आराम गर्नुहोस्

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आराम गर्नुहोस्

फिलिप्पी 4 : 6 – 7
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,
7 र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

भजनसंग्रह 116 : 1 – 19
1 परमप्रभुलाई म प्रेम गर्दछु, किनभने उहाँले मेरो आवाज सुन्‍नुभयो, करुणाको निम्‍ति मेरो पुकार सुन्‍नुभयो।
2 उहाँले आफ्‍नो कान मतिर फर्काउनुभयो, यसकारण म बाँचुञ्‍जेल उहाँको पुकार गर्नेछु।
3 मृत्‍युको बन्‍धनले मलाई अलमलाइदियो, र चिहानको वेदना ममाथि आइपर्‍यो। दु:ख र शोकले मलाई छोप्‍यो।
4 तब मैले परमप्रभुको नाउँमा पुकारा गरें, “हे परमप्रभु, मलाई बचाउनुहोस्‌।”
5 परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्‍छ, हाम्रा परमेश्‍वर करुणाले पूर्ण हुनुहुन्‍छ।
6 परमप्रभुले सरल हृदय भएकाहरूलाई रक्षा गर्नुहुन्‍छ। म अति अभावमा परेको थिएँ, उहाँले मलाई बचाउनुभयो।
7 फेरि एक पल्‍ट हे मेरो प्राण, तँ फेरि शान्‍त हो, किनभने परमप्रभुले तेरो उपकार गर्नुभएको छ।
8 किनभने हे परमप्रभु, तपाईंले मेरो प्राणलाई मृत्‍युबाट छुटकारा दिनुभएको छ, मेरा आँखालाई आँसु झार्नबाट, र मेरा खुट्टालाई ठेस लाग्‍नबाट बचाउनुभएको छ,
9 कि जीवितहरूको देशमा म परमप्रभुको सामुन्‍ने हिँड्‌डुल गर्न सकूँ।
10 मैले विश्‍वास गरें, त्‍यसकारण मैले भनें, “म साह्रै कष्‍टित भएको छु।”
11 अनि मैले आफ्‍नो व्‍याकुलतामा भनें, “सबै मानिस झूटा हुन्‌।”
12 परमप्रभुले मेरो निम्‍ति जति उपकार गर्नुभयो, त्‍यसको साटो म उहाँलाई के चढ़ाऊँ?
13 उद्धारको कचौरा उच्‍च उठाएर परमप्रभुका नाउँको म पुकार गर्नेछु।
14 परमप्रभुका सारा प्रजाहरूका सम्‍मुख उहाँप्रति गरिएका मेरा भाकल म पूरा गर्नेछु।
15 परमप्रभुका पवित्रजनहरूको मृत्‍यु उहाँको दृष्‍टिमा अनमोल छ।
16 हे परमप्रभु, साँच्‍चै म तपाईंको दास हुँ। म तपाईंकी कमारीको छोरो, तपाईंको दास हुँ। तपाईंले मेरो बन्‍धनबाट मलाई मुक्त गरिदिनुभएको छ।
17 म तपाईंको निम्‍ति धन्‍यवाद बलि चढ़ाउनेछु, र परमप्रभुका नाउँको पुकार गर्नेछु।
18 परमप्रभुका सारा प्रजाहरूका सम्‍मुख प्रभुप्रति गरिएका मेरा भाकल म पूरा गर्नेछु,
19 परमप्रभुको मन्‍दिरका आँगनहरूमा— हे यरूशलेम, तेरो बीचमा यी पूरा गर्नेछु। परमप्रभुको प्रशंसा गर।

प्रस्‍थान 31 : 17
17 म र इस्राएलीहरूका बीचमा त्‍यो सदाको निम्‍ति एउटा चिन्‍ह हुनेछ, किनभने परमप्रभुले छ दिनमा आकाश र पृथ्‍वी बनाउनुभयो, तर सातौँ दिनमा उहाँले काम छोड़ेर विश्राम गर्नुभयो’।”

फिलिप्पी 4 : 19
19 मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *