यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आमेन
गन्ती 5 : 22
22 यो श्राप ल्याउने पानीले तेरो भुँड़ीभित्र पसेर तेरो पेट सुनिने र तेरो जाँघ सुक्ने तुल्याऊन्।” “‘तब त्यस स्त्रीले “आमेन, यस्तै होस्,” भनोस्।
व्यवस्था 27 : 26
26 “यस व्यवस्थाका वचन पूरा गरी पालन नगर्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।”
नहेम्याह 5 : 13
13 त्यसपछि मैले मेरो खास्टोको छेउ टकटक्याएर भनें, “आफ्नो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्वरले यसरी नै टकटक्याइदेऊन्। त्यसलाई यसरी नै टकटक्याएर रित्तो बनाइओस्।” यो भएपछि भेला भएका सबै मानिसहरूले भने, “आमेन,” र तिनीहरूले परमप्रभुको प्रशंसा गरे। अनि तिनीहरूले आफ्नो प्रतिज्ञाअनुसार गरे।
२ कोरिन्थी 1 : 20
20 किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्छ। यसैकारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी “आमेन” भन्छौं।
प्रकाश 1 : 18
18 र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्।
प्रकाश 22 : 20
20 यी कुराको गवाही दिनेले भन्नुहुन्छ, “निश्चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू।
१ राजाहरू 1 : 36
36 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! परमप्रभु मेरा मालिक महाराजाका परमेश्वरले यस्तै घोषणा गरून्।
१ इतिहास 16 : 36
36 परमप्रभु इस्राएलका परमेश्वरको सदासर्वदै प्रशंसा होस्। तब सबै मानिसहरूले भने, “आमेन, र परमप्रभुको स्तुति होस्।”
नहेम्याह 8 : 6
6 एज्राले परमप्रभु महान् परमेश्वरको प्रशंसा गरे, र सबै मानिसहरूले आ-आफ्ना हात उठाएर यसो भनेर जवाफ दिए, “आमेन, आमेन।” त्यसपछि तिनीहरूले आ-आफ्नो शिर निहुराएर परमप्रभुको सामुन्ने नम्रतापूर्वक दण्डवत् गरे।
भजनसंग्रह 41 : 13
13 इस्राएलका परमेश्वर परमप्रभुको सदासर्वदा प्रशंसा होस्, आमेन अनि आमेन।
भजनसंग्रह 72 : 19
19 उहाँको महिमामय नाउँको सदासर्वदै प्रशंसा होस्, सारा पृथ्वी उहाँको महिमाले भरपूर होस्। आमेन अनि आमेन।
भजनसंग्रह 89 : 52
52 परमप्रभुको सदासर्वदा प्रशंसा होस्। आमेन अनि आमेन।
भजनसंग्रह 106 : 48
48 परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा अनादिदेखि अनन्तसम्मै भइरहोस्। र सबै मानिसहरूले भनून्, “आमेन।” परमप्रभुको प्रशंसा गर।
यर्मिया 28 : 6
6 तिनले भने, “आमेन, परमप्रभुले त्यसै नै गरून्! तिमीले अगमवाणी कहेका कुरा परमप्रभुले पूरा गरिदेऊन्। परमप्रभुको भवनका मालसामानहरू र सबै निर्वासित भएका मानिसहरूलाई उहाँले बेबिलोनबाट यस ठाउँमा फर्काइल्याऊन्।
मत्ती 6 : 13
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
१ कोरिन्थी 14 : 16
16 नत्रता तिमीले आत्मामा परमेश्वरको प्रशंसा गर्दा बुझ्न नसक्ने बाहिरको मानिसले तिम्रो धन्यवादको प्रार्थनापछि “आमेन” कसरी भन्ने? जब कि तिमीले के भनेको सो उसले बुझ्दैन।
प्रकाश 5 : 14
14 तब ती चारै जीवित प्राणीले भने, “आमेन।” अनि ती धर्म-गुरुहरूले घोप्टो परेर दण्डवत् गरे।
प्रकाश 19 : 4
4 अनि ती चौबीसै धर्म-गुरु र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएको परमेश्वरलाई यसो भनेर दण्डवत् गरे, “आमेन, हल्लेलूयाह!”
प्रकाश 3 : 14
14 अनि लाउडिकियाका मण्डलीका दूतलाई यो लेख: यी कुरा आमेन, विश्वासयोग्य र साँचो साक्षी र परमेश्वरका सृष्टिको शासकले भन्दछ।
Leave a Reply