आत्मरक्षा मा हत्या

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्मरक्षा मा हत्या

प्रस्‍थान 22 : 2 – 3
2 “यदि चोर घर फोर्दैगरेको फेला पर्‍यो भने र त्‍यसलाई पिट्‌दा त्‍यो मर्‍यो भने, त्‍यसको हत्‍याको दोष पिट्‌नेलाई लाग्‍नेछैन।
3 तर घाम झुल्‍किसकेको भए, त्‍यो दोषी हुनेछ। चोरले नोक्‍सानी भरिदिनुपर्छ। तर त्‍यससँग केही छैन भने, चोरीको निम्‍ति त्‍यो बेचिओस्‌।”

रोमी 12 : 19
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

मत्ती 5 : 38 – 39
38 “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’
39 तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ।

रोमी 13 : 1 – 14
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।
3 किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।
5 यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।
9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो।
11 यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।
12 रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं।
13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।
14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र पापमय स्‍वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्‍यान नदेओ।

प्रस्‍थान 22 : 1 – 31
1 यदि कसैले गोरु अथवा भेड़ा चोरेर त्‍यसलाई मार्‍यो कि बेच्‍यो भने, त्‍यसले गोरुको सट्टा पाँच वटा गोरु र भेड़ाको सट्टा चार वटा भेड़ा देओस्‌।
2 “यदि चोर घर फोर्दैगरेको फेला पर्‍यो भने र त्‍यसलाई पिट्‌दा त्‍यो मर्‍यो भने, त्‍यसको हत्‍याको दोष पिट्‌नेलाई लाग्‍नेछैन।
3 तर घाम झुल्‍किसकेको भए, त्‍यो दोषी हुनेछ। चोरले नोक्‍सानी भरिदिनुपर्छ। तर त्‍यससँग केही छैन भने, चोरीको निम्‍ति त्‍यो बेचिओस्‌।”
4 “यदि चोरीको माल त्‍यससँग जीवित पाइयो भने— त्‍यो गोरु अथवा गधा वा भेड़ा जे भए पनि— त्‍यसको निम्‍ति दुई गुणा तिर्नुपर्छ।”
5 “कसैले आफ्‍नो पशुलाई चराउँदा छोड़िदियो र त्‍यो अर्काको खेत अथवा दाखबारीमा चरेर खायो भने, त्‍यसले आफ्‍नो खेत र दाखबारीको सबैभन्‍दा असल उब्‍जनी त्‍यसको सट्टा देओस्‌।”
6 “यदि झाड़ीमा आगलागी भएर अन्‍नको बिटा अथवा मकैका बोटहरू कि पूरा खेत नै भस्‍म गर्‍यो भने, त्‍यो आगो लगाउनेले क्षतिपूर्ति गरिदिनैपर्छ।”
7 “कसैले आफ्‍नो छिमेकीलाई रुपियाँ अथवा सामान राख्‍नलाई दियो, र त्‍यो त्‍यस मानिसको घरबाट चोरियो र चोर पक्राउ पर्‍यो भने, त्‍यस चोरले दोबर तिरोस्‌।
8 तर चोरचाहिँ पक्राउ परेन भने, त्‍यस घरको मालिकले आफ्‍नो छिमेकीको सामानमा हात हालेको छ कि छैन सो थाहा पाउनलाई न्‍यायकर्ताहरूकहाँ त्‍यो आओस्‌।
9 जुनसुकै विषयको अपराध होस्, चाहे गोरु अथवा गधा, वा भेड़ा, लुगाफाटा कि कुनै हराएको वस्‍तु देखाएर कसैले त्‍यो मेरो हो भन्‍यो भने, दुवै जना न्‍यायकर्ताहरूका अगि आऊन्‌। न्‍यायकर्ताले जसलाई दोषी ठहराउनेछ, त्‍यसले नै आफ्‍नो छिमेकीलाई दोबर देओस्‌।”
10 “यदि कुनै मानिसले आफ्‍नो छिमेकीलाई गधा अथवा गोरु वा भेड़ा वा अरू कुनै पशु राख्‍न दियो, र त्‍यो कसैले नदेखीकन मर्‍यो अथवा त्‍यसलाई चोट लाग्‍यो वा त्‍यो खेदेर भगाइयो भने,
11 ती दुवैका बीचको झगड़ा आफ्‍नो छिमेकीको सम्‍पत्तिमा हात लगाएको होइन भनेर परमप्रभुको अगि शपथ खाएर मिलाइओस्‌। तब त्‍यसको मालिकले त्‍यो कुरा स्‍वीकार गरोस्, र त्‍यसले क्षतिपूर्ति गर्नुपर्नेछैन।
12 तर त्‍यो छिमेकीबाट चोरिएको हो भनेता, त्‍यसको मालिकलाई भर्ना दिनुपर्नेछ।
13 त्‍यो जङ्गली पशुले छिन्‍नभिन्‍न पारेको छ भने, त्‍यसले त्‍यो गवाहीको निम्‍ति ल्‍याओस्, र त्‍यो छिन्‍नभिन्‍न भएको कारण त्‍यसले भर्ना तिर्नुपर्दैन।”
14 “यदि कसैले आफ्‍नो छिमेकीबाट पशुको पैँचो लियो, र त्‍यसको मालिक साथमा नहुँदा त्‍यसलाई चोट लाग्‍यो कि मर्‍यो भने, त्‍यसले त्‍यसको भर्ना देओस्‌।
15 तर त्‍यसको मालिक साथै भएदेखि पैँचो लिनेले त्‍यसको भर्ना दिनुपर्नेछैन। त्‍यो पशु ज्‍यालाको हो भने, ज्‍यालाको लागि तिरेको रकमले सो नोक्‍सानी बेहोर्छ।”
16 “यदि कसैले मगनी नभएकी कन्‍ये-केटीलाई फकाएर त्‍यससित सुत्‍यो भने, त्‍यस मानिसले दुलहीको दाम दिएर त्‍यसलाई आफ्‍नी पत्‍नी तुल्‍याओस्‌।
17 तर त्‍यस केटीको बुबाले त्‍यो केटी त्‍यसलाई दिन इन्‍कार गर्‍यो भने, त्‍यसले कन्‍ये-केटीको रीतिबमोजिम दुलहीको दाम दिनुपर्छ।
18 “जादुगरी गर्ने स्‍त्रीलाई जीवित नराख।
19 जसले पशुसित यौन सम्‍बन्‍ध राख्‍छ, त्‍यो मारिनैपर्छ।
20 जसले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई बलिदान चढ़ाउला, त्‍यो बिलकुलै नष्‍ट पारिओस्‌।
21 परदेशीलाई नसताओ, त्‍यसलाई अत्‍याचार पनि नगर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी नै थियौ।
22 “विधवा अथवा टुहुराबाट फाइदा नलेओ।
23 फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने, म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु।
24 मेरो क्रोध दन्‍कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्‍नीहरू विधवा हुनेछन्‌ र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्‌।
25 तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्‍यसप्रति साहुकारजस्‍तै नहोओ। त्‍यससित ब्‍याज पनि नलेओ।
26 तिमीहरूका छिमेकीको खास्‍टो बन्‍धकमा लिएका छौ भने, सूर्यास्‍त हुन अघि नै त्‍यो त्‍यसलाई फर्काइदेओ,
27 किनकि त्‍यो त्‍यसको एउटै मात्र ओढ्‌ने हो। त्‍यसबाहेक त्‍यो केमा सुत्‍छ? त्‍यसले मेरो पुकारा गर्‍यो भने म त्‍यसको पुकारा सुन्‍नेछु, किनकि म कृपालु छु।
28 “परमेश्‍वरको विरुद्धमा निन्‍दा नगर्, र तिमीहरूको शासकलाई पनि नसराप।
29 “आफ्‍नो खेतबारीको फसल र दाखको रसबाट चढ़ाउन विलम्‍ब नगर। “तिमीहरूका छोराहरूमध्‍ये जेठोचाहिँ मेरो निम्‍ति देओ।
30 त्‍यस्‍तै गरी तिमीहरूका गाईबस्‍तु र भेड़ाहरूबाट पनि देओ। सात दिनसम्‍म ती आफ्‍ना माउसित रहून्‌। आठौँ दिनमा चाहिँ ती तिमीहरूले मेरो निम्‍ति देओ।”
31 “तिमीहरू मेरो निम्‍ति पवित्र जन हुनुपर्छ। यसकारण तिमीहरूले जङ्गलका पशुहरूबाट फहराइएको पशुको मासु नखानू। त्‍यो तिमीहरूले कुकुरहरूलाई फालिदिनू।”

उत्‍पत्ति 9 : 5 – 6
5 र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्‍चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्‍नो दाजुभाइका प्राणको साटो म लिनेछु।
6 जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्‍यसको रक्तपात हुनेछ, किनभने परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभएको हो।

लूका 22 : 36
36 उहाँले भन्‍नुभयो, “तर अब जसको थैलो छ, त्‍यसले त्‍यो बोकोस्, त्‍यसै गरी झोला पनि बोकोस्‌। र जससँग तरवार छैन, त्‍यसले आफ्‍नो वस्‍त्र बेचेर एउटा तरवार किनोस्‌।

रोमी 13 : 4
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।

प्रस्‍थान 20 : 13
13 “हत्‍या नगर्नू।

लेवीहरू 26 : 1 – 46
1 “‘तिमीहरूले आफ्‍ना निम्‍ति मूर्तिहरू नबनाओ। अनि आफ्‍ना निम्‍ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खड़ा नगर, र खोपिएका ढुङ्गाहरू आफ्‍नो देशमा ठड़्याएर ती पुज्‍नलाई घोप्‍टो नपर। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
2 “‘तिमीहरूले मेरो शबाथ पालन गर, र मेरो पवित्रस्‍थानको आदर गर। म परमप्रभु हुँ।
3 “‘मेरा नियमअनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ भने
4 म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्‍जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्‍नेछन्‌।
5 दाख बटुल्‍ने समयसम्‍मै तिमीहरूले दाइँ गर्नेछौ, र रोपाइँको समयसम्‍मै दाख बटुल्‍नेछौ। तिमीहरूलाई खानु-पिउनुमा दु:ख हुनेछैन, र देशमा तिमीहरू निर्धक्‍क हुनेछौ।
6 “‘म देशमा शान्‍ति दिनेछु। तिमीहरू ढल्‍केर निदाउनेछौ, र तिमीहरूलाई कसैले तर्साउनेछैन। म देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु, अनि तिमीहरूको देशमा लड़ाइँ हुनेछैन।
7 तिमीहरूले आफ्‍ना शत्रुहरूलाई खेदेर तरवारले सोतर पार्नेछौ।
8 तिमीहरूका पाँच जनाले सय जनालाई र सय जनाले दश हजार जनालाई खेद्‌नेछन्‌। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले सोतर हुनेछन्‌।
9 “‘म तिमीहरूमाथि निगाह राख्‍नेछु, र तिमीहरूलाई फल्‍दो-फुल्‍दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु, र मेरो करार तिमीहरूसित स्‍थिर गर्नेछु।
10 तिमीहरूले सञ्‍चय गरेर राखेको पुरानै फसलको अन्‍न खाँदाखाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्‍नचाहिँ हटाउनुपर्नेछ।
11 तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा वास गर्नेछु। [1]
12 म तिमीहरूका बीचमा हिँड़डुल गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ।
13 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू मिश्रीहरूका कमारा नहोओ भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाड़ो गरी हिँड्‌ने तुल्‍याएको छु।
14 “‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ, र यी सबै आज्ञा पालन गरेनौ,
15 र मेरा विधिहरूलाई घृणा गरेर इन्‍कार गर्‍यौ भने, अनि मेरा सम्‍पूर्ण आज्ञा नमानेर मेरो करार भङ्ग गर्‍यौ भने,
16 म तिमीहरूका बीचमा आतङ्क फैलाउनेछु, अनि शरीर नष्‍ट पार्दैजाने, आँखालाई विनाश गर्ने र प्राणलाई शिथिल गराउँदैलाने भयङ्कर रोगहरू पठाउनेछु। तिमीहरूले रोपेका बीउहरू खेर जानेछन्, किनकि तिमीहरूका शत्रुहरूले फसल खाइदिनेछन्‌।
17 म तिमीहरूको विरोध गर्नेछु, र तिमीहरू शत्रुका हातबाट परास्‍त हुनेछौ। तिमीहरूलाई हेला गर्नेहरूले तिमीहरूमाथि प्रभुत्‍व गर्नेछन्, र कसैले नखेदे पनि तिमीहरू भाग्‍नेछौ।
18 “‘तिमीहरूले अझै पनि मलाई टेरेनौ भने तिमीहरूका पापको सात गुणा बढ़ी सजाय म तिमीहरूलाई दिनेछु।
19 म तिमीहरूको अभिमान र जिद्दी चूर गर्नेछु। तिमीहरूमाथिको आकाश फलामजस्‍तै र तिमीहरूमुनिको जमिन काँसोझैँ म तुल्‍याउनेछु।
20 तिमीहरूको शक्ति खेर जानेछ, किनकि तिमीहरूको जमिनले उब्‍जनी दिनेछैन, र देशका रूखहरूले फल दिनेछैनन्‌।
21 “‘तिमीहरू मेरो विरुद्धमा हिँड़ेर मलाई अझै टेरेनौ भने म फेरि तिमीहरूका पाप सुहाउँदो सात गुणा बढ़ी विपत्तिहरू तिमीहरूमाथि ल्‍याउनेछु।
22 म तिमीहरूका बीचमा जङ्गली जनावरहरू पठाइदिनेछु, जसले तिमीहरूका नानीहरूलाई खाइदिनेछन्, र तिमीहरूका गाईबस्‍तुहरूलाई नाश गर्नेछन्, अनि तिमीहरूको संख्‍या यति थोरै बनाउनेछन्‌ कि तिमीहरूका बाटो सूनसान हुनेछन्‌।
23 “‘यी सब भएर पनि तिमीहरू मतर्फ फर्केनौ र मेरो विरुद्धमा हिँड़िरह्यौ भने,
24 म पनि तिमीहरूका विरुद्धमा हुनेछु, र तिमीहरूका पापका लागि म सात गुणा तिमीहरूलाई प्रहार गर्नेछु।
25 म तिमीहरूमाथि युद्धहरू ल्‍याउनेछु, र मेरो करार भङ्ग गरेको बदला म चुकाउनेछु। तिमीहरू आ-आफ्‍नो सहरमा जम्‍मा हुनेछौ, म त्‍यहाँ पनि तिमीहरूका बीचमा रूढ़ी पठाउनेछु, अनि तिमीहरू आफ्‍ना शत्रुहरूका हातमा पर्नेछौ।
26 म तिमीहरूको अन्‍न यति साह्रो घटाइदिनेछु कि एउटै घरको चुलोमा दश घरका आइमाईहरूले पकाउनेछन्, अनि पकाएर भाग लगाउँदा यति थोरै हुनेछ कि कसैलाई पनि पुग्‍नेछैन।
27 “‘यी सब भएर पनि तिमीहरूले मेरा कुरा सुनेनौ र मेरो विरुद्धमा हिँड़िरह्यौ भने,
28 मेरो क्रोधमा म तिमीहरूका विरुद्ध जानेछु, र तिमीहरूका पापको लागि म तिमीहरूलाई सात गुणा दण्‍ड दिनेछु।
29 तिमीहरूले आफ्‍नै छोराछोरीहरूको मासु खानुपर्नेछ।
30 म तिमीहरूका डाँड़ाका थानहरू नाश गर्नेछु, म तिमीहरूका धूपका वेदीहरू भत्‍काउनेछु, र तिमीहरूका लाशहरू आफ्‍ना मृत मूर्तिहरूमाथि फालिदिनेछु, र म तिमीहरूलाई तिरस्‍कार गर्नेछु।
31 म तिमीहरूका सहरहरू उजाड़ पार्नेछु, र तिमीहरूका धर्म-स्‍थलहरू शून्‍य पारिदिनेछु, अनि म तिमीहरूका भेटीका मीठो बास्‍ना ग्रहण गर्नेछैनँ।
32 म देशलाई नष्‍ट पार्नेछु। यी सब देखेर त्‍यहाँ बस्‍ने तिमीहरूका शत्रुहरू अवाक्‌ हुनेछन्‌।
33 मचाहिँ तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु, र नाङ्गो तरवार लिएर तिमीहरूलाई खेद्‌नेछु। तिमीहरूको देश सूनसान र तिमीहरूका सहरहरू उजाड़ हुनेछन्‌।
34 सूनसान हुँदा देशले आफ्‍ना शबाथहरू भोग गर्न पाउनेछ र तिमीहरूचाहिँ आफ्‍ना शत्रुहरूका देशमा हुनेछौ, तब त्‍यसै समय देशले विश्राम लिएर आफ्‍ना शबाथहरू मनाउनेछ।
35 जति दिन त्‍यो सूनसान रहन्‍छ भूमिले विश्राम पाउनेछ। तिमीहरू त्‍यहाँ रहँदा शबाथहरूमा नपाएको विश्राम त्‍यसले पाउनेछ।
36 “‘शत्रुको देशमा हुने बाँकी मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्‍दा पनि तिनीहरू शत्रुले खेदेझैँ भाग्‍नेछन्‌ र विनाकारण लोट्‌नेछन्‌।
37 कसैले नखेद्‌दा पनि तरवारदेखि भागेझैँ तिनीहरू भाग्‍नेछन्‌ र एक-अर्कामाथि ठक्‍कर खाँदै लोट्‌नेछन्‌। यसकारण तिमीहरूका शत्रुहरूका सामुन्‍ने खड़ा हुन सक्‍नेछैनौ।
38 तिमीहरू अन्‍यजातिहरूका बीचमा नष्‍ट हुनेछौ, र तिमीहरूका शत्रुहरूको देशले तिमीहरूलाई निल्‍नेछ।
39 बाँकी रहेका चाहिँ शत्रुहरूको देशमा आफ्‍नै र आफ्‍ना पुर्खाहरूका अधर्मले गर्दा खतम हुँदैजानेछ।
40 “‘तर यदि तिनीहरूले आफ्‍नै र आफ्‍ना पिता-पुर्खाका पाप, र मेरो विरुद्धमा तिनीहरूले विश्‍वासघात गरेको अधर्म र मप्रति देखाएको शत्रुता स्‍वीकार गरे भने—
41 जसले गर्दा म तिनीहरूको शत्रु भएँ, र मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूको देशमा पठाएँ— यदि आफ्‍ना दुष्‍ट हृदय नम्र तुल्‍याई आफ्‍ना पापका लागि सजाय भोगे भने,
42 याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको साथै त्‍यो देशलाई पनि म सम्‍झनेछु।
43 त्‍यो देश तिनीहरूले त्‍याग्‍नेछन्, र तिनीहरूविना उजाड़ रहँदा देशले आफ्‍ना शबाथहरू भोग गर्नेछ। अनि तिनीहरूले आफ्‍नो अधर्मको सजाय भोग्‍नेछन्, जुन सजाय मेरो विधान लत्त्याउँदा र मेरा विधिलाई तिरस्‍कार गर्दा मैले तिनीहरूलाई दिएको थिएँ।
44 यी सब गरे तापनि जब तिनीहरू शत्रुको देशमा हुन्‍छन्‌ तब म मेरो तिरस्‍कार र घृणामा तिनीहरूलाई सखापै त पार्नेछैनँ, र मेरो करार पनि तोड्‌नेछैनँ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
45 तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसँग गरेको करार सम्‍झनेछु। मैले तिनीहरूका परमेश्‍वर हुनलाई तिनीहरूका पुर्खाहरूलाई अन्‍यजातिहरूकै सामुन्‍ने मिश्रबाट निकालेर ल्‍याएको थिएँ। म परमप्रभु हुँ’।”
46 सीनै पर्वतमा आफू र इस्राएलीहरूका बीचमा परमप्रभुले मोशाद्वारा ठहराउनुभएका विधिविधान र नियमहरू यी नै हुन्‌।

मत्ती 26 : 52 – 54
52 तब येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार म्‍यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्‍ट हुनेछन्‌।
53 तिमी के ठान्‍दछौ, के म आफ्‍ना पितालाई बिन्‍ती गर्न सक्‍दिनँ, र उहाँले तुरुन्‍तै स्‍वर्गदूतहरूका बाह्र पल्‍टनभन्‍दा बढ़ी मेरो निम्‍ति पठाइदिनुहुन्‍न र?
54 तर त्‍यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्‍त्रमा लेखिएको कुरा कसरी पूरा हुने?”

नहेम्‍याह 4 : 17 – 18
17 भारी बोक्‍ने मजदूरहरूको एउटा हात काममा र अर्को हात आफ्‍नो हतियारमा हुन्‍थ्‍यो।
18 र निर्माण गर्नेहरू आफ्‍नो तरवार भिरेर बनाउने काम गर्थे। तर तुरही फुक्‍नेचाहिँ मेरो छेउमा थियो।

भजनसंग्रह 144 : 1
1 दाऊदको भजन [1] मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्‌, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्‍छ।

प्रस्‍थान 21 : 24 – 25
24 आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा,
25 डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाइको सट्टा कुटाइ त्‍यस मानिसलाई मिलोस्‌।”

