यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आदम र हव्वाका कति सन्तान थिए
उत्पत्ति 5 : 4
4 शेतको जन्म भएपछि आदम आठ सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
उत्पत्ति 5 : 1 – 32
1 आदमको लिखित वंश-विवरण यही हो। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले उनलाई आफ्नै स्वरूपमा बनाउनुभयो।
2 उहाँले तिनीहरूलाई नर र नारी गरी सृष्टि गर्नुभयो। तिनीहरूको सृष्टि भएको दिन उहाँले तिनीहरूलाई आशिष् दिनुभयो र “मानिस” नाउँ दिनुभयो।
3 आदमको उमेर एक सय तीस वर्षको हुँदा उनको आफ्नै प्रतिरूपमा एउटा छोरो जन्म्यो। उनले त्यसको नाउँ शेत राखे।
4 शेतको जन्म भएपछि आदम आठ सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
5 आदमको जम्मा उमेर नौ सय तीस वर्ष भएको थियो। अनि तिनी मरे।
6 शेतको उमेर एक सय पाँच वर्षको हुँदा उनको छोरो एनोश जन्म्यो।
7 एनोश जन्मेपछि शेत आठ सय सात वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे।
8 शेतको जम्मा उमेर नौ सय बाह्र वर्ष भएको थियो। अनि उनी मरे।
9 एनोशको उमेर नब्बे वर्षको हुँदा उनको छोरो केनान जन्म्यो।
10 केनान जन्मेपछि एनोश आठ सय पन्ध्र वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे।
11 एनोशको जम्मा उमेर नौ सय पाँच वर्ष भएको थियो। अनि उनी मरे।
12 केनानको उमेर सत्तरी वर्षको हुँदा उनको छोरो महलालेल जन्म्यो।
13 महलालेल जन्मेपछि केनान आठ सय चालीस वर्षसम्म बाँचे। अनि उनका अरू छोराछोरीहरू जन्मे।
14 केनानको जम्मा उमेर नौ सय दश वर्ष भएको थियो। अनि उनी मरे।
15 महलालेलको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो येरेद जन्म्यो।
16 येरेद जन्मेपछि महलालेल आठ सय तीस वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे।
17 महलालेलको जम्मा उमेर आठ सय पञ्चानब्बे वर्ष भएको थियो। अनि उनी मरे।
18 येरेदको उमेर एक सय बयसट्ठी वर्षको हुँदा उनको छोरो हनोक जन्म्यो।
19 हनोक जन्मेपछि येरेद आठ सय वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे।
20 येरेदको जम्मा उमेर नौ सय बयसट्ठी वर्ष भएको थियो। अनि उनी मरे।
21 हनोकको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो मतूशेलह जन्म्यो।
22 मतूशेलह जन्मेपछि हनोक तीन सय वर्षसम्म परमेश्वरको साथसाथ हिँड्दैरहे। उनका अरू छोराछोरीहरू जन्मे।
23 हनोकको जम्मा उमेर तीन सय पैँसट्ठी वर्ष भएको थियो।
24 हनोक परमेश्वरको साथसाथ हिँड्थे। अनि उनी अलप भए, किनभने परमेश्वरले उनलाई उठाइलानुभयो।
25 मतूशेलहको उमेर एक सय सतासी वर्षको हुँदा उनको छोरो लेमेक जन्म्यो।
26 लेमेक जन्मेपछि मतूशेलह सात सय बयासी वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे।
27 मतूशेलहको जम्मा उमेर नौ सय उनन्सत्तरी वर्ष भएको थियो। अनि उनी मरे।
28 लेमेकको उमेर एक सय बयासी वर्षको हुँदा उनको एउटा छोरो जन्म्यो।
29 उनले यसो भनेर उसको नाउँ नोआ राखे, “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्ति दिनेछ।”
30 नोआ जन्मेपछि लेमेक पाँच सय पञ्चानब्बे वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे।
31 लेमेकको जम्मा उमेर सात सय सतहत्तर वर्ष भएको थियो। अनि उनी मरे।
32 नोआ पाँच सय वर्षका हुँदा उनको छोराहरू शेम, हाम र येपेत जन्मे।
उत्पत्ति 4 : 1 – 26
1 आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्माएँ।”
2 फेरि तिनले कयिनको भाइ हाबिललाई जन्माइन्। हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए।
3 केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्जनीबाट केही ल्याए।
4 तर हाबिलले आफ्ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो,
5 तर कयिन र उनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्यादै रिसाए, र उनको मुख अँध्यारो भयो।
6 तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ?
7 यदि तैंले जे ठीक छ त्यो गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र? तर यदि तैंले ठीक काम गरिनस् भनेता पाप तेरो ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नैपर्छ।”
8 कयिनले आफ्ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।” अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे।
9 तब परमप्रभुले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?”
10 परमप्रभुले भन्नुभयो, “यो तैंले के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ।
11 तँ अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्नो मुख उघार्यो।
12 तैंले भूमिको खेती गर्दा अब उप्रान्त त्यसले तँलाई आफ्नो उब्जनी दिनेछैन। तँ पृथ्वीमा एक विनाचैनको डुलुवा हुनेछस्।”
13 कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्ने कड़ा दण्ड मलाई भयो।
14 हेर्नुहोस्, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्छ, र तपाईंको उपस्थितिबाट मैले लुक्नुपर्नेछ। म पृथ्वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।”
15 तर परमप्रभुले तिनलाई भन्नुभयो, “त्यसो होइन, जसले कयिनलाई मार्छ त्यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस् भनी परमप्रभुले तिनीमाथि एउटा चिन्ह लगाइदिनुभयो।
16 तब कयिन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद [1] भन्ने देशमा बस्न लागे।
17 आफ्नी पत्नीसित कयिनको सहवास भयो, र गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कयिनले एउटा सहर बनाएर आफ्नो छोराकै नाउँमा त्यस सहरको नाउँ पनि हनोक राखे।
18 हनोकबाट ईरादको जन्म भयो। ईरादबाट महूयाएलको जन्म भयो। महूयाएलबाट मतूशाएलको जन्म भयो। मतूशाएलबाट लेमेखको जन्म भयो।
19 लेमेखले दुई जना पत्नी ल्याए। एउटीको नाउँ आदा र अर्कीको सिल्ला थियो।
20 आदाले याबाललाई जन्माइन्। उनी पालमा बस्नेहरू र पशु पाल्नेहरूका पुर्खा थिए।
21 उनका भाइको नाउँ यूबाल हो। उनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए।
22 सिल्लाले तूबल-कयिनलाई जन्माइन्। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्।
23 लेमेखले आफ्ना पत्नीहरूलाई भने, “ए आदा र सिल्ला, मेरा कुरा सुन, ए लेमेखका पत्नी हो, मैले भनेका कुरामा ध्यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई।
24 यदि कयिनको बदला सात गुणा लिइन्छ भने, लेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।”
25 फेरि आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनले एक जना छोरा जन्माइन् र तिनको नाउँ यसो भनेर शेत राखिन्, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्वरले एक जना अर्को बालक मलाई दिनुभयो।”
26 शेतको पनि एक जना छोरो भयो, र उनको नाउँ एनोश राखियो। त्यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे।
उत्पत्ति 4 : 1
1 आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्माएँ।”
Leave a Reply