आप्रवासीहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आप्रवासीहरू

लेवीहरू 19 : 33 – 34
33 “‘तिमीहरूसित वास गर्ने परदेशीसँग दुर्व्‍यवहार नगर्नू।
34 तिमीहरूले त्‍यसलाई आफ्‍नै देशमा जन्‍मेको जस्‍तै ठान्‍नू। तिमीहरूले त्‍यसलाई आफूलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

लूका 10 : 29 – 42
29 तर तिनले आफूलाई धार्मिक देखाउने इच्‍छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?”
30 येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्‍यो डाँकूहरूको फेला पर्‍यो। तिनीहरूले त्‍यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए।
31 संयोगले एक जना पूजाहारी त्‍यही बाटो भएर जाँदैथियो, र त्‍यो अधमरो मान्‍छेलाई देखेर त्‍यो अर्कोपट्टि तर्केर गयो।
32 त्‍यसै गरी एक जना लेवी पनि त्‍यस ठाउँमा आएर त्‍यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
33 तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्‍यो मान्‍छे भएको ठाउँमा आइपुग्‍यो, र त्‍यसलाई देखेर उसको मन दयाले भरियो।
34 र त्‍यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्‍यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्‍नै गधामाथि चढ़ाएर त्‍यसलाई एउटा पौवामा ल्‍याई त्‍यसको हेरचाह गर्‍यो।
35 भोलिपल्‍ट उसले चाँदीका दुई सिक्‍का पौवाको मालिकलाई दिएर भन्‍यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”
36 येशूले सोध्‍नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्‍ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”
37 तिनले भने, “त्‍यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिमी पनि त्‍यसै गर।”
38 उहाँहरू जाँदैगर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ भएकी एउटी स्‍त्रीले उहाँलाई आफ्‍नो घरमा स्‍वागत गरिन्‌।
39 मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्‌। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्‍दथिन्‌।
40 तर मार्था सेवा-सत्‍कारको धेरै काममा अल्‍झेकी थिइन्‌। तिनले येशूकहाँ आएर भनिन्, “प्रभुज्‍यू, मेरी बहिनीले सेवा-सत्‍कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्‍ता राख्‍नुहुन्‍न? त्‍यसलाई भनिदिनोस्, र त्‍यसले मलाई सघाओस्‌।”
41 तर येशूले जवाफ दिएर तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्‍ता गर्छ्यौ, र व्‍याकुल हुन्‍छ्यौ।
42 तर आवश्‍यकता एउटै कुराको छ, त्‍यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।”

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

उत्‍पत्ति 12 : 1
1 परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तेरो देश र तेरा कुटुम्‍ब तथा तेरा पिताका घरबाट निस्‍केर जुन देश म तँलाई देखाउँछु त्‍यहाँ जा।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *