आफ्नो साथी खोज्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफ्नो साथी खोज्दै

मत्ती 7 : 7
7 “माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूका निम्‍ति उघारिनेछ।

भजनसंग्रह 37 : 4
4 परमप्रभुमा आनन्‍दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।

हितोपदेश 18 : 22
22 पत्‍नी पाउनेले असल कुरा पाउँछ, र त्‍यसले परमप्रभुबाट निगाह प्राप्‍त गर्छ।

उत्‍पत्ति 2 : 18
18 फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”

मर्कूस 11 : 24
24 यसकारण म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्‍छौ सो पाएका छौं भन्‍ने विश्‍वास राख, र त्‍यो तिमीहरूको हुनेछ।

यर्मिया 29 : 11 – 13
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।
12 तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्‍यानसित सुन्‍नेछु।
13 जब तिमीहरूले आफ्‍ना सारा हृदयले मलाई खोज्‍नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ।

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

यशैया 34 : 16
16 परमप्रभुको पत्रको मुट्ठामा हेर र पढ़। यिनमा एउटै पनि हराउनेछैन, कसैलाई आफ्‍नो जोड़ीको अभाव हुँदैन, किनकि उहाँको मुखले यो हुकुम दिनुभएको हो, र उहाँका आत्‍माले तिनीहरूलाई एकसाथ जम्‍मा गर्नुहुनेछ।

उत्‍पत्ति 2 : 24
24 यसैकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड्‌छ र आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र तिनीहरू एउटै शरीर हुन्‍छन्‌।

उपदेशक 4 : 9
9 एकभन्‍दा दुई असल हो, किनभने तिनीहरूले आफ्‍नो कामको असल फल पाउनेछन्‌।

याकूब 1 : 5
5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।

हिब्रू 11 : 1
1 अब विश्‍वासचाहिँ आशा राखिएका कुराको निश्‍चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो।

हिब्रू 13 : 4
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ।

१ कोरिन्थी 6 : 18
18 व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।

यशैया 40 : 31
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

१ थेसलोनिकी 4 : 3 – 5
3 किनकि परमेश्‍वरको इच्‍छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्‍यभिचारबाट अलग बस।
4 पवित्रता र आदरसाथ आफ्‍नो निम्‍ति पत्‍नी लिनू, सो तिमीहरू प्रत्‍येकले जान,
5 तर परमेश्‍वरलाई नचिन्‍ने अविश्‍वासीहरूजस्‍तै कामुकताको कुवासनामा नबस।

भजनसंग्रह 37 : 23
23 यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्‍यो भने उहाँले त्‍यसका पाइला दह्रिला पार्नुहुन्‍छ।

गलाती 5 : 16
16 तर म भन्‍दछु, पवित्र आत्‍माद्वारा हिँड़, र पापमय स्‍वभावका लालसा पूरा नगर।

१ कोरिन्थी 7 : 2
2 तर व्‍यभिचारसम्‍बन्‍धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्‍नै पत्‍नी होस्, र हरेक स्‍त्रीको पनि आफ्‍नै पति होस्‌।

हितोपदेश 31 : 29
29 “धेरै स्‍त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *