यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्म हत्या
मर्कूस 10 : 19
19 तिमी आज्ञाहरू त जान्दछौ, अर्थात् हत्या नगर्नू, व्यभिचार नगर्नू, नर्चोनू, झूटा गवाही नदिनू, नठग्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू।”
रोमी 12 : 19
19 प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
गलाती 5 : 19 – 21
19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
20 मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
यूहन्ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।
Leave a Reply