आफूलाई अरूसँग तुलना गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफूलाई अरूसँग तुलना गर्दै

२ कोरिन्थी 10 : 12
12 आफ्‍नो तारीफ आफैले गर्ने कुनै-कुनै व्‍यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्‍न, अथवा आफैलाई तिनीहरूसँग दाँज्‍न हामी साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्‍दा तिनीहरू बेसमझका हुन्‍छन्‌।

गलाती 6 : 4
4 प्रत्‍येकले आफ्‍नै कामको जाँच गरोस्, तब मात्र त्‍यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्‍छ।

गलाती 1 : 10
10 के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

२ कोरिन्थी 13 : 5
5 तिमीहरू विश्‍वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भन्‍ने तिमीहरूलाई थाहा हुनुपर्ने हो!

मत्ती 7 : 2
2 किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्‍यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्‍तछौ, त्‍यसै गरी तिमीहरूका निम्‍ति पनि नापिनेछ।

मत्ती 7 : 1
1 “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।

२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।

प्रेरित 20 : 35
35 मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्‍नुहोस्, कसरी उहाँ आफैले भन्‍नुभएको छ, कि लिनुभन्‍दा दिनु अझ धन्‍य हो।”

गलाती 2 : 20
20 म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्‍त जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्‍छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्‍यो परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्‍ति आफूलाई अर्पण गर्नुभयो।

मत्ती 25 : 14 – 30
14 “किनकि योचाहिँ कुनै मानिसजस्‍तो हो, जसले परदेश जाँदा आफ्‍ना नोकरहरूलाई बोलाई आफ्‍नो धन-सम्‍पत्ति तिनीहरूलाई जिम्‍मा दिए।
15 तिनले हरेकलाई तिनीहरूका आ-आफ्‍नो योग्‍यताअनुसार एउटालाई पाँच सुनका सिक्‍का, अर्कोलाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले।
16 तब पाँच सुनका सिक्‍का पाउनेले तुरुन्‍तै गएर त्‍यो व्‍यापारमा लगाईकन अरू पाँच सिक्‍का कमायो।
17 त्‍यसरी नै दुई सिक्‍का पाउनेले पनि अरू दुई कमायो।
18 तर एक सिक्‍का पाउनेले चाहिँ गएर भूइँ खनेर आफ्‍ना मालिकको धन लुकाइराख्‍यो।
19 “धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे।
20 तब पाँच सुनका सिक्‍का पाउने नोकरले अरू पाँच सिक्‍का ल्‍याई अगाडि आएर यसो भन्‍यो, ‘हजूर, तपाईंले मलाई पाँच सिक्‍काको जिम्‍मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच सिक्‍का कमाएको छु।’
21 “मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर! तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’
22 “दुई सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्‍का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्‍का कमाएको छु।’
23 “त्‍यसका मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर, तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’
24 “एक सुनको सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, नरोपेको जग्‍गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्‍ने तपाईं कठोर मानिस हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थियो।
25 यसैले मलाई डर लाग्‍यो, र गएर तपाईंको सिक्‍का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्‍का लिनुहोस्‌।’
26 “त्‍यसका मालिकले त्‍यसलाई जवाफ दिए, ‘ए दुष्‍ट, अल्‍छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्‍छु भनेर तैंले जानेको थिइस्‌ भने,
27 तैंले मेरो धन साहूकहाँ राख्‍नुपर्नेथियो, र आएर मैले मेरो धन ब्‍याजसमेत फिर्ता पाउनेथिएँ।
28 यसकारण त्‍यसबाट यो सिक्‍का खोस, र जससँग दश सिक्‍का छ त्‍यसलाई देओ।
29 किनभने जससँग छ त्‍यसलाई अरू दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।
30 त्‍यस बेकम्‍मा नोकरलाई चाहिँ बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’

भजनसंग्रह 23 : 1 – 6
1 दाऊदको भजन [1] परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन।
2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्‍छ, र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ।
3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्‍छ। उहाँले आफ्‍नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्‍याउनुहुन्‍छ।
4 मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।
5 मेरा शत्रुहरूका सामुन्‍ने तपाईंले मेरो निम्‍ति भोज तयार पार्नुहुन्‍छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्‍छ, मेरो कचौरो भरिएर पोखिन्‍छ।
6 निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।

यूहन्‍ना 16 : 33
33 मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्‍ति होस्‌। संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *