आधुनिक अगमवक्ताहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आधुनिक अगमवक्ताहरू

१ कोरिन्थी 14 : 1 – 40
1 प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ, र आत्‍मिक वरदानहरूका निम्‍ति उत्‍कट अभिलाषा राख, विशेष गरी अगमवाणी बोल्‍नका निम्‍ति।
2 किनकि अन्‍य भाषामा बोल्‍नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्‍दछ। उसले के भन्‍दैछ कसैले बुझ्‍दैन, पवित्र आत्‍मामा रहस्‍यका कुराहरू नै ऊ बोल्‍दछ।
3 तर अगमवाणी बोल्‍ने हरेकले मानिसहरूसँग नै बोल्‍दछ। तिनीहरूका आत्‍मिक वृद्धि, उत्‍साह र सान्‍त्‍वनाको निम्‍ति ऊ बोल्‍दछ।
4 अन्‍य भाषामा बोल्‍नेले आफ्‍नै आत्‍मिक वृद्धि गर्दछ। तर अगमवाणी बोल्‍नेले मण्‍डलीको आत्‍मिक वृद्धि गराउँछ।
5 तिमीहरू सबै अन्‍य भाषा बोल भन्‍ने म चाहन्‍छु, तर त्‍यसभन्‍दा अझ बढ़ी तिमीहरूले अगमवाणी बोलेका म चाहन्‍छु। मण्‍डलीको आत्‍मिक वृद्धिको निम्‍ति कसैले अर्थ खोलिदिएन भने, अन्‍य भाषामा बोल्‍नेभन्‍दा अगमवाणी बोल्‍ने श्रेष्‍ठ हो।
6 भाइ हो, यदि म तिमीहरूकहाँ अन्‍य भाषामा बोल्‍दैआएँ, तर तिमीहरूकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्‍याइनँ भने मबाट तिमीहरूलाई के फाइदा हुन्‍छ?
7 बाँसुरी वा वीणाजस्‍ता निर्जीव बाजाबाट स्‍पष्‍ट ध्‍वनि निस्‍केन भने, कसले भन्‍न सक्‍छ के बजिरहेछ?
8 यदि तुरहीले स्‍पष्‍ट ध्‍वनि दिएन भने युद्धको निम्‍ति को तयार हुने?
9 तिमीहरूसँग पनि यस्‍तै हुन्‍छ। यदि बुझ्‍नै नसकिने शब्‍द तिमीहरू आफ्‍नो जिब्रोले बोल्‍दछौ भने तिमीहरूले के भनिरहेछौ कसले बुझ्‍ने? तिमीहरू त हावामा बोलिरहेझैँ हुनेछौ।
10 संसारमा शायद धेरै किसिमका भाषाहरू छन्‌। ती कुनै पनि अर्थहीन छैनन्‌।
11 यदि बोलेको भाषाको अर्थ मैले बुझिनँ भनेता बोल्‍नेको निम्‍ति म विदेशी हुन्‍छु, र त्‍यो बोल्‍नेचाहिँ मेरो निम्‍ति विदेशी हुनेछ।
12 यसरी नै तिमीहरू पनि पवित्र आत्‍माका वरदानहरूका निम्‍ति उत्‍सुक भएका हुनाले मण्‍डलीका निर्माणको काममा श्रेष्‍ठता हासिल गर्ने प्रयत्‍न गर।
13 यसकारण अन्‍य भाषामा बोल्‍नेले त्‍यसको अर्थ खोल्‍ने शक्तिको निम्‍ति प्रार्थना गरोस्‌।
14 किनभने मैले अन्‍य भाषामा प्रार्थना गर्दा मेरो आत्‍माले प्रार्थना गर्दछ, तर मेरो दिमागचाहिँ निष्‍फल हुन्‍छ।
15 अब मैले के गर्ने त? म आत्‍माले प्रार्थना गर्नेछु, र दिमागले पनि प्रार्थना गर्नेछु। आत्‍माले स्‍तुति गर्नेछु, र म दिमागले पनि स्‍तुति गर्नेछु।
16 नत्रता तिमीले आत्‍मामा परमेश्‍वरको प्रशंसा गर्दा बुझ्‍न नसक्‍ने बाहिरको मानिसले तिम्रो धन्‍यवादको प्रार्थनापछि “आमेन” कसरी भन्‍ने? जब कि तिमीले के भनेको सो उसले बुझ्‍दैन।
17 तिमी त राम्ररी धन्‍यवाद दिन्‍छौ होला, तर त्‍यसले त्‍यो अर्को मानिसको केही आत्‍मिक वृद्धि गर्दैन।
18 म परमेश्‍वरलाई धन्‍यवाद चढ़ाउँछु, किनकि तिमीहरू सबैभन्‍दा बढ़ी म अन्‍य भाषामा बोल्‍दछु।
19 तापनि मण्‍डलीमा अन्‍य भाषामा दश हजार शब्‍द बोल्‍नुभन्‍दा त बरु आफ्‍नै दिमागले पाँच वटा शब्‍द अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्‍न चाहन्‍छु।
20 भाइ हो, सोच-विचारमा बालक नहोओ। खराबीको निम्‍ति बालक बन, तर सोच-विचारमा परिपक्‍व बन।
21 व्‍यवस्‍थामा लेखिएको छ, “अनौठो भाषा बोल्‍ने मानिसहरूबाट र विदेशीका ओठबाट यी मानिसहरूसँग म बोल्‍नेछु, र पनि तिनीहरूले मेरो कुरा सुन्‍नेछैनन्, परमप्रभु भन्‍नुहुन्‍छ।”
22 यसकारण अन्‍य भाषाहरू विश्‍वासीहरूका निम्‍ति होइन, तर अविश्‍वासीहरूका निम्‍ति चिन्‍ह हो। तर अगमवाणीचाहिँ अविश्‍वासीहरूका निम्‍ति होइन, तर विश्‍वासीहरूका निम्‍ति हो।
23 यदि जम्‍मै मण्‍डली भेला भएर हरेकले अन्‍य भाषामा बोल्‍यो भने, र विश्‍वास नगर्ने मानिसहरू र नबुझ्‍नेहरू त्‍यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्‍नेछैनन्‌ र?
24 तर सबैले अगमवाणी गरिरहेको बेला कोही अविश्‍वासी वा बाहिरको मानिस त्‍यहाँ पस्‍यो भने उसलाई सबैद्वारा आफ्‍नो पापको बोध हुनेछ, र सबैद्वारा ऊ जाँचिनेछ।
25 त्‍यसको हृदयका गुप्‍त कुराहरू प्रकट हुनेछन्, र घोप्‍टो परेर त्‍यसले परमेश्‍वरलाई पुज्‍नेछ, र त्‍यसले “परमेश्‍वर तिमीहरूका माझमा हुनुहुन्‍छ” भन्‍ने घोषणा गर्नेछ।
26 भाइ हो, अब हामी के भनौं त? तिमीहरू एकसाथ भेला हुँदा हरेकसँग भजन, वा शिक्षा, प्रकाश, अन्‍य भाषा वा अर्थ खोलाइ हुन्‍छ। यी सबै कुरा आत्‍मिक वृद्धिको निम्‍ति गरिऊन्‌।
27 कसैले अन्‍य भाषामा बोल्‍छ भने दुई जनाले मात्र अथवा बढ़ीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्‍यसको अर्थ खोलोस्‌।
28 तर अर्थ खोल्‍ने त्‍यहाँ कोही नभए बोल्‍ने मानिस मण्‍डलीको सभामा चूप रहोस्, र त्‍यो आफैसँग र परमेश्‍वरसँग बोलोस्‌।
29 अगमवाणी बोल्‍नेचाहिँ दुई अथवा तीन जना होऊन्, र अरूले तिनीहरूले बोलेको कुरा राम्ररी जाँच गरून्‌।
30 तर त्‍यहाँ बस्‍ने कुनै एक जनालाई प्रकाश आयो भने पहिलो वक्ताचाहिँ चूप रहोस्‌।
31 तिमीहरू सबैले पालैसँग अगमवाणी बोल्‍न सक्‍छौ, र यसरी नै सबैले सिक्‍न सक्‍छन्‌ अनि सबैले उत्‍साह पाउन सक्‍छन्‌।
32 अगमवक्ताहरूका आत्‍मा अगमवक्ताहरूकै अधीनमा हुन्‍छन्‌।
33 किनकि परमेश्‍वर गोलमालका परमेश्‍वर हुनुहुन्‍न, तर शान्‍तिका परमेश्‍वर हुनुहुन्‍छ। सन्‍तहरूका सबै मण्‍डलीमा भएको प्रथाअनुसार,
34 स्‍त्रीहरू मण्‍डलीको सभामा चूपचाप रहून्‌। तिनीहरूलाई बोल्‍ने अनुमति छैन, तर व्‍यवस्‍थाले भनेझैँ तिनीहरू अधीनमा रहून्‌।
35 केही कुराको बारेमा तिनीहरू सोध्‍न चाहन्‍छन्‌ भने घरमा आ-आफ्‍ना पतिलाई सोधून्‌। किनभने मण्‍डलीमा स्‍त्रीहरूले बोल्‍नु शर्मको कुरो हो।
36 के परमेश्‍वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो आएको हो?
37 कसैले आफूलाई अगमवक्ता अथवा आत्‍मिक मानिस सम्‍झन्‍छ भने, मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्‍ने त्‍यसले स्‍वीकार गरोस्‌।
38 तर कसैले यसको वास्‍ता गर्दैन भने, त्‍यसको पनि वास्‍ता गरिनेछैन।
39 यसकारण भाइ हो, अगमवाणी बोल्‍ने उत्‍कट इच्‍छा गर, र अन्‍य भाषामा बोल्‍नेहरूलाई मनाही नगर।
40 तर सबै काम शिष्‍टतापूर्वक र सुव्‍यवस्‍थित ढङ्गले हुनुपर्छ।

यर्मिया 23 : 32
32 साँच्‍चै नै झूटा सपनाहरू कहनेहरूका विरुद्धमा म छु,” परमप्रभु भन्‍नुहुन्‍छ। “मैले तिनीहरूलाई पठाइनँ न नियुक्त गरें, तापनि तिनीहरू ती सपना मेरा प्रजालाई कहेर तिनीहरूलाई असत्‍यद्वारा भ्रममा पार्दछन्‌। तिनीहरूले यी मानिसहरूलाई थोरै मात्रामा पनि लाभ पुर्‍याउँदैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

आमोस 3 : 7
7 निश्‍चय नै परमप्रभु परमेश्‍वरले आफ्‍ना दास, अगमवक्ताहरूलाई आफ्‍नो रहस्‍य प्रकट नगरीकन केही गर्नुहुन्‍न।

१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

प्रेरित 2 : 17
17 ‘आखिरी दिनहरूमा यस्‍तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्‍छ, म सबै मानिसहरूमाथि मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्‍नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्‍वप्‍नदर्शी हुनेछन्‌।

प्रेरित 13 : 1
1 एन्‍टिओखियाको मण्‍डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात्‌ बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, प्रान्‍तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए।

यूहन्‍ना 15 : 20
20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर घरको मालिकभन्‍दा ठूलो हुँदैन।’ तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनेछन्‌। तिनीहरूले मेरो वचन पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछन्‌।

एफिसी 4 : 11
11 अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्,

मत्ती 7 : 15
15 “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्‍दा ब्‍वाँसाहरूजस्‍ता हुन्‍छन्‌।

व्यवस्था 18 : 20 – 22
20 तर मैले आज्ञा नै नगरेको वचन मेरो नाउँमा बोल्‍ने वा अन्‍य देवताको नाउँमा बोल्‍ने अगमवक्ता मारिनुपर्छ।”
21 तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्‍ने?”
22 कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्‍य ठहरेन भने, त्‍यो परमप्रभुले भन्‍नुभएको वचन होइन। सो त्‍यही अगमवक्ताको मनगढ़न्‍त कुरा हो। तिमीहरू त्‍यसदेखि नडराउनू।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *