आफ्नो वचन राख्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफ्नो वचन राख्दै

१ यूहन्‍ना 2 : 5
5 तर जसले उहाँको वचन पालन गर्छ, त्‍यसमा परमेश्‍वरप्रतिको प्रेम साँच्‍ची नै सिद्ध भएको हुन्‍छ। हामी उहाँमा छौं भन्‍ने कुरामा यसैबाट निश्‍चित हुन्‍छौं।

उपदेशक 5 : 4 – 7
4 जब तिमी परमेश्‍वरसित भाकल गर्दछौ, त्‍यो पूरा गर्नमा विलम्‍ब नगर। मूर्खसँग उहाँ प्रसन्‍न हुनुहुन्‍न। तिम्रो भाकल पूरा गर।
5 भाकल गरेर पनि पूरा नगर्नुभन्‍दा त भाकल नगरेको अझ असल हो।
6 तिम्रो आफ्‍नो बोलीले तिमीलाई पाप गर्न नलाओस्‌। अनि मन्‍दिरको समाचारवाहकलाई “मेरो भाकल त भूल भएको थियो,” भनी प्रतिवाद नगर। तिमीले बोलेका कुरासँग परमेश्‍वर रिसाएर तिम्रो हातको कामलाई नाश गर्ने, किन?
7 धेरै कल्‍पना र धेरै शब्‍दहरू व्‍यर्थ हुन्‌। यसकारण परमेश्‍वरको भय मान।

गन्ती 30 : 1 – 2
1 मोशाले इस्राएली कुलनायकहरूलाई यसो भने, “परमप्रभुले आज्ञा गर्नुभएको कुरो यही हो:
2 कुनै मानिसले परमप्रभुको निम्‍ति भाकल गर्‍यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्‍यसले आफ्‍नो वचन भङ्ग गर्नुहुँदैन। त्‍यसको मुखबाट जुन वचन निस्‍केको थियो, त्‍यो त्‍यसले गर्नैपर्छ।

मत्ती 5 : 33 – 37
33 “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्‍ति गरिएको शपथ तैंले पूरा गर्‌।’
34 तर म तिमीहरूलाई भन्‍दछु, शपथ खाँदै नखाओ। स्‍वर्गको नाउँमा शपथ नखाओ, किनकि त्‍यो परमेश्‍वरको सिंहासन हो,
35 न त पृथ्‍वीको, किनकि त्‍यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्‍यो महाराजाको सहर हो।
36 आफ्‍नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्‍दैनौ।
37 तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्‌। यीभन्‍दा बढ़ीचाहिँ दुष्‍टताबाट आउँदछ।

व्यवस्था 23 : 23
23 जे कुरा तिमीहरूको मुखबाट निस्‍कन्‍छ त्‍यो तिमीहरूले पूरा गर्नैपर्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले त्‍यो स्‍वेच्‍छापूर्वक आफ्‍नै मुखले भाकल गरेको हो।

मत्ती 5 : 33
33 “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्‍ति गरिएको शपथ तैंले पूरा गर्‌।’

प्रेरित 5 : 1 – 10
1 तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे,
2 र त्‍यसको मोलबाट तिनकी पत्नीकै जानकारीमा केही हिस्‍सा आफूसँग राखे, र केही हिस्‍सा ल्‍याएर प्रेरितहरूका चरणमा राखिदिए।
3 तर पत्रुसले भने, “ए हननिया, पवित्र आत्‍मासँग झूट बोल्‍ने र जमिनको बिक्रीको मोलबाट केही हिस्‍सा आफूसँग राख्‍ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो?
4 त्‍यो बिक्री नभइञ्‍जेल के त्‍यो तिम्रो आफ्‍नै थिएन? र त्‍यो बिक्री भएपछि पनि त्‍यो तिम्रै अधिकारमा थिएन र? यस्‍तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई त होइन, तर परमेश्‍वरलाई नै ढाँटेका छौ।”
5 यो कुरा सुनेर हननिया भूइँमा लड़े र तिनले प्राण त्‍यागे। यो सुन्‍नेहरू सबैमाथि ठूलो डर छायो।
6 तब जवानहरूले उठेर तिनलाई लुगाले बेह्रे र बाहिर बोकी लगे, र गाडिदिए।
7 जे भइसकेको थियो सो थाहा नपाई प्राय: तीन घण्‍टापछि तिनकी पत्नी पनि भित्र आई।
8 पत्रुसले त्‍यसलाई सोधे, “मलाई भन, तिमीहरूले जमिन त्‍यत्तिमै बेचेका हौ?” अनि त्‍यसले भनी, “ज्‍यू, त्‍यत्तिमै।”
9 तर पत्रुसले त्‍यसलाई भने, “तिमीहरूले प्रभुका आत्‍माको परीक्षा गर्न कसरी मिलेर मतो गर्‍यौ? हेर, तिम्रा पतिलाई गाड्‌नेहरू ढोकामै छन्‌ र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्‌।”
10 अनि तुरुन्‍तै त्‍यो उनका पाउनेर लड़ी र प्राण त्‍याग गरी। जब जवानहरू भित्र आए, त्‍यसलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे, र त्‍यसको पतिको नजिकमा गाडिदिए।

लेवीहरू 5 : 4 – 5
4 “‘कसैले विचार नगरी कुनै असल वा खराब कुरा गर्न मुखले शपथ खायो भने— जुनसुकै कुरामा मानिसले सोच-विचार नगरी शपथ खान्छ— त्‍यसबाट त्‍यो कुरो छिपे तापनि त्‍यसले त्‍यो थाहा पाएपछि त्‍यस्‍तो कुरामा त्‍यो दोषी ठहरिनेछ।
5 “‘जब कुनै मानिस त्‍यस्‍ता कुरामध्‍ये एउटामा दोषी ठहरिन्‍छ, तब आफूले गरेको पाप त्‍यसले स्‍वीकार गर्नुपर्छ।

भजनसंग्रह 15 : 1 – 4
1 दाऊदको भजन [1] हे परमप्रभु, तपाईंको पवित्रस्‍थानमा कसले वास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा को बस्‍न पाउनेछ?
2 त्‍यो मानिस, जसको चाल निर्दोष छ, र जसले ठीक-ठीक काम गर्छ, र हृदयबाट सत्‍य बोल्‍छ,
3 जसले आफ्‍नो जिब्रोले अरूको निन्‍दा गर्दैन, जसले आफ्‍नो छिमेकीको बिगार गर्दैन, र आफ्‍नो साथी-भाइको अपवाद फैलाउँदैन,
4 जसले भ्रष्‍ट मानिसलाई घृणा गर्दछ, तर परमप्रभुको भय मान्‍नेहरूलाई आदर गर्दछ, जसले आफ्‍नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बद्‌लँदैन,

गन्ती 30 : 1 – 16
1 मोशाले इस्राएली कुलनायकहरूलाई यसो भने, “परमप्रभुले आज्ञा गर्नुभएको कुरो यही हो:
2 कुनै मानिसले परमप्रभुको निम्‍ति भाकल गर्‍यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्‍यसले आफ्‍नो वचन भङ्ग गर्नुहुँदैन। त्‍यसको मुखबाट जुन वचन निस्‍केको थियो, त्‍यो त्‍यसले गर्नैपर्छ।
3 “आफ्‍ना बुबाको घरमा हुँदा कुनै युवतीले जब परमप्रभुको निम्‍ति भाकल गर्छे अथवा वाचा बाँधेर शपथ खान्‍छे,
4 र त्‍यो भाकल वा वाचाबन्‍धन सुनेर पनि त्‍यसका बुबा चूप लागी बस्‍छन्, तब त्‍यो शपथ वा वाचाबन्‍धन कायम रहनेछ।
5 तर बुबाले त्‍यो सुनेको दिन त्‍यसको विरोध गर्‍यो भने, त्‍यसको शपथ अथवा वाचाबन्‍धन रद्द हुनेछ। त्‍यसका बुबाले नै विरोध जनाएका हुनाले परमप्रभुले त्‍यसलाई क्षमा गर्नुहुनेछ।
6 “त्‍यसले भाकल गरिसकेर, अथवा विनासोच-विचार गरेको वाचा बाँधेर त्‍यसको विवाह भयो,
7 अनि त्‍यसको पतिले त्‍यो चाल पाएको दिनमा चूप लागी बस्‍यो भने, त्‍यो भाकल वा वाचाबन्‍धन कायम रहनेछ।
8 तर त्‍यसको पतिले त्‍यो चाल पाएको दिन आफ्‍नो विरोध जाहेर गर्‍यो भने, त्‍यसको भाकल वा वाचाबन्‍धन रद्द हुनेछ, अनि परमप्रभुले त्‍यस स्‍त्रीलाई क्षमा गर्नुहुनेछ।
9 “विधवा र पतिसँग छुट्टिएकी स्‍त्रीले गरेको भाकल वा वाचाबन्‍धनचाहिँ कायम रहनेछ।
10 “कुनै स्‍त्रीले आफ्‍नो पतिको घरमा आइसकेर कुनै भाकल गर्छे अथवा वाचा बाँधेर शपथ खान्‍छे,
11 र त्‍यो भाकल वा वाचाबन्‍धन सुनेर पनि त्‍यसको पति चूपै लागेर विरोध गर्दैन भने, त्‍यो भाकल वा वाचाबन्‍धन कायम रहनेछ।
12 तर त्‍यसको पतिले त्‍यो सुनेको दिनमा त्‍यसको भाकल वा वाचाबन्‍धन रद्द गर्छ भने, त्‍यसको मुखबाट निस्‍केको वचन निरर्थक हुनेछ। परमप्रभुले त्‍यस स्‍त्रीलाई क्षमा गर्नुहुनेछ।
13 पत्‍नीले आफैलाई इन्‍कार गर्न कुनै भाकल वा वाचाबन्‍धनलाई त्‍यसको पतिले अनुमोदन गर्न वा रद्द गर्न सक्‍छ।
14 तर यदि त्‍यसको पतिले आफ्‍नी पत्‍नीको भाकल वा वाचाबन्‍धनको बारेमा दिनदिनै चूपै रहन्‍छ भने, उसले त्‍यो पक्‍का गर्छ। सुनेपछि पनि ऊ चूप लागेको हुनाले त्‍यो स्‍वीकृति दिएको बराबर हो।
15 तर सुनेको अलिक समयपछि त्‍यो कुरा उसले रद्द गर्‍यो भने, त्‍यस स्‍त्रीको दोषको उत्तरदायी ऊ नै हुनेछ।”
16 पति, पत्‍नी र आमा-बुबाको घरमा बसेकी जवान छोरीको सम्‍बन्‍धमा परमप्रभुले मोशालाई दिनुभएका विधिहरू यी नै हुन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *