आर्थिक सफलता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आर्थिक सफलता

व्यवस्था 8 : 18
18 तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सम्‍झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्‍पत्ति प्राप्‍त गर्ने शक्ति दिनुहुन्‍छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्‍नुभएको करार स्‍थिर गर्नुहुन्‍छ, जो आजसम्‍म छँदैछ।

हितोपदेश 10 : 22
22 परमप्रभुको आशिष्‌ले धन-सम्‍पत्ति ल्‍याउँछ, अनि उहाँले त्‍यसमाथि दु:ख थप्‍नुहुन्‍न।

हितोपदेश 3 : 9 – 10
9 आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना सबै उब्‍जनीको अगौटे फलले परमप्रभुको आदर गर,
10 तब तेरा ढुकुटीहरू पोखुन्‍जेल भरिनेछन्, र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्‌।

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

भजनसंग्रह 112 : 3
3 त्‍यसको घरमा धन-सम्‍पत्ति रहन्‍छ, र त्‍यसको धार्मिकता सदा रहिरहन्‍छ।

फिलिप्पी 4 : 19
19 मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।

हितोपदेश 22 : 9
9 उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ, किनभने त्‍यसले आफ्‍नो भोजन गरीबलाई बाँड्‌छ।

हितोपदेश 11 : 24 – 25
24 कोही मानिसले उदार हातले दिन्‍छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्‍ने पनि दिँदैन, र दरिद्रतामा पर्छ।
25 उदार मानिसको फलिफाप हुन्‍छ, अरूलाई उत्‍साह दिने व्‍यक्तिले आफू पनि नयाँ उत्‍साह प्राप्‍त गर्नेछ।

हितोपदेश 28 : 20
20 विश्‍वसनीय मानिसले बेसरी आशिष्‌ पाउनेछ, तर धनी हुनलाई व्‍यग्र बन्‍नेहरू दण्‍डविना रहनेछैन।

हितोपदेश 22 : 7
7 धनीले गरीबमाथि प्रभुत्‍व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्‍छ।

हितोपदेश 11 : 28
28 जसले आफ्‍नो सम्‍पत्तिमा भरोसा राख्‍छ, त्‍यसको पतन हुनेछ, तर धर्मीचाहिँ हरियो पातझैँ मौलाउनेछ।

लूका 6 : 38
38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌। किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”

मत्ती 6 : 24
24 “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ।

व्यवस्था 28 : 11 – 14
11 तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्‍तान, गाईबस्‍तु र भूमिको उब्‍जनीमाथि परमप्रभुले प्रशस्‍त उन्‍नति दिनुहुनेछ।
12 परमप्रभुले आकाश, आफ्‍नो प्रशस्‍तताको भण्‍डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष्‌ दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ।
13 मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ।
14 मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्‍ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्‍य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।

हितोपदेश 13 : 22
22 असल मानिसले आफ्‍ना नाति-नातिनाहरूका निम्‍ति पैतृक-सम्‍पत्ति छोडिराख्‍छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्‍छ।

१ तिमोथी 6 : 10
10 किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्‍वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्‌।

यूहन्‍ना 10 : 10
10 “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।

भजनसंग्रह 37 : 21
21 दुष्‍टहरूले ऋण लिन्‍छन्‌, र तिर्दैनन्‌, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्‍छन्‌।

हितोपदेश 15 : 22
22 परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्‍छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्‍छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *