यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आमाबाबु
हितोपदेश 22 : 6
6 बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।
एफिसी 6 : 4
4 बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
कलस्सी 3 : 21
21 बुबा हो, आफ्ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्।
हितोपदेश 29 : 17
17 आफ्नो छोरालाई ताड़ना दे, र त्यसले तँलाई शान्ति दिन्छ। त्यसले तेरो प्राणमा अति आनन्द ल्याउनेछ।
२ कोरिन्थी 12 : 14
14 अब तेस्रो पल्ट तिमीहरूकहाँ आउन म तयार छु। म तिमीहरूका निम्ति बोझ हुनेछैनँ, किनकि म तिमीहरूको सम्पत्ति होइन तर तिमीहरूलाई नै चाहन्छु। किनभने आमा-बुबाको निम्ति छोरा-छोरीले होइन, तर छोरा-छोरीका निम्ति पो आमा-बुबाले सञ्चय गर्नुपर्छ।
हितोपदेश 23 : 13
13 बालकलाई ताड़ना दिन नरोक्। तैंले त्यसलाई बेत लगाएर सजाय दिइस् भने त्यो मरिजानेछैन।
भजनसंग्रह 127 : 3
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।
एफिसी 6 : 1 – 4
1 छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
2 आफ्ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),
3 कि तिमीहरूलाई भलो होस्, र पृथ्वीमा तिमीहरू दीर्घायु होओ।
4 बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
हितोपदेश 29 : 15
15 सुधारको छड़ीले बुद्धि प्रदान गर्छ, तर छाडा छोड़ेको छोराले आफ्नी आमाको बेइज्जत गर्छ।
१ तिमोथी 3 : 4
4 आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोरा-छोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन्।
प्रस्थान 20 : 12
12 “आफ्ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस्।
हितोपदेश 13 : 24
24 छड़ी नचलाउने बुबाले आफ्नो छोरालाई घृणा गर्छ, तर त्यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्यसलाई अनुशासन दिन्छ।
तीतस 2 : 4
4 तिनीहरूले तरुणीहरूलाई आ-आफ्ना पति र बालबच्चाहरूलाई प्रेम गर्न,
मत्ती 10 : 37
37 “जसले मलाई भन्दा बढ़ी आफ्ना बुबा वा आमालाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। जसले मलाई भन्दा बढ़ी आफ्ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन।
हिब्रू 12 : 7
7 ताड़नाको निम्ति नै तिमीहरू कष्ट सहन्छौ। परमेश्वरले तिमीहरूसँग छोरालाई झैँ व्यवहार गर्नुहुन्छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्छ र?
यशैया 49 : 15
15 “के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र? आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउँदिनँ र? त्यसले बिर्सन पनि सक्छे, तर म त तँलाई बिर्सन सक्दिनँ।
योएल 1 : 3
3 तिमीहरूका छोराछोरीहरूलाई यो कुरा बताओ, र तिमीहरूका छोराछोरीहरूले उनीहरूका छोराछोरीहरूलाई बताऊन्, र उनीहरूका छोराछोरीहरूले आगामी पुस्तालाई बताऊन्।
१ तिमोथी 3 : 5
5 यदि कुनै मानिसले आफ्ना घरकाहरूलाई तह लगाउन जान्दैन भने, तिनले परमेश्वरका मण्डलीको रेखदेख कसरी गर्न सक्छ र?
हितोपदेश 3 : 12
12 किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ। जसरी बुबाले आफ्नो प्यारो छोरालाई अनुशासन दिन्छन्।
Leave a Reply