यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आशा खोज्दै
यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई।
यूहन्ना 14 : 14
14 तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने म गरिदिनेछु।
फिलिप्पी 4 : 6 – 7
6 कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्,
7 र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
२ तिमोथी 1 : 7
7 किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।
प्रेरित 17 : 11
11 यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे।
याकूब 1 : 2 – 4
2 मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ।
3 किनकि तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ।
4 धैर्यलाई त्यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण होओ।
फिलिप्पी 4 : 6
6 कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्,
मलाकी 1 : 10
10 “तिमीहरूले व्यर्थमा मेरो वेदीमा आगोहरू नबाल्नलाई तिमीहरूमध्ये कसैले मन्दिरका ढोकाहरू थुनिदिए त हुनेथियो। म तिमीहरूसँग खुशी छैनँ, तिमीहरूका हातले चढ़ाएको भेटी म ग्रहण गर्नेछैनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
यूहन्ना 14 : 13
13 तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु।
मत्ती 24 : 23 – 27
23 तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्ट यहाँ छन्, कि त्यहाँ छन्’ भन्यो भने विश्वास नगर।
24 किनकि झूटा ख्रीष्टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूला-ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्।
25 याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु।
26 “यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्थानमा छन्’ भनी भन्छन् भने बाहिर निस्केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भने पनि विश्वास नगर।
27 किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।
भजनसंग्रह 119 : 18
18 मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका उदेकका कुराहरू देख्न सकूँ।
यहोशू 1 : 6
6 “बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्।
यूहन्ना 1 : 1 – 10
1 आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
2 उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो।
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
4 उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।
5 त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन।
6 परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो।
7 उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए।
8 उनी आफै त्यो ज्योति थिएनन्, तर त्यस ज्योतिको गवाही दिन आए।
9 हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो।
10 उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन।
रोमी 8 : 28
28 हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ।
प्रकाश 1 : 3
3 त्यो धन्य हो, जसले अगमवाणीका यी वचनहरू उच्च स्वरले पाठ गर्दछ, र धन्य हुन् तिनीहरू, जसले सुन्दछन् र त्यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।
Leave a Reply