्नेछु। [1]
12 म तिमीहरूका बीचमा हिँड़डुल गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ।
13 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू मिश्रीहरूका कमारा नहोओ भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाड़ो गरी हिँड्‌ने तुल्‍याएको छु।
14 “‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ, र यी सबै आज्ञा पालन गरेनौ,
15 र मेरा विधिहरूलाई घृणा गरेर इन्‍कार गर्‍यौ भने, अनि मेरा सम्‍पूर्ण आज्ञा नमानेर मेरो करार भङ्ग गर्‍यौ भने,
16 म तिमीहरूका बीचमा आतङ्क फैलाउनेछु, अनि शरीर नष्‍ट पार्दैजाने, आँखालाई विनाश गर्ने र प्राणलाई शिथिल गराउँदैलाने भयङ्कर रोगहरू पठाउनेछु। तिमीहरूले रोपेका बीउहरू खेर जानेछन्, किनकि तिमीहरूका शत्रुहरूले फसल खाइदिनेछन्‌।
17 म तिमीहरूको विरोध गर्नेछु, र तिमीहरू शत्रुका हातबाट परास्‍त हुनेछौ। तिमीहरूलाई हेला गर्नेहरूले तिमीहरूमाथि प्रभुत्‍व गर्नेछन्, र कसैले नखेदे पनि तिमीहरू भाग्‍नेछौ।
18 “‘तिमीहरूले अझै पनि मलाई टेरेनौ भने तिमीहरूका पापको सात गुणा बढ़ी सजाय म तिमीहरूलाई दिनेछु।
19 म तिमीहरूको अभिमान र जिद्दी चूर गर्नेछु। तिमीहरूमाथिको आकाश फलामजस्‍तै र तिमीहरूमुनिको जमिन काँसोझैँ म तुल्‍याउनेछु।
20 तिमीहरूको शक्ति खेर जानेछ, किनकि तिमीहरूको जमिनले उब्‍जनी दिनेछैन, र देशका रूखहरूले फल दिनेछैनन्‌।
21 “‘तिमीहरू मेरो विरुद्धमा हिँड़ेर मलाई अझै टेरेनौ भने म फेरि तिमीहरूका पाप सुहाउँदो सात गुणा बढ़ी विपत्तिहरू तिमीहरूमाथि ल्‍याउनेछु।
22 म तिमीहरूका बीचमा जङ्गली जनावरहरू पठाइदिनेछु, जसले तिमीहरूका नानीहरूलाई खाइदिनेछन्, र तिमीहरूका गाईबस्‍तुहरूलाई नाश गर्नेछन्, अनि तिमीहरूको संख्‍या यति थोरै बनाउनेछन्‌ कि तिमीहरूका बाटो सूनसान हुनेछन्‌।
23 “‘यी सब भएर पनि तिमीहरू मतर्फ फर्केनौ र मेरो विरुद्धमा हिँड़िरह्यौ भने,
24 म पनि तिमीहरूका विरुद्धमा हुनेछु, र तिमीहरूका पापका लागि म सात गुणा तिमीहरूलाई प्रहार गर्नेछु।
25 म तिमीहरूमाथि युद्धहरू ल्‍याउनेछु, र मेरो करार भङ्ग गरेको बदला म चुकाउनेछु। तिमीहरू आ-आफ्‍नो सहरमा जम्‍मा हुनेछौ, म त्‍यहाँ पनि तिमीहरूका बीचमा रूढ़ी पठाउनेछु, अनि तिमीहरू आफ्‍ना शत्रुहरूका हातमा पर्नेछौ।
26 म तिमीहरूको अन्‍न यति साह्रो घटाइदिनेछु कि एउटै घरको चुलोमा दश घरका आइमाईहरूले पकाउनेछन्, अनि पकाएर भाग लगाउँदा यति थोरै हुनेछ कि कसैलाई पनि पुग्‍नेछैन।
27 “‘यी सब भएर पनि तिमीहरूले मेरा कुरा सुनेनौ र मेरो विरुद्धमा हिँड़िरह्यौ भने,
28 मेरो क्रोधमा म तिमीहरूका विरुद्ध जानेछु, र तिमीहरूका पापको लागि म तिमीहरूलाई सात गुणा दण्‍ड दिनेछु।
29 तिमीहरूले आफ्‍नै छोराछोरीहरूको मासु खानुपर्नेछ।
30 म तिमीहरूका डाँड़ाका थानहरू नाश गर्नेछु, म तिमीहरूका धूपका वेदीहरू भत्‍काउनेछु, र तिमीहरूका लाशहरू आफ्‍ना मृत मूर्तिहरूमाथि फालिदिनेछु, र म तिमीहरूलाई तिरस्‍कार गर्नेछु।
31 म तिमीहरूका सहरहरू उजाड़ पार्नेछु, र तिमीहरूका धर्म-स्‍थलहरू शून्‍य पारिदिनेछु, अनि म तिमीहरूका भेटीका मीठो बास्‍ना ग्रहण गर्नेछैनँ।
32 म देशलाई नष्‍ट पार्नेछु। यी सब देखेर त्‍यहाँ बस्‍ने तिमीहरूका शत्रुहरू अवाक्‌ हुनेछन्‌।
33 मचाहिँ तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु, र नाङ्गो तरवार लिएर तिमीहरूलाई खेद्‌नेछु। तिमीहरूको देश सूनसान र तिमीहरूका सहरहरू उजाड़ हुनेछन्‌।
34 सूनसान हुँदा देशले आफ्‍ना शबाथहरू भोग गर्न पाउनेछ र तिमीहरूचाहिँ आफ्‍ना शत्रुहरूका देशमा हुनेछौ, तब त्‍यसै समय देशले विश्राम लिएर आफ्‍ना शबाथहरू मनाउनेछ।
35 जति दिन त्‍यो सूनसान रहन्‍छ भूमिले विश्राम पाउनेछ। तिमीहरू त्‍यहाँ रहँदा शबाथहरूमा नपाएको विश्राम त्‍यसले पाउनेछ।
36 “‘शत्रुको देशमा हुने बाँकी मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्‍दा पनि तिनीहरू शत्रुले खेदेझैँ भाग्‍नेछन्‌ र विनाकारण लोट्‌नेछन्‌।
37 कसैले नखेद्‌दा पनि तरवारदेखि भागेझैँ तिनीहरू भाग्‍नेछन्‌ र एक-अर्कामाथि ठक्‍कर खाँदै लोट्‌नेछन्‌। यसकारण तिमीहरूका शत्रुहरूका सामुन्‍ने खड़ा हुन सक्‍नेछैनौ।
38 तिमीहरू अन्‍यजातिहरूका बीचमा नष्‍ट हुनेछौ, र तिमीहरूका शत्रुहरूको देशले तिमीहरूलाई निल्‍नेछ।
39 बाँकी रहेका चाहिँ शत्रुहरूको देशमा आफ्‍नै र आफ्‍ना पुर्खाहरूका अधर्मले गर्दा खतम हुँदैजानेछ।
40 “‘तर यदि तिनीहरूले आफ्‍नै र आफ्‍ना पिता-पुर्खाका पाप, र मेरो विरुद्धमा तिनीहरूले विश्‍वासघात गरेको अधर्म र मप्रति देखाएको शत्रुता स्‍वीकार गरे भने—
41 जसले गर्दा म तिनीहरूको शत्रु भएँ, र मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूको देशमा पठाएँ— यदि आफ्‍ना दुष्‍ट हृदय नम्र तुल्‍याई आफ्‍ना पापका लागि सजाय भोगे भने,
42 याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको साथै त्‍यो देशलाई पनि म सम्‍झनेछु।
43 त्‍यो देश तिनीहरूले त्‍याग्‍नेछन्, र तिनीहरूविना उजाड़ रहँदा देशले आफ्‍ना शबाथहरू भोग गर्नेछ। अनि तिनीहरूले आफ्‍नो अधर्मको सजाय भोग्‍नेछन्, जुन सजाय मेरो विधान लत्त्याउँदा र मेरा विधिलाई तिरस्‍कार गर्दा मैले तिनीहरूलाई दिएको थिएँ।
44 यी सब गरे तापनि जब तिनीहरू शत्रुको देशमा हुन्‍छन्‌ तब म मेरो तिरस्‍कार र घृणामा तिनीहरूलाई सखापै त पार्नेछैनँ, र मेरो करार पनि तोड्‌नेछैनँ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
45 तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसँग गरेको करार सम्‍झनेछु। मैले तिनीहरूका परमेश्‍वर हुनलाई तिनीहरूका पुर्खाहरूलाई अन्‍यजातिहरूकै सामुन्‍ने मिश्रबाट निकालेर ल्‍याएको थिएँ। म परमप्रभु हुँ’।”
46 सीनै पर्वतमा आफू र इस्राएलीहरूका बीचमा परमप्रभुले मोशाद्वारा ठहराउनुभएका विधिविधान र नियमहरू यी नै हुन्‌।

१ कोरिन्थी 13 : 3
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।

मलाकी 3 : 10
10 सम्‍पूर्ण दशांश ढुकुटीमा ल्‍याओ, ताकि मेरो घरमा भोजन रहोस्‌। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “म स्‍वर्गका ढोकाहरू उघारेर पर्याप्‍त ठाउँ पनि नहुनेसम्‍मका आशिष्‌ तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

भजनसंग्रह 46 : 1
1 सङ्गीत-निर्देशकको निम्‍ति अलामोत [1] नामक कोरहवंशीको भजन [1] परमेश्‍वर हाम्रा शरणस्‍थान र शक्ति हुनुहुन्‍छ, सङ्कष्‍टमा सधैँ हाजिर रहने सहायता।

उत्‍पत्ति 28 : 14
14 तेरा सन्‍तान पृथ्‍वीको धूलोसरह हुनेछन्‌। पूर्व, पश्‍चिम, उत्तर र दक्षिणतिर फैलिएर तँ जानेछस्‌। तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशीर्वादी हुनेछन्‌।

रोमी 13 : 4
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।

गलाती 3 : 10
10 व्‍यवस्‍थाका कामहरूमाथि भर पर्ने सबै श्रापित छन्, किनकि धर्मशास्‍त्रमा यसो लेखिएको छ, “व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्‍छ।”

२ कोरिन्थी 9 : 7
7 अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ।

२ इतिहास 17 : 1 – 19
1 आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले इस्राएललाई रोक्‍ने अठोट गरे।
2 तिनले यहूदाका किल्‍ला भएका सबै सहरहरूमा फौज राखे। अनि यहूदाभरि र तिनका पिता आसाले कब्‍जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्‍ति छाउनीहरू राखे।
3 तिनी आफ्‍ना पिताले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिँड़े। तिनी बाल देवताहरूको पछि लागेनन्,
4 तर तिनले आफ्‍ना पिताका परमेश्‍वरलाई खोजे, र उहाँका आज्ञाहरू पालन गरे। तिनी इस्राएलका चालमा चलेनन्‌।
5 परमप्रभुले तिनको शासनमुनि तिनको राज्‍य स्‍थिर गर्नुभयो, र सारा यहूदाले तिनलाई उपहारहरू चढ़ाए। तिनको धन-सम्‍पत्ति र ख्‍याति साह्रै बढ़्यो।
6 परमप्रभुका मार्गमा हिँड्‌न तिनी गर्व गर्थे। यसबाहेक तिनले यहूदाबाट डाँड़ाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाइदिए।
7 आफ्‍नो शासनकालको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन तिनले आफ्‍ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई पठाइदिए।
8 तिनीहरूसँग कोही लेवीहरू थिए, अर्थात्‌ शमायाह, नतन्‍याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, अनि पूजाहारी एलीशामा र यहोराम।
9 परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक लिएर तिनीहरूले यहूदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहूदाका सबै सहरहरूमा गए।
10 यहूदाको वरिपरि भएका देशका राज्‍यहरूमाथि परमप्रभुको भय पर्‍यो, र उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्‌।
11 कुनै-कुनै पलिश्‍तीहरूले त यहोशापातकहाँ उपहारहरू र चाँदीको सौगात ल्‍याए। अरबीहरूले पनि सात हजार सात सय भेड़ा र सात हजार सात सय बोकाहरू ल्‍याए।
12 यहोशापात झन्‌ शक्तिशाली भए। तिनले यहूदामा किल्‍लाहरू र भण्‍डार राख्‍ने सहरहरू बनाए।
13 यहूदाका सहरहरूमा तिनले प्रशस्‍त खानेकुरा सञ्‍चय गरे। यरूशलेममा तिनका खूबै तालीम पाएका योद्धाहरू थिए।
14 तिनीहरू आ-आफ्‍नो परिवारअनुसार यसरी भर्ती भएका थिए: यहूदाबाट सेनानीहरू: सेनापति अदनाह र तिनका साथमा तीन लाखको फौज।
15 तिनीपछि सेनापति येहोहानान र तिनका साथमा दुई लाख असी हजारको फौज।
16 तिनीपछि जिक्रीका छोरा अमसिया, जसले परमप्रभुका सेवाको निम्‍ति स्‍वयंसेवकको काम गर्थे। तिनका साथमा दुई लाखको फौज थियो।
17 बेन्‍यामीनबाट: एक जना वीर योद्धा एल्‍यादा र तिनका साथमा धनु र ढालले सुसज्‍जित भएका दुई लाखको फौज।
18 तिनीपछि यहोजाबाद र तिनका साथमा हातहतियारले सुसज्‍जित भएका एक लाख असी हजारको फौज।
19 यहूदाका किल्‍ला भएका सहरहरूमा राजाले राखेकाहरूबाहेक यी मानिसहरू राजाको सेवामा लागेका थिए।

मत्ती 4 : 1 – 25
1 तब दियाबलसद्वारा [1] परीक्षा गरिनलाई पवित्र आत्‍माद्वारा येशू उजाड-स्‍थानमा लगिनुभयो।
2 उहाँ चालीस दिन र चालीस रातसम्‍म उपवास बसिसकेपछि भोकाउनुभयो।
3 तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन्‌ भनी आज्ञा दिनुहोस्‌।”
4 तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले जीवित रहँदछ’।”
5 तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्‍दिरको शिरमा खड़ा गरायो,
6 र उहाँलाई भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने, यहाँबाट तल हामफाल्‍नुहोस्, किनभने यस्‍तो लेखिएको छ, ‘उहाँले आफ्‍ना दूतहरूको जिम्‍मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”
7 येशूले त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरको परीक्षा नगर्नू’।”
8 फेरि दियाबलसले उहाँलाई एउटा अल्‍गो पर्वतमा लगेर संसारका सबै राज्‍य र तिनको वैभव उहाँलाई देखायो,
9 र उहाँलाई भन्‍यो, “तपाईंले घोप्‍टेर मलाई दण्‍डवत्‌ गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।”
10 तब येशूले त्‍यसलाई भन्‍नुभयो, “शैतान, तँ दूर होइजा! किनभने लेखिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई दण्‍डवत्‌ गर्नू, र उहाँको मात्र सेवा गर्नू’।”
11 तब दियाबलस उहाँलाई छोड़ेर गयो र स्‍वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे।
12 यूहन्‍ना थुनामा परे भन्‍ने सुनेर येशू गालीलतिर लाग्‍नुभयो,
13 र नासरत छोड़ेर कफर्नहुममा गई त्‍यहाँ वास गर्न लाग्‍नुभयो। यो सहर जबूलून र नप्‍तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ।
14 यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो:
15 “जबूलूनको मुलुक र नप्‍तालीको मुलुक, यर्दनपार, समुद्रतिर, अन्‍यजातिहरूको गालील,
16 अन्‍धकारमा बस्‍ने मानिसहरूले एउटा ठूलो ज्‍योति देखेका छन्‌। मृत्‍युका छायाको देशमा बस्‍नेहरूमाथि एउटा ज्‍योति उदाएको छ।”
17 त्‍यस बेलादेखि प्रचार गर्दै येशूले भन्‍न लाग्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आइपुगेको छ।”
18 गालील-समुद्रको किनारमा हिँड्‌नुहुँदा उहाँले पत्रुस भन्‍ने सिमोन र तिनका भाइ अन्‍द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। तिनीहरू मछुवा थिए।
