यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आवाज
इजकिएल 1 : 24
24 तिनीहरू जाँदा तिनीहरूका पखेटाको आवाज धेरै पानीको गर्जन, सर्वशक्तिमान्को सोर, सेनाको खल्याङमल्याङको आवाज जस्तै मैले सुनें। तिनीहरू ठिङ्ग उभिँदा तिनीहरूले आफ्ना पखेटा तल झार्थे।
इजकिएल 1 : 28
28 पानी परेको दिन बादलमा इन्द्रेनीको आकार देखिएझैँ तिनका चारैतिरको चमक त्यस्तै उज्ज्वल थियो। परमप्रभुका महिमाको प्रतिरूपको अनुहार यस्तै थियो। जब मैले त्यो देखें तब म घोप्टो परें, र कोही बोलिरहेको सोर मैले सुनें।
इजकिएल 10 : 5
5 करूबहरूका पखेटाको आवाजचाहिँ बाहिरको चोकसम्मै सुनिन्थ्यो— सर्वशक्तिमान् परमेश्वर बोल्नुहुँदा सुनिने आवाज जस्तै त्यो थियो।
यूहन्ना 5 : 37
37 मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। उहाँको सोर तिमीहरूले कहिले सुनेका छैनौ, अनि उहाँको रूप कहिले देखेका छैनौ।
यूहन्ना 12 : 30
30 येशूले जवाफ दिनुभयो, “यो आवाज मेरो निम्ति भएको होइन, तर तिमीहरूका निम्ति हो।
प्रेरित 7 : 31
31 जब मोशाले यो देखे तब तिनी यस दर्शनले छक्क परे, र त्यो हेर्नलाई नजिक जाँदा परमप्रभुको यस्तो वाणी भयो,
प्रेरित 9 : 4
4 तिनी भूइँमा लोटे, र तिनले यसो भन्ने सोर सुने, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?”
प्रेरित 9 : 7
7 तिनको साथमा जाने मानिसहरूले सोरचाहिँ सुने, तर कसैलाई नदेख्दा अवाक भई उभिरहे।
Leave a Reply