यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफ्नो दिमाग नवीकरण
रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
फिलिप्पी 4 : 8
8 अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर।
रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
२ कोरिन्थी 4 : 16
16 यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदैगए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ।
भजनसंग्रह 119 : 11
11 तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।
एफिसी 4 : 23
23 र आफ्नो भित्री वर्तावमा नयाँ होओ,
१ पत्रुस 1 : 13
13 यसकारण आफ्नो मन बाँध, संयमी होओ र येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख।
२ कोरिन्थी 10 : 4 – 5
4 किनकि हाम्रो युद्धका अस्त्र-शस्त्र सांसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ।
5 परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।
फिलिप्पी 4 : 6 – 7
6 कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्,
7 र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
यूहन्ना 8 : 32
32 तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
कलस्सी 3 : 16
16 ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ।
यहोशू 1 : 8 – 9
8 व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।
9 तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।”
कलस्सी 3 : 2
2 माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन।
यशैया 42 : 1 – 8
1 “मेरा दास यहाँ छन्, जसलाई म समर्थन गर्दछु, मेरो चुनिएका जन, जसमा म प्रसन्न हुन्छु। तिनमा म मेरो आत्मा राखिदिनेछु। तिनले जाति-जातिहरूमा न्याय ल्याउनेछन्।
2 तिनी चिच्च्याउनेछैनन्, वा कराउनेछैनन् अथवा तिनले आफ्नो सोर सड़कमा सुनाउनेछैनन्।
3 फुटेको निगालो तिनले भाँच्नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्। तिनले विश्वस्ततामा न्याय गर्नेछन्।
4 जबसम्म तिनले पृथ्वीमा इन्साफ स्थापित गरिसक्दैनन् तबसम्म न त तिनी दुर्बल हुनेछन्, न निरुत्साहित हुनेछन्। तिनको व्यवस्थामा टापूहरूले आफ्नो आशा राख्नेछन्।”
5 परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ— आकाश सृष्टि गरेर त्यो फैलाउनुहुने, अनि पृथ्वी र त्यसबाट उत्पन्न हुने सबैलाई फैलाउनुहुने, र त्यसमा भएका मानिसहरूलाई सास अनि त्यसमा हिँड्डुल गर्नेहरूलाई आत्मा दिनुहुने:
6 “म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु। म तिम्रो हात समात्नेछु, र तिम्रो रक्षा गर्नेछु। तिमीलाई नै म जाति-जातिहरूका निम्ति करार र अन्यजातिहरूका निम्ति ज्योति बनाउनेछु,
7 अन्धाहरूका आँखा खोल्नलाई, कैदीहरूलाई कारागारबाट र अन्धकारमा बस्नेहरूलाई कैदी राख्ने तहखानाबाट निकाल्नलाई।
8 “म परमप्रभु हुँ, मेरो नाउँ त्यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ।
फिलिप्पी 2 : 5
5 तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई।
यूहन्ना 17 : 17
17 तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो।
१ कोरिन्थी 2 : 16
16 “किनकि कसले प्रभुको मनलाई जानेको छ? र कसले उहाँलाई सिकाउन सक्छ?” तर हामीसँग त ख्रीष्टको मन छ।
रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
Leave a Reply