यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आवरण
एज्रा 9 : 3
3 जब मैले यो कुरा सुनें तब आफ्नो पोशाक र खास्टो च्यातें, र आफ्नो कपाल र दाह्री उखेलें र अवाक् भइरहें।
अय्यूब 1 : 20
20 यो सुनेर अय्यूब उठे, र तिनले आफ्नो लुगा च्याते। तिनले आफ्नो कपाल खौरे,
अय्यूब 2 : 12
12 तिनीहरूले तिनलाई टाढ़ैबाट देखे, तर चिन्न सकेनन्। तिनीहरू चिच्च्याएर रोए, अनि आफ्ना लुगा च्यातेर आफ्ना शिरमा धूलो छरे।
१ राजाहरू 19 : 19
19 यसैले एलिया त्यहाँबाट गए, र शाफातका छोरा एलीशालाई भेट्टाए। तिनी बाह्र हल गोरुहरूका साथ खेत जोतिरहेका थिए। तिनीचाहिँ तीमध्ये बाह्रौँ हललाई जोतिरहेका थिए। एलियाले गएर आफ्नो खास्टो तिनीमाथि ओढ़ाइदिए।
२ राजाहरू 2 : 8
8 एलियाले आफ्नो खास्टो उतारे, र त्यो बेहेरेर यर्दन नदीको पानीलाई त्यसले हिर्काए। पानी देब्रे र दाहिनेतिर दुई भाग भयो, र तिनीहरू सुक्खा जमिनमा हिँड़ेर पारि गए।
Leave a Reply