यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफ्नो कपाल
१ पत्रुस 3 : 3
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।
इजकिएल 44 : 20
20 “‘तिनीहरूले आफ्ना केश मुड़ाउनुहुँदैन अथवा ती लामा बढ्न पनि दिनुहुँदैन, तर तिनीहरूले आफ्नो केश छोटो गरी काट्नुपर्छ।
व्यवस्था 22 : 5
5 पुरुषले लाउने लुगा स्त्रीले लाउनुहुँदैन, र स्त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।
१ कोरिन्थी 11 : 14
14 पुरुषले लामो केश पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
Leave a Reply