यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्मा संसार
एफिसी 6 : 12
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।
कलस्सी 1 : 16
16 किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्।
१ कोरिन्थी 15 : 24
24 तब अन्त्य आउनेछ, जब उहाँले हरेक शासन, हरेक अख्तियार र शक्ति नष्ट पारेर परमेश्वर, अर्थात् पितालाई राज्य सुम्पिदिनुहुनेछ।
प्रकाश 20 : 1 – 15
1 त्यसपछि अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो हातमा लिएका एउटा स्वर्गदूत स्वर्गबाट ओर्लेर आएका मैले देखें।
2 तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रे, अनि एक हजार वर्षका निम्ति बाँधेर राखे।
3 तिनले त्यसलाई अतल कुण्डमा फालिदिए, र त्यो कुण्ड बन्द गरी मोहोर लगाइदिए, ताकि एक हजार वर्ष अन्त्य नभएसम्म जाति-जातिहरूलाई त्यसले बहकाउन नपाओस्। त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्का गरिनुपर्छ।
4 तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखें, जसलाई इन्साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरू, र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्टसँग एक हजार वर्षसम्म राज्य गरे।
5 अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्जेल जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो।
6 पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्।
7 एक हजार वर्ष बितेपछि शैतान त्यसको कैदबाट छोडिनेछ,
8 र पृथ्वीका चारै दिशामा भएका देश-देशका मानिसहरूलाई बहकाउन, अर्थात् गोग र मागोगलाई लड़ाइँको निम्ति भेला गर्न निस्केर आउनेछ। तिनका संख्या समुद्रका बालुवा जत्तिकै हुनेछ।
9 तिनीहरूले सारा पृथ्वीभरि गएर सन्तहरूका छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो।
10 तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन्।
11 तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए, र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन।
12 मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो।
13 समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आ-आफ्ना कामअनुसार इन्साफ भयो।
14 मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो।
15 जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि-कुण्डमा फालियो।
रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
हिब्रू 9 : 27
27 जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ,
१ पत्रुस 3 : 22
22 उहाँ स्वर्गमा जानुभयो र स्वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ।
यूहन्ना 4 : 24
24 परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।”
कलस्सी 3 : 17
17 कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।
एफिसी 1 : 21
21 सबै शासन, र अधिकार, र शक्ति र राज्यमाथि, र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाउँ छन्, ती सबैमाथि उहाँलाई राख्नुभयो,
२ पत्रुस 2 : 10
10 विशेष गरी तिनीहरूलाई, जो अशुद्ध पार्ने कामवासनामा डुबिरहन्छन्, र अधिकारको अवहेलना गर्छन्। यिनीहरू हठी र अहङ्कारी हुन्छन्, र स्वर्गीय प्राणीहरूको निन्दा गर्न डर मान्दैनन्।
Leave a Reply