19 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्‍याउनेछु।”
20 तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे।
21 त्‍यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्‍दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्‍नालाई तिनीहरूका बुबा जब्‍दियासँग डुङ्गामा आफ्‍ना जाल तुनिरहेका देख्‍नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो।
22 तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे।
23 अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्‍नुभयो।
24 उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात्‌ विभिन्‍न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्‍याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।
25 अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे।

उत्‍पत्ति 4 : 1 – 26
1 आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्‍माएँ।”
2 फेरि तिनले कयिनको भाइ हाबिललाई जन्‍माइन्‌। हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए।
3 केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्‍जनीबाट केही ल्‍याए।
4 तर हाबिलले आफ्‍ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्‍याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो,
5 तर कयिन र उनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्‍यादै रिसाए, र उनको मुख अँध्‍यारो भयो।
6 तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्‍यारो छ?
7 यदि तैंले जे ठीक छ त्‍यो गरिस्‌ भने तँ ग्रहणयोग्‍य हुँदैनस्‌ र? तर यदि तैंले ठीक काम गरिनस्‌ भनेता पाप तेरो ढोकैमा ढुकिबस्‍छ। त्‍यसको इच्‍छा तँप्रति हुन्‍छ, तर तैंले त्‍यसलाई अधीन गर्नैपर्छ।”
8 कयिनले आफ्‍ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।” अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे।
9 तब परमप्रभुले कयिनलाई सोध्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?”
10 परमप्रभुले भन्‍नुभयो, “यो तैंले के गरिस्‌? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ।
11 तँ अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्‍नो मुख उघार्‍यो।
12 तैंले भूमिको खेती गर्दा अब उप्रान्‍त त्‍यसले तँलाई आफ्‍नो उब्‍जनी दिनेछैन। तँ पृथ्‍वीमा एक विनाचैनको डुलुवा हुनेछस्‌।”
13 कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्‍ने कड़ा दण्‍ड मलाई भयो।
14 हेर्नुहोस्, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्‍छ, र तपाईंको उपस्‍थितिबाट मैले लुक्‍नुपर्नेछ। म पृथ्‍वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।”
15 तर परमप्रभुले तिनलाई भन्‍नुभयो, “त्‍यसो होइन, जसले कयिनलाई मार्छ त्‍यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस्‌ भनी परमप्रभुले तिनीमाथि एउटा चिन्‍ह लगाइदिनुभयो।
16 तब कयिन परमप्रभुको उपस्‍थितिबाट निस्‍केर अदनको पूर्वपट्टि भएको नोद [1] भन्‍ने देशमा बस्‍न लागे।
17 आफ्‍नी पत्‍नीसित कयिनको सहवास भयो, र गर्भवती भएर तिनले हनोकलाई जन्‍माइन्‌। कयिनले एउटा सहर बनाएर आफ्‍नो छोराकै नाउँमा त्‍यस सहरको नाउँ पनि हनोक राखे।
18 हनोकबाट ईरादको जन्‍म भयो। ईरादबाट महूयाएलको जन्‍म भयो। महूयाएलबाट मतूशाएलको जन्‍म भयो। मतूशाएलबाट लेमेखको जन्‍म भयो।
19 लेमेखले दुई जना पत्‍नी ल्‍याए। एउटीको नाउँ आदा र अर्कीको सिल्‍ला थियो।
20 आदाले याबाललाई जन्‍माइन्‌। उनी पालमा बस्‍नेहरू र पशु पाल्‍नेहरूका पुर्खा थिए।
21 उनका भाइको नाउँ यूबाल हो। उनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए।
22 सिल्‍लाले तूबल-कयिनलाई जन्‍माइन्‌। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्‌।
23 लेमेखले आफ्‍ना पत्‍नीहरूलाई भने, “ए आदा र सिल्‍ला, मेरा कुरा सुन, ए लेमेखका पत्‍नी हो, मैले भनेका कुरामा ध्‍यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई।
24 यदि कयिनको बदला सात गुणा लिइन्‍छ भने, लेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।”
25 फेरि आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनले एक जना छोरा जन्‍माइन्‌ र तिनको नाउँ यसो भनेर शेत राखिन्, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्‍वरले एक जना अर्को बालक मलाई दिनुभयो।”
26 शेतको पनि एक जना छोरो भयो, र उनको नाउँ एनोश राखियो। त्‍यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे।

प्रस्‍थान 22 : 1 – 31
1 यदि कसैले गोरु अथवा भेड़ा चोरेर त्‍यसलाई मार्‍यो कि बेच्‍यो भने, त्‍यसले गोरुको सट्टा पाँच वटा गोरु र भेड़ाको सट्टा चार वटा भेड़ा देओस्‌।
2 “यदि चोर घर फोर्दैगरेको फेला पर्‍यो भने र त्‍यसलाई पिट्‌दा त्‍यो मर्‍यो भने, त्‍यसको हत्‍याको दोष पिट्‌नेलाई लाग्‍नेछैन।
3 तर घाम झुल्‍किसकेको भए, त्‍यो दोषी हुनेछ। चोरले नोक्‍सानी भरिदिनुपर्छ। तर त्‍यससँग केही छैन भने, चोरीको निम्‍ति त्‍यो बेचिओस्‌।”
4 “यदि चोरीको माल त्‍यससँग जीवित पाइयो भने— त्‍यो गोरु अथवा गधा वा भेड़ा जे भए पनि— त्‍यसको निम्‍ति दुई गुणा तिर्नुपर्छ।”
5 “कसैले आफ्‍नो पशुलाई चराउँदा छोड़िदियो र त्‍यो अर्काको खेत अथवा दाखबारीमा चरेर खायो भने, त्‍यसले आफ्‍नो खेत र दाखबारीको सबैभन्‍दा असल उब्‍जनी त्‍यसको सट्टा देओस्‌।”
6 “यदि झाड़ीमा आगलागी भएर अन्‍नको बिटा अथवा मकैका बोटहरू कि पूरा खेत नै भस्‍म गर्‍यो भने, त्‍यो आगो लगाउनेले क्षतिपूर्ति गरिदिनैपर्छ।”
7 “कसैले आफ्‍नो छिमेकीलाई रुपियाँ अथवा सामान राख्‍नलाई दियो, र त्‍यो त्‍यस मानिसको घरबाट चोरियो र चोर पक्राउ पर्‍यो भने, त्‍यस चोरले दोबर तिरोस्‌।
8 तर चोरचाहिँ पक्राउ परेन भने, त्‍यस घरको मालिकले आफ्‍नो छिमेकीको सामानमा हात हालेको छ कि छैन सो थाहा पाउनलाई न्‍यायकर्ताहरूकहाँ त्‍यो आओस्‌।
9 जुनसुकै विषयको अपराध होस्, चाहे गोरु अथवा गधा, वा भेड़ा, लुगाफाटा कि कुनै हराएको वस्‍तु देखाएर कसैले त्‍यो मेरो हो भन्‍यो भने, दुवै जना न्‍यायकर्ताहरूका अगि आऊन्‌। न्‍यायकर्ताले जसलाई दोषी ठहराउनेछ, त्‍यसले नै आफ्‍नो छिमेकीलाई दोबर देओस्‌।”
10 “यदि कुनै मानिसले आफ्‍नो छिमेकीलाई गधा अथवा गोरु वा भेड़ा वा अरू कुनै पशु राख्‍न दियो, र त्‍यो कसैले नदेखीकन मर्‍यो अथवा त्‍यसलाई चोट लाग्‍यो वा त्‍यो खेदेर भगाइयो भने,
11 ती दुवैका बीचको झगड़ा आफ्‍नो छिमेकीको सम्‍पत्तिमा हात लगाएको होइन भनेर परमप्रभुको अगि शपथ खाएर मिलाइओस्‌। तब त्‍यसको मालिकले त्‍यो कुरा स्‍वीकार गरोस्, र त्‍यसले क्षतिपूर्ति गर्नुपर्नेछैन।
12 तर त्‍यो छिमेकीबाट चोरिएको हो भनेता, त्‍यसको मालिकलाई भर्ना दिनुपर्नेछ।
13 त्‍यो जङ्गली पशुले छिन्‍नभिन्‍न पारेको छ भने, त्‍यसले त्‍यो गवाहीको निम्‍ति ल्‍याओस्, र त्‍यो छिन्‍नभिन्‍न भएको कारण त्‍यसले भर्ना तिर्नुपर्दैन।”
14 “यदि कसैले आफ्‍नो छिमेकीबाट पशुको पैँचो लियो, र त्‍यसको मालिक साथमा नहुँदा त्‍यसलाई चोट लाग्‍यो कि मर्‍यो भने, त्‍यसले त्‍यसको भर्ना देओस्‌।
15 तर त्‍यसको मालिक साथै भएदेखि पैँचो लिनेले त्‍यसको भर्ना दिनुपर्नेछैन। त्‍यो पशु ज्‍यालाको हो भने, ज्‍यालाको लागि तिरेको रकमले सो नोक्‍सानी बेहोर्छ।”
16 “यदि कसैले मगनी नभएकी कन्‍ये-केटीलाई फकाएर त्‍यससित सुत्‍यो भने, त्‍यस मानिसले दुलहीको दाम दिएर त्‍यसलाई आफ्‍नी पत्‍नी तुल्‍याओस्‌।
17 तर त्‍यस केटीको बुबाले त्‍यो केटी त्‍यसलाई दिन इन्‍कार गर्‍यो भने, त्‍यसले कन्‍ये-केटीको रीतिबमोजिम दुलहीको दाम दिनुपर्छ।
18 “जादुगरी गर्ने स्‍त्रीलाई जीवित नराख।
19 जसले पशुसित यौन सम्‍बन्‍ध राख्‍छ, त्‍यो मारिनैपर्छ।
20 जसले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई बलिदान चढ़ाउला, त्‍यो बिलकुलै नष्‍ट पारिओस्‌।
21 परदेशीलाई नसताओ, त्‍यसलाई अत्‍याचार पनि नगर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी नै थियौ।
22 “विधवा अथवा टुहुराबाट फाइदा नलेओ।
23 फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने, म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु।
24 मेरो क्रोध दन्‍कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्‍नीहरू विधवा हुनेछन्‌ र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्‌।
25 तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्‍यसप्रति साहुकारजस्‍तै नहोओ। त्‍यससित ब्‍याज पनि नलेओ।
26 तिमीहरूका छिमेकीको खास्‍टो बन्‍धकमा लिएका छौ भने, सूर्यास्‍त हुन अघि नै त्‍यो त्‍यसलाई फर्काइदेओ,
27 किनकि त्‍यो त्‍यसको एउटै मात्र ओढ्‌ने हो। त्‍यसबाहेक त्‍यो केमा सुत्‍छ? त्‍यसले मेरो पुकारा गर्‍यो भने म त्‍यसको पुकारा सुन्‍नेछु, किनकि म कृपालु छु।
28 “परमेश्‍वरको विरुद्धमा निन्‍दा नगर्, र तिमीहरूको शासकलाई पनि नसराप।
29 “

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *