यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आराम प्राप्त गर्दै
भजनसंग्रह 127 : 2
2 भोजनको निम्ति परिश्रम गर्नलाई बिहान सबेरै उठ्नु, र राती अबेर सुत्न जानु व्यर्थ छ, किनकि उहाँले आफ्ना प्रियहरूलाई निद्रा दिनुहुन्छ।
मर्कूस 6 : 31
31 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ, र केही थकाइ मार।” किनकि त्यहाँ आउनेजानेहरू धेरै थिए, र उहाँहरूलाई खानसम्म पनि फुर्सद थिएन।
हिब्रू 4 : 9 – 11
9 यसकारण परमेश्वरका जनहरूका निम्ति शबाथको [1] विश्राम बाँकी नै छ।
10 किनकि परमेश्वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्वरले आफ्नो परिश्रमदेखि विश्राम लिनुभयो।
11 यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं, र त्यस्तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्।
हितोपदेश 3 : 24
24 जब तँ ढल्किनेछस् तँ भयभीत हुनेछैनस्, जब तँ ढल्किनेछस् तँलाई मीठो निद्रा लाग्नेछ।
प्रस्थान 20 : 8 – 11
8 “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू।
9 छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू,
10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्।
11 किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो।
मत्ती 11 : 26 – 30
26 हो, पिता, किनकि तपाईंलाई यही असल लाग्यो।
27 “मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ। पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ।
28 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
29 मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ।
30 किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”
मत्ती 11 : 28 – 30
28 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
29 मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ।
30 किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”
भजनसंग्रह 4 : 8
8 शान्तिमा म पल्टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।
मर्कूस 2 : 27
27 तिनीहरूलाई उहाँले भन्नुभयो, “शबाथ-दिन मानिसको लागि बनेको हो, मानिस शबाथ-दिनको निम्ति होइन।
भजनसंग्रह 23 : 2
2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ।
यशैया 30 : 12 – 15
12 यसकारण इस्राएलका परमपवित्र भन्नुहुन्छ, “तिमीहरूले यस समाचारलाई इन्कार गरेका छौ, र अत्याचारमाथि र छलका कुरामा भर परेका छौ।
13 यसकारण यो पाप तिमीहरूका निम्ति पुट्ट निस्केर तुरुन्तै खस्न लागेको एउटा अल्गो पर्खालजस्तै हुनेछ, जो क्षणभरमा एक्कासि ढल्नेछ।
14 कुमालेको भाँड़ा निर्दयतासित फुटाएझैँ, त्यो टुक्रा-टुक्रा भएर फुट्नेछ, कि त्यसका टुक्राहरूमा अगेनोबाट आगो झिक्ने अथवा इनारबाट पानी उघाउन एउटा सानो टुक्रासम्म पनि रहनेछैन।”
15 परमप्रभु परमेश्वर, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “पश्चात्ताप र विश्राममा तिमीहरूको उद्धार छ। मौनधारण र भरोसामा तिमीहरूलाई शक्ति मिल्छ। तर तिमीहरू यी कुनै पनि कुरा चाहन्नौ।
हितोपदेश 24 : 30 – 34
30 म एउटा अल्छेको खेततिरबाट गएँ, एउटा समझ नभएको मानिसको दाखबारीबाट भएर गएँ,
31 चारैतिर काँढ़ाहरू उम्रेका थिए, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड भएको थियो।
32 मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें।
33 क्षणभरको सुताइ र क्षणभरको उँघाइले, हात बाँधेर क्षणभरको आराम गराइले,
34 दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्त्र मानिसझैँ आइलाग्नेछ।
हितोपदेश 23 : 4 – 5
4 धनी बन्न आफूलाई बेसरी नघोट्, बुद्धिमानी बनी संयम गर्।
5 धनको एक झलक पाइन्छ, र त्यो गइहाल्छ, किनभने त्यसका पखेटाहरू पलाउँछन्, र आकाशतिर गरुडझैँ त्यो उड़ेर जानेछ।
हिब्रू 12 : 3
3 पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, र तिमीहरू शिथिल नहोओ, अनि हरेस नखाओ।
उत्पत्ति 2 : 1 – 3
1 यसरी आकाशमण्डल र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए।
2 आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो।
3 अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।
लूका 14 : 1 – 35
1 एक शबाथ उहाँ फरिसीहरूका कुनै एक जना शासकको घरमा खान जानुभयो। फरिसीहरू उहाँको चेवामा बसिरहेका थिए।
2 जलग्रह रोगले पीडित एक जना मानिस उहाँको सामुन्ने थियो।
3 येशूले व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्नुभयो, “शबाथमा निको पार्नु उचित छ, कि छैन?”
4 तर तिनीहरू चूप लागिरहे, र उहाँले त्यस रोगीको शरीरमा हात राखी निको पार्नुभयो र त्यसलाई जान दिनुभयो।
5 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो गोरु वा गधा शबाथ-दिनमा इनारमा खस्यो भने त्यसलाई झट्टै निकाल्दैन?”
6 अनि तिनीहरूले यस कुराको जवाफ दिन सकेनन्।
7 अनि भोजमा आएका अतिथिहरूले आदरको स्थान छानेका देखेर उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो:
8 “विवाहको भोजमा तिमीले कसैको निम्तो पायौ भने आदरका स्थानमा नबस। तिमीभन्दा बढ़ी प्रतिष्ठित व्यक्तिले त्यहाँ निम्तो पाएका होलान्।
9 तिमीलाई र तिनलाई निम्तो दिने मेजमानले आएर तिमीलाई भन्नेछ, ‘यिनलाई बस्ने ठाउँ देऊ,’ र तिमीचाहिँ लज्जित भएर सबैभन्दा तल्लो स्थानमा बस्नुपर्नेछ।
10 तर जब तिमीले निम्तो पाउँछौ, गएर तल्लो ठाउँमा बस, र मेजमानले आएर तिमीलाई भन्नेछ, ‘ए मित्र, माथि गएर बस्नोस्।’ त्यस बेला तिमीसँग खान बस्नेहरूका सामुन्ने तिम्रो इज्जत हुनेछ।
11 किनकि हरेक जसले आफूलाई उच्च तुल्याउँछ, त्यो होच्याइनेछ, र आफूलाई होच्याउनेचाहिँ उच्च पारिनेछ।”
12 अनि उहाँलाई निम्तो दिनेलाई पनि उहाँले भन्नुभयो, “तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा, आफ्ना मित्रहरूलाई, आफ्ना दाजुभाइलाई वा तिम्रा कुटुम्बहरूलाई वा धनी छिमेकीहरूलाई निम्तो नदेऊ, नत्रता तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्।
13 तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्धाहरूलाई बोलाऊ,
14 र तिमीले आशिष् पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैनन्। तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।”
15 उहाँसँग खान बस्नेहरूमध्ये एक जनाले यी कुरा सुनेर उहाँलाई भन्यो, “त्यो धन्य हो, जसले परमेश्वरको राज्यमा भोज खानेछ!”
16 तर उहाँले त्यसलाई भन्नुभयो, “कुनै एक जना मानिसले बेलुकीको एउटा विराट् भोज तयार गर्यो, र धेरैलाई निम्तो दियो।
17 उसले आफ्नो नोकरलाई भोजन खाने बेलामा निम्ताराहरूलाई यसो भन्न पठायो, ‘आउनुहोस्, अब सब थोक तयार छ।’
18 “तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे। पहिलोले त्यसलाई भन्यो, ‘मैले एउटा खेत किनेको छु, मलाई त्यो हेर्न जानुपरेको छ। म बिन्ती गर्दछु, मलाई माफी होस्।’
19 “अनि अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु, म ती हेर्न जान्छु। म बिन्ती गर्दछु, मलाई माफी होस्।’
20 “अर्कोले भन्यो, ‘मैले विवाह गरेको छु। यसकारण म आउन सक्दिनँ।’
21 “तब नोकरले आएर आफ्नो मालिकलाई यो कुरा भनिदियो। तब घरको मालिकले रिसाएर आफ्नो नोकरलाई भन्यो, ‘सहरका सड़कहरू र गल्लीहरूमा चाँड़ो जा, र गरीबहरू, लुलाहरू, अन्धाहरूलाई, लङ्गड़ाहरूलाई यहाँ भित्र ले।’
22 “तब नोकरले भन्यो, ‘हजूरले आज्ञा गर्नुभएबमोजिम काम भएको छ, तर अझै ठाउँ खाली छ।’
23 “मालिकले नोकरलाई भन्यो, ‘मूल सड़कहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्।
24 किनभने म तिमीहरूलाई भन्दछु, निम्ताराहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैन’।”
25 मानिसहरूको ठूलो भीड उहाँको साथ जाँदैथियो, र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो,
26 “यदि कोही मकहाँ आउँछ, र आफ्ना बुबा, आमा, पत्नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन।
27 जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
28 “तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र?
29 नत्र भने त्यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्,
30 ‘यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन।’
31 “कुन राजा होला जसले अर्को राजासँग लड़ाइँ गर्न जाँदा आफ्नो साथ भएका दश हजारले त्यसको विरुद्ध आउने बीस हजारसँग लड़ाइँ गर्न सक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह गर्दैन?
32 तिनले नसक्ने हो भने, त्यो अर्को राजा टाढ़ै हुँदा मिलापको शर्त सोध्न राजदूत पठाउनेछ।
33 यसकारण तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
34 “नून असल हो, तर नून अलिनो भयो भने केले त्यो नुनिलो हुने?
35 त्यो न त जमिनको निम्ति न खादको निम्ति काम लाग्ने हुन्छ। मानिसहरूले त्यसलाई मिल्काइदिन्छन्। जसको सुन्ने कान छ, त्यसले सुनोस्।”
Leave a Reply