हितोपदेश 25 : 26
26 दुष्‍टको कुरामा लाग्‍ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।

व्यवस्था 28 : 47 – 48
47 तिमीहरूसँग सबै चीज प्रशस्‍त हुँदा खुशीसँग प्रसन्‍न चित्तले परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गरेनौ।
48 यसकारण भोक, प्‍यास, नग्‍नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्‍म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।

व्यवस्था 28 : 1 – 68
1 आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्‍यौ भने, उहाँले तिमीहरूलाई पृथ्‍वीका सबै जातिहरूमध्‍ये श्रेष्‍ठ तुल्‍याउनुहुनेछ।
2 परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गर्‍यौ भने यी सबै आशिष्‌ तिमीहरूलाई लाग्‍नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्‌:
3 तिमीहरूले सहरमा आशिष्‌ पाउनेछौ, र गाउँ-बस्‍तीमा आशिष्‌ पाउनेछौ।
4 तिमीहरूका सन्‍तानमाथि आशिष्‌ पर्नेछ, साथै खेतका उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि।
5 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा आशिष्‌ पर्नेछ।
6 भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष्‌ पाउनेछौ।
7 तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्‍त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्‍नेछन्‌।
8 परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
9 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्‍नो लागि एक पवित्र जाति बनाएर स्‍थापित गर्नुहुनेछ।
10 तब पृथ्‍वीका समस्‍त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन्‌ र तिमीहरूसँग डराउनेछन्‌।
11 तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्‍तान, गाईबस्‍तु र भूमिको उब्‍जनीमाथि परमप्रभुले प्रशस्‍त उन्‍नति दिनुहुनेछ।
12 परमप्रभुले आकाश, आफ्‍नो प्रशस्‍तताको भण्‍डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष्‌ दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ।
13 मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ।
14 मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्‍ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्‍य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।
15 तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन्‌ र तिमीहरूलाई उछिन्‍नेछन्‌:
16 तिमीहरूलाई सहरमा श्राप पर्नेछ, र गाउँ-बस्‍तीमा श्राप पर्नेछ।
17 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा श्राप पर्नेछ।
18 तिमीहरूका सन्‍तानमाथि, साथै खेतको उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, र भेड़ाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।
19 भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ।
20 उहाँलाई त्‍यागेर तिमीहरूले गरेका दुष्‍ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्‍जेल र खतम नहोउञ्‍जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्‍की पठाउनुहुनेछ।
21 तिमीहरूले अधिकार गर्न जान लागेको देशबाट तिमीहरूको नाउँनिशानै नमेटिञ्‍जेल परमप्रभुले तिमीहरूका बीचमा महामारी फैलाइदिनुहुनेछ।
22 क्षयरोग, जरो, सूज, प्रचण्‍ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्‍याएर तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ।
23 अनि तिमीहरूका शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको धरती फलामजस्‍तै हुनेछन्‌।
24 परमप्रभुले तिमीहरूको देशको वृष्‍टि धूलोपीठोमा बदल्‍नुहुनेछ। तिमीहरू नष्‍ट नभएसम्‍म आकाशबाट त्‍यो तिमीहरूमाथि आउनेछ।
25 परमप्रभुले तिमीहरूलाई आफ्‍ना शत्रुहरूका अगि पराजित तुल्‍याउनुहुनेछ। उनीहरूसित लड्‌न तिमीहरू एउटै बाटो जानेछौ तर उनीहरूबाट सात बाटा भाग्‍नेछौ। पृथ्‍वीका सबै राज्‍यमा तिमीहरू तिरस्‍कृत हुनेछौ।
26 तिमीहरूका मृत शरीरहरू आकाशका पक्षी र जमिनका पशुहरूका आहार हुनेछन्, र तिनीहरूलाई धपाउने कोही हुनेछैन।
27 निको हुन नसक्‍ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्‍यथाले प्रहार गर्नुहुनेछ।
28 परमप्रभुले तिमीहरूलाई बौलाहापन, अन्‍धोपन, र हृदयको खलबलीले प्रहार गर्नुहुनेछ।
29 अन्‍धाले अन्‍धकारमा छामछुम गरेझैँ मध्‍यदिनमा तिमीहरू हिँड्‌नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्‍तर शोषणमा परी लुटिनेछौ।
30 तिमीहरूसँग मगनी भएकी केटीलाई अन्‍य मानिसले लानेछ र भ्रष्‍ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्‍न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्‍यसको फल अलिकति पनि आफै चाख्‍न पाउनेछैनौ।
31 तिमीहरूका आँखाअगि ढालेको आफ्‍नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्‍तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन।
32 तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्‌। तर तिनीहरूको प्रवास रोक्‍ने तिमीहरूसँग शक्ति हुनेछैन।
33 तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्‍नेछ, र तिमीहरूचाहिँ जीवनभरि केवल निर्दयी थिचोमिचोमा पर्नेछौ।
34 तिमीहरूका आँखाले देख्‍नुपरेको दृश्‍य हेर्दा तिमीहरू बौलाहा हुनेछौ।
35 परमप्रभुले तिमीहरूका घुँड़ा र खुट्टा, टाउकोको टुप्‍पादेखि पैतालासम्‍म फैलिने, निको नहुने दुखाउने पिलाले पीडित तुल्‍याउनुहुनेछ।
36 तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्‍यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्‍य देवताहरूको पूजा गर्नेछौ।
37 परमप्रभुले तिमीहरूलाई धपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्‍कार, हेला र गिल्‍लाका पात्र बन्‍नेछौ।
38 तिमीहरूले खेतमा धेरै बीउ लाउनेछौ, तर थोरै फसल बटुल्‍नेछौ, किनकि सलहहरूले त्‍यो स्‍वाहा पार्नेछन्‌।
39 तिमीहरूले दाखबारी लगाउनेछौ र फल उमार्नेछौ, तर तिमीहरूले दाखमद्य पिउन र दाख बटुल्‍न पाउनेछैनौ, किनभने कीराले ती खाइदिनेछन्‌।
40 तिमीहरूले देशभरि भद्राक्ष लगाउनेछौ, तर तिमीहरूले तेल चलाउन पाउनेछैनौ, किनभने भद्राक्षका फल जमिनमा झर्नेछन्‌।
41 तिमीहरूका छोराछोरी हुनेछन्, तर तिमीहरूले ती राख्‍न पाउनेछैनौ, कारण ती कैदमा जानेछन्‌।
42 तिमीहरूका रूखपात र जमिनका फसल सबैलाई सलहहरूले स्‍वाहा पार्नेछन्‌।
43 तिमीहरूका बीचमा वास गर्ने परदेशी तिमीहरूभन्‍दा माथि-माथि चढ्‌नेछ, तर तिमीहरू तल-तल गिर्नेछौ।
44 त्‍यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्‍यसलाई ऋण दिनेछैनौ। त्‍योचाहिँ शिर हुनेछ, तर तिमीहरूचाहिँ पुच्‍छर हुनेछौ।
45 परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्‍ट नभएसम्‍म यी सराप तिमीहरूमाथि आइपर्नेछन्‌। यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्‍नेछन्‌।
46 तिमीहरू र तिमीहरूका सन्‍तानमाथि सधैँको निम्‍ति ती चिन्‍ह र उदेकका कुरा हुनेछन्‌।
47 तिमीहरूसँग सबै चीज प्रशस्‍त हुँदा खुशीसँग प्रसन्‍न चित्तले परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गरेनौ।
48 यसकारण भोक, प्‍यास, नग्‍नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्‍म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।
49 परमप्रभुले टाढ़ाबाट, पृथ्‍वीको पल्‍लो छेउदेखि वेगसित गरुडले तल झम्‍टिएझैँ तिमीहरूले नबुझ्‍ने भाषा बोल्‍ने एउटा जाति तिमीहरूका विरुद्धमा ल्‍याउनुहुनेछ,
50 एउटा कठोर रूप भएको जाति, जसले वृद्धहरूको आदर गर्नेछैन र बालकहरूमाथि दया पनि देखाउनेछैन।
51 अनि उनीहरूले तिमीहरूका गाईबस्‍तुका बाछा-बाछी र भेड़ाबाख्राका पाठापाठी र तिमीहरूको जमिनका फसल तिमीहरू नष्‍ट हुने गरी खाइदिनेछन्‌। तिमीहरू खतम हुने गरी अन्‍न, नयाँ दाखमद्य, तेल, गाईबस्‍तुका बाछा-बाछी वा भेड़ाबाख्राका पाठापाठीहरू केही छोड्‌नेछैनन्‌।
52 तिमीहरूका सबै सहरमा उनीहरूले घेरा लाउनेछन्, अनि तिमीहरूले भरोसा राखेका देशभरिका अग्‍ला पर्खालहरू उनीहरूले भत्‍काउनेछन्‌। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिन लाग्‍नुभएका सारा देशभरि उनीहरूले सहर-सहरमा तिमीहरूलाई घेरा लाउनेछन्‌।
53 घेरामा परेको समय तिमीहरूका शत्रुहरूले दिने कष्‍टले गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सन्‍तान, आफ्‍नै छोराछोरीको मासु पनि तिमीहरूले खानेछौ।
54 तिमीहरूमध्‍ये सबैभन्‍दा कोमल र अति भद्र मानिसले पनि आफ्‍नै भाइ, आफूले प्रेम गरेकी पत्‍नी र आफ्‍ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउनेछैन,
55 यहाँसम्‍म कि उसले खाँदैगरेको आफ्‍ना बालबच्‍चाहरूका शरीरको मासु उसले कसैलाई दिनेछैन। शत्रुहरूले तिमीहरूका सहरहरू घेरेको सङ्कष्‍टमा त्‍यसकहाँ अरू केही बाँकी रहेको हुँदैन।
56 तिमीहरूमध्‍ये कोमल र शिष्‍ट स्‍त्री, जसले कोमलता र शिष्‍टताको कारणले भूइँमा आफ्‍नो पैतालोले टेक्‍न पनि चाहँदिनथिई, त्‍यस्‍ती स्‍त्रीले त्‍यसका पति र आफ्‍नै छोराछोरीलाई
57 त्‍यसको कोखबाट निस्‍केको साल र त्‍यसले जन्‍माएका बालकहरूको मासु पनि खान दिन मान्‍नेछैन। उसको दृष्‍टि खराब हुनेछ, किनकि त्‍यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्‍याउने सङ्कष्‍टमा त्‍यसले गुप्‍तमा त्‍यो मासु आफै खाने इच्‍छा गर्नेछे।
58 यदि परमप्रभु तिमीहरूका परमेश्‍वरको गौरवमय भययोग्‍य नाउँको डर मानेनौ र तिमीहरूले यस पुस्‍तकमा लेखिएका व्‍यवस्‍थाका सबै वचन होशियारीसाथ पालन गरेनौ भने,
59 परमप्रभुले तिमीहरू र तिमीहरूका बालबच्‍चामाथि डरलाग्‍दो, असहाय र रहिरहने कष्‍टहरू र चाँड़ो निको नहुने भयानक रोगहरू ल्‍याउनुहुनेछ।
60 मिश्रका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्‍यौ, ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्‍याउनुहुनेछ, र ती तिमीहरूमा टाँसिनेछन्‌।
61 यस व्‍यवस्‍थाको पुस्‍तकमा उल्‍लेख नभएको हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूमाथि ल्‍याउनुहुनेछ।
62 तिमीहरू, जो अघि संख्‍यामा आकाशका तारासरह थियौ, थोरै मात्र बाँकी रहनेछौ, किनकि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन मानेनौ।
63 जसरी परमप्रभुले खुशीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्‍यसरी नै तिमीहरूलाई खुशीसाथ ध्‍वंस र विनाश पार्नुहुनेछ। अनि तिमीहरूले अधिकार गर्नलाई पस्‍न लागेको देशबाट तिमीहरू उखेलिनेछौ।
64 तब पृथ्‍वीको एक छेउदेखि अर्को छेउसम्‍म विभिन्‍न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ। त्‍यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्‍य देवताहरू तिमीहरूले पुज्‍नेछौ।
65 ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्‍यहाँ परमप्रभुले तिमीहरूलाई चिन्‍तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ।
66 तिमीहरूको जीवन निरन्‍तर दोधारमा झुण्‍डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै भरोसा हुनेछैन।
67 तिमीहरूका हृदयमा भरिएको त्रासले र तिमीहरूका आँखाले देखेका दृश्‍यले गर्दा बिहान तिमीहरूले भन्‍नेछौ, “बेलुकी भएदेखि हुन्‍थ्‍यो!” अनि बेलुकी भन्‍नेछौ, “बिहान भएदेखि हुन्‍थ्‍यो!”
68 अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्‍यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्‍यो देख्‍नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्‍यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्‍नेछैन।

मत्ती 5 : 39
39 तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *