आत्मामा हिंड्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्मामा हिंड्दै

गलाती 5 : 16 – 25
16 तर म भन्‍दछु, पवित्र आत्‍माद्वारा हिँड़, र पापमय स्‍वभावका लालसा पूरा नगर।
17 किनकि पापमय स्‍वभावका लालसा पवित्र आत्‍माको विरुद्ध हुन्‍छन्, अनि पवित्र आत्‍माको इच्‍छा पापमय स्‍वभावको विरुद्ध। तिमी जे गर्न चाहन्‍छौ त्‍यसबाट तिमीहरूलाई रोक्‍नका निम्‍ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्‍छन्‌।
18 तर यदि तिमीहरू पवित्र आत्‍माद्वारा डोर्‍याइएका हौ भनेता तिमीहरू व्‍यवस्‍थाको अधीनमा हुँदैनौ।
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,
20 मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,
23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।
24 तर तिनीहरू, जो ख्रीष्‍ट येशूका हुन्, तिनीहरूले पापमय स्‍वभावलाई त्‍यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्‌।
25 हामी पवित्र आत्‍माद्वारा जिउँछौं भने आत्‍माकै अनुसार हिँड़ौं।

एफिसी 5 : 8
8 किनकि एक पल्‍ट तिमीहरू अन्‍धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्‍यालो भयौ। ज्‍योतिका सन्‍तानझैँ हिँड्‌डुल गर,

२ कोरिन्थी 5 : 7
7 किनकि हामी विश्‍वासद्वारा हिँड्‌छौं, देखिने कुराको आधारमा होइन।

गलाती 5 : 16
16 तर म भन्‍दछु, पवित्र आत्‍माद्वारा हिँड़, र पापमय स्‍वभावका लालसा पूरा नगर।

गलाती 5 : 22 – 24
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,
23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।
24 तर तिनीहरू, जो ख्रीष्‍ट येशूका हुन्, तिनीहरूले पापमय स्‍वभावलाई त्‍यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्‌।

एफिसी 5 : 2
2 तिमीहरू प्रेममा चल, जसरी ख्रीष्‍टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्‍वरको निम्‍ति सुगन्‍धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्‍ति अर्पण गर्नुभयो।

भजनसंग्रह 119 : 105
105 तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो।

१ यूहन्‍ना 2 : 6
6 उहाँमा रहन्‍छु भन्‍ने व्‍यक्ति आफै पनि उहाँको चालअनुसार चल्‍नुपर्छ।

कलस्सी 3 : 16
16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ।

एफिसी 5 : 15 – 16
15 यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर— निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो।
16 समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।

२ कोरिन्थी 5 : 1 – 10
1 किनभने हामी जान्‍दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्‍वर्गमा अनन्‍तसम्‍म रहने परमेश्‍वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन।
2 यहाँ वास्‍तवमा हामी व्‍याकुल बन्‍छौं, र स्‍वर्गीय डेरा धारण गर्ने उत्‍कट इच्‍छा गर्छौं,
3 किनभने त्‍यो धारण गरेर हामी नाङ्गा हुनेछैनौं।
4 किनकि यस डेरामा हुँदा चिन्‍ताले हामी सुस्‍केरा हाल्‍छौं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्‍त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्‍यो जीवनमा समावेश होस्‌।
5 अब हामीलाई यस कुराको निम्‍ति तयार पारिदिने परमेश्‍वर नै हुनुहुन्‍छ, जसले हामीलाई बैनाको रूपमा पवित्र आत्‍मा दिनुभएको छ।
6 यसकारण हामीलाई सम्‍पूर्ण भरोसा छ। हामी जान्‍दछौं, कि हामी जबसम्‍म शरीरमा रहन्‍छौं, तबसम्‍म प्रभुबाट अलग हुन्‍छौं।
7 किनकि हामी विश्‍वासद्वारा हिँड्‌छौं, देखिने कुराको आधारमा होइन।
8 हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्‍छौं।
9 यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्‍न तुल्‍याउनु नै हाम्रो लक्ष्य हुन्‍छ।
10 किनकि हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।

गलाती 5 : 1 – 26
1 स्‍वतन्‍त्रताको निम्‍ति ख्रीष्‍टले हामीलाई स्‍वतन्‍त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्‍वको जुवामुनि नपर।
2 म पावलले नै तिमीहरूलाई भन्‍दछु, तिमीहरूले खतना लियौ भने ख्रीष्‍टबाट तिमीलाई कुनै फाइदा हुनेछैन।
3 खतना हुने प्रत्‍येकलाई म फेरि चेताउनी दिन्‍छु, कि सम्‍पूर्ण व्‍यवस्‍था पालन गर्न त्‍यो बाध्‍य हुन्‍छ।
4 तिमीहरू जो व्‍यवस्‍थाद्वारा धर्मी ठहरिन चाहन्‍छौ, तिमीहरू ख्रीष्‍टबाट अलग्‍ग भएका छौ। तिमीहरू अनुग्रहबाट तल खसेका छौ।
5 किनकि हामी पवित्र आत्‍माद्वारा विश्‍वासबाट धार्मिकताका आशाको प्रतीक्षा गर्छौं।
6 ख्रीष्‍ट येशूमा न त खतना केही मूल्‍यको न बेखतना केही मूल्‍यको हुन्‍छ। तर एउटै कुराको मात्र मूल्‍य छ, अनि त्‍यो हो— प्रेमद्वारा काम गर्ने विश्‍वास।
7 तिमीहरू राम्रै दौडिरहेका थियौ। कसले तिमीहरूलाई सत्‍यता पालन गर्नमा बाधा दियो?
8 तिमीहरूलाई बोलाउनुहुनेबाट यो फकाउने-फुस्‍लाउने काम भएको होइन।
9 थोरै खमिरले जम्‍मै ढिकालाई खमिरा बनाउँछ।
10 म प्रभुमा भरोसा राख्‍दछु, कि तिमीहरूले मेरो बाहेक अर्को विचार अपनाउनेछैनौ। तिमीहरूलाई पिरोल्‍ने जोसुकै भए पनि त्‍यसले दण्‍ड भोग्‍नेछ।
11 तर भाइ हो, यदि म अझै खतनाको प्रचार गर्दछु भने ममाथि यी सब सतावट किन आएका? त्‍यसो हो भनेता क्रूसबाट आउने बाधा गएको छ।
12 तिमीहरूलाई विचलित पार्नेहरूले त बरु आफ्‍नो अङ्ग नै काटे पनि हुने।
13 भाइ हो, तिमीहरू त स्‍वतन्‍त्रताको निम्‍ति बोलाइएका हौ। केवल त्‍यस स्‍वतन्‍त्रतालाई पापमय स्‍वभावको निम्‍ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।
14 किनभने समस्‍त व्‍यवस्‍था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्‌।”
15 तर तिमीहरू एउटाले अर्कोलाई टोक्‍ने र निल्‍ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्‌।
16 तर म भन्‍दछु, पवित्र आत्‍माद्वारा हिँड़, र पापमय स्‍वभावका लालसा पूरा नगर।
17 किनकि पापमय स्‍वभावका लालसा पवित्र आत्‍माको विरुद्ध हुन्‍छन्, अनि पवित्र आत्‍माको इच्‍छा पापमय स्‍वभावको विरुद्ध। तिमी जे गर्न चाहन्‍छौ त्‍यसबाट तिमीहरूलाई रोक्‍नका निम्‍ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्‍छन्‌।
18 तर यदि तिमीहरू पवित्र आत्‍माद्वारा डोर्‍याइएका हौ भनेता तिमीहरू व्‍यवस्‍थाको अधीनमा हुँदैनौ।
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,
20 मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,
23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।
24 तर तिनीहरू, जो ख्रीष्‍ट येशूका हुन्, तिनीहरूले पापमय स्‍वभावलाई त्‍यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्‌।
25 हामी पवित्र आत्‍माद्वारा जिउँछौं भने आत्‍माकै अनुसार हिँड़ौं।
26 हामी अहङ्कारी नहोऔं, एउटाले अर्कोलाई रीस नउठाऔं, र एउटाले अर्कोलाई ईर्ष्‍या नगरौं।

मत्ती 4 : 4
4 तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले जीवित रहँदछ’।”

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

१ यूहन्‍ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।

मीका 6 : 8
8 ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।

एफिसी 2 : 10
10 किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।

याकूब 3 : 1 – 18
1 भाइ हो, तिमीहरूमध्‍ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्‍दछौ, हामी शिक्षा दिनेहरूको न्‍याय अझ कठोर रूपले हुनेछ।
2 किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्‍ने कुरामा भूल गर्दैन, त्‍यसले आफ्‍ना सारा शरीरमा पनि लगाम लगाउन सक्‍छ, र त्‍यो सिद्ध मानिस हुन्‍छ।
3 यदि घोडाहरूलाई वशमा राख्‍नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्‍यो त्‍यतै लान सक्‍छौं।
4 हेर त, जहाजहरू जो तेज हावाले चल्‍दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्‍नो इच्‍छाअनुसार जता मन पर्‍यो त्‍यतै लान्‍छ।
5 त्‍यस्‍तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्‍काले ठूलो वन पनि स्‍वाहा पार्दछ।
6 जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्‍ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्‍काइदिन्‍छ र नरकको आगोमा त्‍यो जल्‍छ!
7 हरेक किसिमका पशुपक्षी, घस्रने जन्‍तु र समुद्रका जीवजन्‍तुलाई तह लगाउन सकिन्‍छ, र मानिस जातिबाट नै तह लगाइएको छ।
8 तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्‍दैन। घातक विषले भरिएको यो चञ्‍चल दुष्‍ट हो।
9 यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्‍वरको स्‍वरूपमा बनेका मानिसहरूलाई हामी सराप्‍तछौं।
10 एउटै मुखबाट आशीर्वाद र सराप निस्‍कन्‍छन्‌। मेरा भाइ हो, यसो नहुनुपर्ने हो।
11 के पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्‍कन्‍छ र?
12 मेरा भाइ हो, के अञ्‍जीरको बोटमा जैतून अथवा दाखको बोटमा अञ्‍जीर फल्‍न सक्‍छ र? तीतो पानीको मूलबाट पनि मीठो पानी निस्‍कन सक्‍दैन।
13 तिमीहरूमध्‍ये बुद्धिमान्‌ र ज्ञानी को छ? आफ्‍नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्‍यसले आफ्‍ना कामहरू देखाओस्‌।
14 तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्‍या र स्‍वार्थी अभिलाषा छन्‌ भने यी कुरामा अभिमान नगर, र सत्‍यतालाई झूटा नबनाओ।
15 यो बुद्धि स्‍वर्गबाट आउने बुद्धि होइन। तर यो त सांसारिक, अनात्‍मिक र शैतानिक हो।
16 किनकि जहाँ डाह र स्‍वार्थपूर्ण अभिलाषा हुन्‍छ, त्‍यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्‍ट काम हुन्‍छ।
17 तर जुन बुद्धि स्‍वर्गबाट आउँछ त्‍यो पहिले शुद्ध हुन्‍छ, तब त्‍यो शान्‍तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्‍छ।
18 शान्‍ति कायम राख्‍नेहरूले शान्‍तिमा छर्छन्, र तिनीहरूले धार्मिकताको फसल बटुल्‍छन्‌।

३ यूहन्‍ना 1 : 3 – 4
3 कति जना भाइहरू आएर तिम्रो जीवनका सत्‍यताको गवाही दिँदा म साह्रै आनन्‍दित भएँ। तिमी साँच्‍ची नै सत्‍यताको अनुसरण गर्दछौ।
4 मेरा छोरा-छोरीहरू सत्‍यको अनुसरण गर्छन्‌ भन्‍ने कुरा सुन्‍न पाउनुभन्‍दा अरू बढ़ी आनन्‍दको कुरा मेरो लागि के हुन सक्‍छ र?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *