आफ्ना छोराछोरीलाई सजाय दिँदै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफ्ना छोराछोरीलाई सजाय दिँदै

हितोपदेश 23 : 13 – 14
13 बालकलाई ताड़ना दिन नरोक्‌। तैंले त्‍यसलाई बेत लगाएर सजाय दिइस्‌ भने त्‍यो मरिजानेछैन।
14 बेत लगाएर त्‍यसलाई सजाय दे, र त्‍यसको प्राण मृत्‍युदेखि बचा।

हितोपदेश 22 : 15
15 बालकको हृदय मूर्खताको बन्‍धनले जेलिएको हुन्‍छ, तर ताड़नाको बेतले उसबाट त्‍यो टाढ़ा भाग्‍नेछ।

व्यवस्था 21 : 18 – 21
18 आफ्‍ना आमा-बुबाको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताड़ना दिँदा पनि तिनीहरूको कुरा मान्‍दैन भने,
19 त्‍यसका आमा-बुबाले त्‍यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरको मूल ढोकामा लैजाऊन्‌।
20 तिनीहरूले सहरका धर्म-गुरुहरूलाई यसो भनून्, “यो हाम्रो छोरा ढीट र बदमाश छ। त्‍यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।”
21 तब त्‍यस सहरका सबै पुरुषहरूले त्‍यसलाई मरुञ्‍जेल ढुङ्गाले हानून्‌। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्‌।

हितोपदेश 22 : 6
6 बालकलाई ऊ हिँड्‌नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्‍थासम्‍म ऊ त्‍यसबाट तर्किएर जाँदैन।

हितोपदेश 29 : 15
15 सुधारको छड़ीले बुद्धि प्रदान गर्छ, तर छाडा छोड़ेको छोराले आफ्‍नी आमाको बेइज्‍जत गर्छ।

एफिसी 6 : 4
4 बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।

हिब्रू 12 : 6 – 7
6 किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ त्‍यसैलाई ताड़ना दिनुहुन्‍छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्‍ड दिनुहुन्‍छ।”
7 ताड़नाको निम्‍ति नै तिमीहरू कष्‍ट सहन्‍छौ। परमेश्‍वरले तिमीहरूसँग छोरालाई झैँ व्‍यवहार गर्नुहुन्‍छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्‍छ र?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *