आफैलाई मार्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफैलाई मार्दै

१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

रोमी 12 : 19
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

१ यूहन्‍ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।

प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।

यूहन्‍ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।

एफिसी 2 : 10
10 किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।

२ थेसलोनिकी 2 : 14 – 15
14 यसैको निम्‍ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टको महिमा प्राप्‍त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो।
15 यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस्‌ तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख।

१ यूहन्‍ना 1 : 9
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

यूहन्‍ना 18 : 1 – 40
1 यी कुरा भनिसकेर येशू आफ्‍ना चेलाहरूसँग किद्रोन खोल्‍सापारि जानुभयो। त्‍यहाँ एउटा बगैँचा थियो। येशू आफ्‍ना चेलाहरूसँग त्‍यहाँ प्रवेश गर्नुभयो।
2 उहाँलाई पक्राइदिने यहूदाले पनि त्‍यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्‍ना चेलाहरूसँग त्‍यहाँ धेरैजसो भेला हुनुहुन्‍थ्‍यो।
3 तब बत्ती, राँको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्‍य पूजाहारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर यहूदा त्‍यहाँ आयो।
4 तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशू अगि आउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कसलाई खोज्‍दैछौ?”
5 तिनीहरूले उहाँलाई भने, “नासरतका येशूलाई।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म उही हुँ।” अब उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।
6 जब उहाँले तिनीहरूलाई “म उही हुँ” भन्‍नुभयो, तब तिनीहरू पछि हटे, अनि भूइँमा लोटे।
7 फेरि उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू कसलाई खोज्‍दैछौ?” तिनीहरूले भने, “नासरतका येशूलाई।”
8 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिहालें, म उही हुँ। यसकारण यदि तिमीहरू मलाई खोज्‍दैछौ भने यी मानिसहरूलाई चाहिँ जान देओ।”
9 “तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये एउटालाई पनि मैले गुमाइनँ” भनी उहाँले भन्‍नुभएको वचन पूरा होस्‌ भनेर यो भयो।
10 सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्‍य पूजाहारीको कमारालाई प्रहार गरे र त्‍यसको दाहिने कान च्‍वाट्टै काटिदिए। त्‍यस कमाराको नाउँ माल्‍खस थियो।
11 येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवार म्‍यानमा हाल। के पिताले मलाई दिनुभएको कचौरा म नपिऊँ?”
12 त्‍यसपछि सिपाहीहरूको दल, तिनीहरूका कप्‍तान, र यहूदीहरूका पहरेदारहरूले येशूलाई पक्रे, र उहाँलाई बाँधे।
13 पहिले तिनीहरूले उहाँलाई हन्‍नासकहाँ लगे, जो त्‍यस सालका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए।
14 यी तिनै कैयाफा थिए, जसले ‘जनताको निम्‍ति एक जना मानिस मर्नमा नै कल्‍याण छ’ भनी यहूदीहरूलाई सल्‍लाह दिएका थिए।
15 सिमोन पत्रुस र येशूका अर्का एक जना चेला येशूको पछि लागे। ती अर्काचाहिँ चेला प्रधान पूजाहारीका चिनारु थिए, र येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे।
16 तर पत्रुस बाहिर ढोकामा उभिरहेका थिए। ती अर्काचाहिँ चेलाले, जो प्रधान पूजाहारीका चिनारु थिए, बाहिर निस्‍केर ढोकामा बस्‍ने ठिटीलाई भनेर पत्रुसलाई भित्र ल्‍याए।
17 तब ढोकामा बस्‍ने त्‍यस ठिटीले पत्रुसलाई भनी, “के तिमी पनि यस मानिसका चेलाहरूमध्‍ये एक जना हौ?” तिनले भने, “म होइनँ।”
18 त्‍यहाँ कमारा र पहरेदारहरू आगोको भुङ्‌ग्रो ताप्‍दै उभिरहेका थिए, किनभने जाडो थियो। अनि पत्रुस पनि तिनीहरूसँग उभिएर आगो ताप्‍न लागे।
19 अब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँका शिक्षाका विषयमा सोधे।
20 येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारलाई खुल्‍लमखुल्‍ला भनेको छु। मैले सधैँ सभाघरमा र मन्‍दिरमा शिक्षा दिएको छु, जहाँ सबै यहूदीहरू भेला हुन्‍छन्‌। मैले गुप्‍तमा केही भनेको छैनँ।
21 मलाई किन सोध्‍नुहुन्‍छ? मैले तिनीहरूलाई के भनें सो सुन्‍नेहरूलाई नै सोध्‍नुहोस्‌। मैले भनेका कुराहरू यिनीहरूलाई थाहा छ।”
22 येशूले यी कुरा भन्‍नुहुँदा नजिकमा उभिएका पहरेदारहरूमध्‍ये एक जनाले यसो भन्‍दै येशूलाई थप्‍पड़ लायो, “के प्रधान पूजाहारीलाई यसरी जवाफ दिन्‍छस्‌?”
23 येशूले त्‍यसलाई भन्‍नुभयो, “मैले बेठीक भनेको भए त्‍यसको प्रमाण देऊ, तर यदि मैले ठीकै भनेको हुँ भने मलाई किन हिर्काउँछौ?”
24 तब हन्‍नासले उहाँलाई बाधिँएकै अवस्‍थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए।
25 सिमोन पत्रुस उभिएर आगो ताप्‍दैथिए। तिनीहरूले तिनलाई भने, “के उनका चेलाहरूमध्‍ये एक जना तिमी पनि होइनौ?” तिनले इन्‍कार गरेर भने, “म होइनँ।”
26 प्रधान पूजाहारीका कमाराहरूमध्‍ये एक जना, जसका नातेदारको कान पत्रुसले काटेका थिए, त्‍यसले सोध्‍यो, “के मैले तिमीलाई तिनीसँग बगैँचामा देखिनँ र?”
27 तब फेरि पत्रुसले इन्‍कार गरे। अनि तुरुन्‍तै भाले बास्‍यो।
28 तब तिनीहरूले येशूलाई कैयाफाको घरबाट महलतिर लगे। त्‍यति बेला बिहानपख थियो। बिटुलिएर निस्‍तार-चाड़को भोज खान पाउँदैनौं भन्‍ने डरले तिनीहरू महलभित्र पसेनन्‌।
29 यसकारण तिनीहरूकहाँ बाहिर निस्‍केर पिलातसले भने, “यस मानिसको विरुद्धमा तिमीहरू के अभियोग लाउँछौ?”
30 तिनीहरूले उनलाई भने, “यदि यो मानिस अपराधी नभए हामी यसलाई तपाईंकहाँ सुम्‍पनेथिएनौं।”
31 पिलातसले तिनीहरूलाई भने, “तिमीहरू यिनलाई लैजाओ, र तिमीहरूको आफ्‍नै व्‍यवस्‍थाबमोजिम यिनको इन्‍साफ गर।” यहूदीहरूले उनलाई भने, “कुनै मानिसलाई प्राणदण्‍ड दिने अधिकार हामीलाई छैन।”
32 उहाँको मृत्‍यु कुन रीतिले हुनेछ त्‍यसको सङ्केत दिएर उहाँले भन्‍नुभएको वचन पूर्ण होस्‌ भनेर यसो भएको थियो।
33 पिलातस फेरि महलभित्र पसे, र उनले येशूलाई बोलाएर भने, “के तिमी यहूदीहरूका राजा हौ?”
34 येशूले जवाफ दिनुभयो, “तपाईं आफै यसो भन्‍नुहुन्‍छ, वा मेरो विषयमा तपाईंलाई अरू कसैले भने?”
35 पिलातसले जवाफ दिए, “के म यहूदी हुँ र? तिम्रै जाति र मुख्‍य पूजाहारीहरूले तिमीलाई मेरो हातमा सुम्‍पिदिए। तिमीले के गर्‍यौ?”
36 येशूले जवाफ दिनुभयो, “मेरो राज्‍य यस संसारको होइन। मेरो राज्‍य यस संसारको हुँदो हो त मेरा सेवकहरू मेरो निम्‍ति लड्‌नेथिए, र म यहूदीहरूका हातमा पर्नेथिइनँ। तर मेरो राज्‍य यस संसारको होइन।”
37 पिलातसले उहाँलाई सोधे, “के तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनी तपाईं नै भन्‍नुहुन्‍छ। यसैको निम्‍ति म जन्‍मेको हुँ, र यसैको निम्‍ति सत्‍यको गवाही दिन म यस संसारमा आएको हुँ। प्रत्‍येक जो सत्‍यको पक्षमा छ, त्‍यसले मेरो सोर सुन्‍छ।”
38 पिलातसले उहाँलाई सोधे, “सत्‍य के हो?” यति भनेर उनी यहूदीहरूकहाँ बाहिर निस्‍केर गए, र तिनीहरूलाई भने, “म यिनमा केही दोष भेट्टाउँदिनँ।
39 निस्‍तार-चाड़मा एक जनालाई मैले तिमीहरूका निम्‍ति छोडिदिने तिमीहरूको प्रथा छ। त के तिमीहरू चाहन्‍छौ, कि यहूदीहरूका राजालाई छोडिदिऊँ?”
40 तर तिनीहरू फेरि यसो भन्‍दै कराए, “यसलाई होइन, तर बारब्‍बालाई।” बारब्‍बाचाहिँ डाँकू थियो।

लूका 10 : 27
27 तिनले भने, “तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा समझले र आफ्‍नो सारा मनले प्रेम गर्, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।”

लूका 20 : 36
36 तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्‍वर्गदूतहरूसमान हुन्, र पुनरुत्‍थानका सन्‍तान भएका हुनाले परमेश्‍वरका सन्‍तान हुन्‌।

रोमी 10 : 13
13 किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”

प्रस्‍थान 20 : 1 – 26
1 अनि यी सब कुरा परमेश्‍वरले भन्‍नुभयो:
2 “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।
3 “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।
4 “आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।
7 “परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
8 “शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू।
9 छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,
10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌।
11 किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो।
12 “आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌।
13 “हत्‍या नगर्नू।
14 “व्‍यभिचार नगर्नू।
15 “चोरी नगर्नू।
16 “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
17 “आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।”
18 जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे।
19 तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस्‌ र हामी सुन्‍नेछौं, तर परमेश्‍वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।”
20 मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्‍वर तिमीहरूलाई जाँच्‍नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”
21 मानिसहरू टाढ़ै उभिरहे। परमेश्‍वर हुनुभएको त्‍यो बाक्‍लो बादलमा उहाँको नजिक मोशा गए।
22 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्‍नू: स्‍वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ।
23 मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्‍ना निम्‍ति नबनाउनू।
24 “मेरो निम्‍ति माटोको वेदी बनाएर त्‍यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेड़ाबाख्राहरू र गाईबस्‍तुहरू चढ़ाउनू। जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्‍यहाँ-त्‍यहाँ आएर म तिमीहरूलाई आशिष्‌ दिनेछु।
25 तिमीहरूले मेरो निम्‍ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्‍यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्‍यसलाई अशुद्ध पार्नेछौ।
26 र मेरै वेदीमा खुट्‌किलो बनाएर नउक्‍लनू। किनभने त्‍यसो गर्दा त्‍यसमाथि तिमीहरूको नग्‍नता उघ्रनेछ।

२ थेसलोनिकी 1 : 9
9 तिनीहरूले अनन्‍त विनाशको दण्‍ड तथा प्रभुको उपस्‍थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्‍ड भोग्‍नेछन्,

रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *