यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्म-उच्चारण
अय्यूब 12 : 3
3 तर तपाईंहरूको जस्तो मेरो पनि मन छ, केही कुरामा पनि म तपाईंहरूभन्दा कम छैनँ। यस्ता कुरा कसले जान्दैन र?
इजकिएल 31 : 14
14 यसकारण फेरि कहिल्यै पानीको छेउमा उम्रेका कुनै पनि रूखहरू यति अल्गा घमण्डसाथ बढ्नेछैनन्। बाक्ला हाँगाबिँगाका बीचबाट छिचलेर तिनीहरूका टुप्पाहरू बढ़ेर माथि निस्कनेछैनन्। प्रशस्त पानी पाएका अरू कुनै रूखहरू यति अल्गो उचाइसम्म पुग्न पाउनेछैनन्? तिनीहरू सबै मृत्युकै लागि, तल पृथ्वीको लागि नियुक्त गरिएका छन्। मरणशील मानिसहरूजस्तै, तिनीहरू मृत-लोकमा जानेहरूसित जानेछन्।
ओबदिया 1 : 4
4 तर गरुडहरूजस्तै तँ माथि उड़े पनि र ताराहरूका बीचमा तेरो गुँड़ बनाए तापनि त्यहाँबाट म तँलाई तल खसाल्नेछु” परमप्रभु घोषणा गर्नुहुन्छ।
लूका 14 : 11
11 किनकि हरेक जसले आफूलाई उच्च तुल्याउँछ, त्यो होच्याइनेछ, र आफूलाई होच्याउनेचाहिँ उच्च पारिनेछ।”
२ कोरिन्थी 10 : 5
5 परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।
२ कोरिन्थी 10 : 18
18 किनकि आफ्नो तारीफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, तर प्रभुले तारीफ गर्नुहुने मानिसचाहिँ स्वीकार गरिनेछ।
गलाती 6 : 3
3 किनकि कुनै मूल्य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्छ भने त्यसले आफैलाई धोका दिन्छ।
प्रस्थान 9 : 17
17 अझै पनि मेरो प्रजालाई जान नदिएर तँ आफै खूब ठूलो बन्छस्।
गन्ती 16 : 3
3 उनीहरू मोशा र हारूनका विरुद्धमा जम्मा भई तिनीहरूलाई भने, “तपाईंहरूले अति गर्नुभयो! समुदायका सबै जना पवित्र छन्, र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्छ। तपाईंहरू किन आफूलाई सबैभन्दा उच्च तुल्याउनुहुन्छ?”
२ इतिहास 32 : 19
19 मानिसका हातले बनाएका पृथ्वीका अरू मानिसहरूका देवताहरूलाई गरेझैँ उनीहरूले यरूशलेमका परमेश्वरलाई निन्दा गरे।
इजकिएल 28 : 2
2 “हे मानिसको छोरो, टुरोसको शासकलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “तेरो हृदयको घमण्डमा तँ भन्छस्, ‘म एउटा देवता हुँ। म समुद्रको बीचमा एउटा देवताको सिंहासनमा बस्तछु!’ तर तँ त एक जना मानिस मात्र होस्, देवता होइनस्, यद्यपि तैंले आफैलाई एक देवता जत्तिकै बुद्धिमान् सम्झन्छस्।
इजकिएल 28 : 9
9 तब तँलाई मार्नेहरूका सामुन्ने के तँ अझै पनि “म देवता हुँ” भन्नेछस् र? तँलाई मार्नेहरूका हातमा तँ मानिस मात्र हुनेछस्, एक देवता होइन।
दानिएल 4 : 30
30 उनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्नो कीर्तिका महिमाको लागि मेरो ठूलो शक्तिद्वारा आफ्नो राजकीय निवासस्थान बनाएको छु?”
दानिएल 5 : 20
20 तर जब उनको हृदय घमण्डले हठी र कठोर भयो, उनलाई राजगद्दीबाट हटाइयो र उनको महिमा उनीबाट खोसियो।
दानिएल 5 : 23
23 बरु स्वर्गका परमप्रभुको विरुद्धमा आफैलाई खड़ा गर्नुभएको छ। हजूरले उहाँको मन्दिरबाट भाँड़ाहरू हजूरकहाँ ल्याउन लगाउनुभयो, र हजूर र हजूरका भारदारहरू, हजूरका श्रीमतीहरू र रखौटीहरूले तीबाट दाखमद्य पिउनुभयो। हजूरले चाँदी र सुनका, काँसाका, फलामका, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभयो, जो न देख्छन् न सुन्छन् न बुझ्छन्। तर हजूरले यी परमेश्वरको आदर गर्नुभएन, जसको हातमा हजूरको जीवन र हजूरका मार्गहरू छन्।
प्रेरित 8 : 9
9 सिमोन नाउँ भएको एक जना मानिस त्यहाँ थियो। त्यसले अगाडिदेखि नै त्यस सहरमा जादूगरी गरेर सामरियाका मानिसहरूलाई आश्चर्यचकित पारेको थियो, र आफूलाई मै हुँ भनी ठान्दथियो।
Leave a Reply