यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्म विकृति
१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।
लेवीहरू 19 : 28
28 “‘मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।
१ पत्रुस 5 : 7
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
२ तिमोथी 1 : 7
7 किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।
व्यवस्था 14 : 1
1 तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्तान हौ। मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा घाउ नपार्नू, शिरको अगाड़िको भाग नखौरनू।
हितोपदेश 8 : 36
36 तर जसले मलाई भेट्टाउन चुक्छ, त्यसले आफैलाई नोक्सानी गर्छ। मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्छ।
भजनसंग्रह 34 : 18 – 19
18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ।
हिब्रू 4 : 15 – 16
15 किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो।
16 यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं।
१ पत्रुस 5 : 6 – 7
6 यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ।
रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
१ यूहन्ना 1 : 9
9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
फिलिप्पी 3 : 2
2 कुकुरहरूदेखि होशियार बस, खराब काम गर्नेहरूदेखि होशियार बस, अङ्ग-कटाइ गर्नेहरूदेखि होशियार बस।
भजनसंग्रह 55 : 22
22 तिम्रा चिन्ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले धर्मीलाई कहिल्यै डग्न दिनुहुनेछैन।
१ राजाहरू 18 : 24 – 29
24 तब तिमीहरू आफ्नो देवता पुकार, र म परमप्रभुको नाउँ पुकार्नेछु। त्यो देवता जसले आगोद्वारा जवाफ दिनुहुन्छ, त्यही नै परमेश्वर हुनुहुन्छ।” तब सबै मानिसहरूले भने, “तपाईंले भन्नुभएको कुरा असल हो।”
25 एलियाले बालका अगमवक्ताहरूलाई भने, “एउटा साँढ़े छान, र त्यसलाई पहिले तयार गर, किनभने तिमीहरू यति धेरै छौ। आफ्नो देवताको नाउँ पुकार, तर आगोचाहिँ नलगाओ।”
26 यसैले आफूहरूलाई दिएको साँढ़े उनीहरूले लिएर तयार गरे। तब बालको नाउँ लिएर उनीहरूले बिहानदेखि मध्यान्हसम्म यसो भनेर पुकारे, “हे बाल, हामीलाई जवाफ दिनुहोस्।” तर केही प्रत्युत्तर आएन। अनि आफूहरूले बनाएको वेदीको वरिपरि उनीहरू खूब उफ्रँदै नाचे।
27 मध्यदिनमा एलियाले यसो भनेर उनीहरूलाई ठट्टा गर्न लागे, “अझ जोडसित कराओ। निश्चय नै त्यो त देवता हो! शायद ऊ घोर ध्यानमा मग्न होला, अथवा काममा व्यस्त होला वा यात्रामा गएको होला। शायद ऊ सुतिरहेको होला र उठाउनुपर्छ।”
28 यसैले उनीहरू अझै जोडसित कराए, र उनीहरूको दस्तूरअनुसार तरवार र भालाले रगत नबगुञ्जेल आफैलाई चोट पारे।
29 मध्यदिन बित्यो, र साँझको बलिदान चढ़ाउने बेलासम्म उनीहरूले बरबराउँदै अगमवाणी कहँदैरहे। तर कुनै प्रत्युत्तर आएन, कसैले जवाफ दिएन, न कसैले ध्यान नै दिए।
भजनसंग्रह 109 : 2 – 5
2 किनकि दुष्ट र कपटपूर्ण मानिसहरूले मेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्, तिनीहरूले मेरो विषयमा झूटो बोल्ने जिब्राले बोलेका छन्।
3 घृणास्पद शब्दले तिनीहरूले मलाई घेरेका छन्, अनि विनाकारण तिनीहरू ममाथि आक्रमण गर्छन्।
4 मेरो मित्रताको साटो तिनीहरू मलाई दोष दिन्छन्, तर म त प्रार्थना गर्ने मानिस हुँ।
5 तिनीहरूले मेरो भलाइको साटो खराबी गर्छन्, र मेरो मित्रताको साटो घृणा।
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
Leave a Reply