आनन्द

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आनन्द

हितोपदेश 21 : 17
17 सुख-विलासको प्रेम गर्ने दरिद्र हुनेछ, दाखमद्य र तेललाई प्रेम गर्ने कहिल्‍यै धनी हुनेछैन।

२ तिमोथी 2 : 22
22 यसकारण जवानीका अभिलाषाहरू त्‍याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्‍वास, प्रेम र शान्‍तिको लक्ष्य राख।

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

लूका 8 : 14
14 काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्‍छन्, तर पछि यस जीवनका चिन्‍ता, धन, सुख-चैनमा परेर बढ्‌न पाउँदैनन्, र तिनका फल पाक्‍न पाउँदैनन्‌।

१ कोरिन्थी 6 : 18 – 20
18 व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

१ तिमोथी 6 : 17
17 यस संसारका धनीहरूलाई घमण्‍डी नहुने आज्ञा देऊ, र अनिश्‍चित सम्‍पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्‍तसँग उपभोग गर्न दिनुहुने परमेश्‍वरमाथि तिनीहरूले आशा राखून्‌।

हिब्रू 13 : 4
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ।

उपदेशक 2 : 1 – 11
1 मैले आफ्‍नो मनमा विचार गरें, “आऊ, अब असल कुरोचाहिँ के हो भनी पत्ता लाउन म सुख-विलाससित तिम्रो जाँच गर्नेछु।” तर त्‍यो पनि व्‍यर्थै रहेछ भनी प्रमाणित भयो।
2 मैले भनें, “हाँसो मूर्खता हो। अनि सुख-विलासले के फाइदा गर्छ?”
3 दाखमद्य पिएर तथा मूर्खतालाई अँगालेर मैले आफैलाई प्रफुल्‍ल तुल्‍याउन कोशिश गरें— मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्‍याउँदैथियो। आकाशमुनि यस छोटो जीवनमा मानिसहरूका निम्‍ति असल काम के हो सो जान्‍न भनी मैले इच्‍छा गरें।
4 मैले ठूला योजनाहरू थालें। मैले मेरो निम्‍ति घरहरू बनाएँ। मैले दाखको खेत स्‍थापना गरें।
5 मैले बगैँचाहरू र उद्यानहरू बनाएँ र तिनमा सबै प्रकारका फलफूलका रूखहरू रोपें।
6 लहलह बढ्‌दैगरेका वृक्षहरूका उद्यानहरूलाई सिँचाइ गर्न मैले पानीका ठूला-ठूला जलाशयहरू बनाएँ।
7 मैले कमारा-कमारीहरू किनें र मेरो घरमा जन्‍मेका अरू कमारा-कमारी पनि थिए। मअघि यरूशलेममा हुने अरू कुनैका पनि मेरा भन्‍दा धेरै गाईबस्‍तुका बथान र भेड़ाबाख्राहरूका बगाल थिएनन्‌।
8 मैले मेरो निम्‍ति सुन र चाँदी तथा राजाहरू र देश-देशबाट धन-सम्‍पत्ति थुपारें। मैले गायक र गायिकाहरू र एउटा स्‍त्रीगृह पनि मानिसका हृदयको मनोरञ्‍जनको निम्‍ति प्राप्‍त गरें।
9 यरूशलेममा मेरो अघिका सबैभन्‍दा म धेरै महान्‌ भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रह्यो।
10 मेरा आँखाले अभिलाषा गरेको केही प्राप्‍त गर्न मैले आफैलाई इन्‍कार गरिनँ। कुनै सुख-विलास मेरो हृदयलाई मैले इन्‍कार गरिनँ। मेरा सारा कामहरूमा मेरो हृदय आनन्‍दित भयो, र योचाहिँ मेरा सबै परिश्रमको फल थियो।
11 तापनि मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्‍त गर्नलाई मैले परिश्रम गरेका सबै कुरा जब मैले निरीक्षण गरें, तब प्रत्‍येक कुरा व्‍यर्थ थियो। बतासलाई खेदेको जस्‍तो मात्र रहेछ। सूर्यमुनि केही उपलब्‍धि भएन।

१ थेसलोनिकी 4 : 4
4 पवित्रता र आदरसाथ आफ्‍नो निम्‍ति पत्‍नी लिनू, सो तिमीहरू प्रत्‍येकले जान,

२ पत्रुस 3 : 9
9 आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।

गलाती 5 : 19 – 21
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,
20 मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *