आविष्कार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आविष्कार

हितोपदेश 8 : 12
12 म बुद्धि हुँ, सावधानीसित म बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्‌।

उत्‍पत्ति 4 : 21
21 उनका भाइको नाउँ यूबाल हो। उनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए।

१ इतिहास 23 : 5
5 चार हजार द्वारपालहरू, र चार हजारचाहिँ दाऊदले दिएका बाजा बजाएर परमप्रभुको स्‍तुतिगान गर्न तिनले खटाइदिए।

२ इतिहास 7 : 6
6 पूजाहारीहरू र लेवीहरू पनि आफ्‍नो तोकिएको स्‍थानमा खड़ा भए, र दाऊद राजाले परमप्रभुलाई स्‍तुति गर्न र धन्‍यवाद दिनका निम्‍ति बनाएका बाजाहरू लिएर यसरी उनले परमप्रभुको प्रशंसा गरे, “उहाँको प्रेम सदासर्वदै रहिरहन्‍छ।” लेवीहरूका सामुन्‍ने पूजाहारीहरूले आ-आफ्‍नो तुरही बजाए। त्‍यस बेला सबै इस्राएलीहरू त्‍यहाँ खड़ा भइरहेका थिए।

२ इतिहास 29 : 26
26 लेवीहरू दाऊदका बाजाहरू र पूजाहारीहरूचाहिँ तुरहीहरू लिएर उभिए।

आमोस 6 : 5
5 तिमीहरू दाऊदले झैँ वीणा बजाउँछौ, र सङ्गीतका बाजाहरूमा तत्‍कालै धुन रच्‍छौ।

उत्‍पत्ति 4 : 22
22 सिल्‍लाले तूबल-कयिनलाई जन्‍माइन्‌। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्‌।

२ इतिहास 26 : 15
15 धरहरा र बुर्जाहरूमा प्रयोग गर्न कारीगरहरूले बनाएका काँड़हरू र ठूला-ठूला ढुङ्गा हान्‍ने यन्‍त्रहरू यरूशलेममा तिनले तयार पारे। तिनलाई यस्‍तो आश्‍चर्यको सामान मिलेको कारण तिनको ख्‍याति चारैतिर फैलिएको थियो। यसले गर्दा तिनी ज्‍यादै शक्तिशाली भए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *