आतिथ्य

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आतिथ्य

हिब्रू 13 : 2
2 परदेशीहरूको अतिथि-सत्‍कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्‍वर्गदूतहरूको सत्‍कार गरेका छन्‌।

१ पत्रुस 4 : 9
9 विनागनगन एउटाले अर्काको अतिथिसत्‍कार गर।

मत्ती 25 : 34 – 46
34 “तब राजाले आफ्‍ना दाहिनेपट्टिकाहरूलाई भन्‍नेछ, ‘आओ, मेरा पिताका धन्‍यका हो! संसारको उत्‍पत्तिदेखि तिमीहरूका निम्‍ति तयार गरिएको राज्‍यलाई अधिकार गर।
35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
36 नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्‍त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्‍यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’
37 “तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्‍यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्‍यौं, र पिउन दियौं?
38 कहिले हामीले तपाईंलाई परदेशी देख्‍यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्‍यौं र वस्‍त्र लगाइदियौं?
39 र कहिले हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंकहाँ आयौं?’
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्‍नेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यी मेरा भाइहरूमध्‍ये सबैभन्‍दा सानामा एक जनालाई जे-जति गर्‍यौ, त्‍यो तिमीहरूले मलाई नै गर्‍यौ।’
41 “त्‍यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्‍नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्‍यसका दूतहरूका लागि तयार गरिएको अनन्‍तको आगोमा जाओ।
42 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ।
43 म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्‍त्र लगाइदिएनौ, बिरामी र झ्‍यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’
44 “तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्‍यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्‍यौं, वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंको सेवा गरेनौं?’
45 “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबैभन्‍दा सानाहरूमध्‍ये एक जनालाई जे-जति गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्‍ति गरेनौ।’
46 “तब यिनीहरू अनन्‍त दण्‍डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्‍त जीवनमा प्रवेश गर्नेछन्‌’।”

रोमी 12 : 13
13 सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।

लेवीहरू 19 : 34
34 तिमीहरूले त्‍यसलाई आफ्‍नै देशमा जन्‍मेको जस्‍तै ठान्‍नू। तिमीहरूले त्‍यसलाई आफूलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

तीतस 1 : 8
8 तर अतिथिसत्‍कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्‍ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ।

लूका 14 : 12 – 14
12 अनि उहाँलाई निम्‍तो दिनेलाई पनि उहाँले भन्‍नुभयो, “तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा, आफ्‍ना मित्रहरूलाई, आफ्‍ना दाजुभाइलाई वा तिम्रा कुटुम्‍बहरूलाई वा धनी छिमेकीहरूलाई निम्‍तो नदेऊ, नत्रता तिनीहरूले पनि साटोमा तिमीलाई निम्‍तो दिएर तिम्रो गुण फर्काइदिनेछन्‌।
13 तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्‍धाहरूलाई बोलाऊ,
14 र तिमीले आशिष्‌ पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्‍दैनन्‌। तर मृत्‍युबाट धर्मीहरूको पुनरुत्‍थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।”

कलस्सी 3 : 23 – 24
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,
24 यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ।

रोमी 16 : 2
2 म तिमीहरूलाई निवेदन गर्दछु कि सन्‍तहरूलाई सुहाउने किसिमले तिनलाई प्रभुमा ग्रहण गर, र तिनलाई चाहिएको कुनै पनि सहायता तिनलाई देओ, किनकि तिनी आफैले धेरैको र मेरो पनि सहायता गरेकी छिन्‌।

प्रेरित 28 : 2
2 त्‍यहाँका बासिन्‍दाहरूले हामीलाई अपूर्व दया देखाए। पानी परेर जाडो भएको कारणले तिनीहरूले आगो बालिदिए, र हामी सबैलाई स्‍वागत गरे।

१ तिमोथी 5 : 10
10 साथै तिनले असल काम गरेकी, छोरा-छोरीहरू हुर्काएकी, परदेशीहरूको सत्‍कार गरेकी, सन्‍तहरूका खुट्टा धोएकी, दुःखीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्‍यान दिएकी साबित हुनुपर्छ।

एफिसी 6 : 7
7 मानिसहरूका निम्‍ति होइन, तर प्रभुको निम्‍ति जस्‍तै गरी सदिच्‍छाले सेवा गर,

मर्कूस 9 : 41
41 किनभने जसले तिमीहरू ख्रीष्‍टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा एक कचौरा पानी पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, त्‍यसले कुनै किसिमले आफ्‍नो इनाम गुमाउनेछैन।

लूका 10 : 25 – 37
25 व्‍यवस्‍थाका एक जना पण्‍डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्‍न गरे, “गुरुज्‍यू, अनन्‍त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?”
26 उहाँले तिनलाई भन्‍नुभयो, “व्‍यवस्‍थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?”
27 तिनले भने, “तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा समझले र आफ्‍नो सारा मनले प्रेम गर्, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।”
28 उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले ठीक जवाफ दियौ। त्‍यसै गर, र तिमी जिउनेछौ।”
29 तर तिनले आफूलाई धार्मिक देखाउने इच्‍छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?”
30 येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्‍यो डाँकूहरूको फेला पर्‍यो। तिनीहरूले त्‍यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए।
31 संयोगले एक जना पूजाहारी त्‍यही बाटो भएर जाँदैथियो, र त्‍यो अधमरो मान्‍छेलाई देखेर त्‍यो अर्कोपट्टि तर्केर गयो।
32 त्‍यसै गरी एक जना लेवी पनि त्‍यस ठाउँमा आएर त्‍यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
33 तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्‍यो मान्‍छे भएको ठाउँमा आइपुग्‍यो, र त्‍यसलाई देखेर उसको मन दयाले भरियो।
34 र त्‍यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्‍यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्‍नै गधामाथि चढ़ाएर त्‍यसलाई एउटा पौवामा ल्‍याई त्‍यसको हेरचाह गर्‍यो।
35 भोलिपल्‍ट उसले चाँदीका दुई सिक्‍का पौवाको मालिकलाई दिएर भन्‍यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”
36 येशूले सोध्‍नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्‍ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”
37 तिनले भने, “त्‍यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिमी पनि त्‍यसै गर।”

२ राजाहरू 4 : 8 – 17
8 एक दिन एलीशा शूनेममा गए। त्‍यहाँ एउटी धनाढ्य स्‍त्री थिइन्, जसले तिनलाई खानपान गर्न जिद्दी गरिन्‌। यसैले जब एलीशा त्‍यहाँबाट भएर जान्‍थे, तब खानपान गर्नलाई केही समय बस्‍थे।
9 ती स्‍त्रीले आफ्‍ना पतिलाई भनिन्, “मलाई थाहा छ, कि यहाँ हाम्रो बाटो भएर सधैँ जाने मानिस परमेश्‍वरका एक पवित्र जन हुनुहुन्‍छ।
10 कौसीमा तिनको निम्‍ति हामी एउटा सानो कोठा बनाइदिऔं, र त्‍यहाँ तिनको निम्‍ति एउटा ओछ्यान, एउटा टेबिल, एउटा कुर्सी र एउटा बत्ती राखिदिऔं। तब तिनी यहाँ हामीकहाँ आउँदा त्‍यहीँ नै बस्‍न सक्‍छन्‌।”
11 एक दिन एलीशा आएर कौसीको आफ्‍नो कोठामा गएर विश्राम गर्नलाई पल्‍टे।
12 तिनले आफ्‍नो चाकर गेहजीलाई भने, “त्‍यस शूनम्‍मी स्‍त्रीलाई बोलाएर ले।” त्‍यसले तिनलाई बोलाएर ल्‍याए, र तिनी ती अगमवक्ताको सामुन्‍ने उभिइन्‌।
13 एलीशाले आफ्‍नो चाकरलाई भने, “तिनलाई भन्, ‘तिमीले हाम्रा निम्‍ति यी सबै दु:ख गरेका छौ। अब तिम्रो निम्‍ति के गर्न सकिन्‍छ। के हामी तिम्रो पक्षमा राजासित अथवा सेनापतिसित तिम्रो केही कुरा गरिदिन सक्‍छौं’?” तिनले जवाफ दिइन्, “मेरा आफ्‍नै मानिसहरूका बीचमा मेरो घर छँदैछ।”
14 एलीशाले गेहजीलाई भने, “तिनको निम्‍ति म के गर्न सक्‍छु?” गेहजीले भन्‍यो, “तिनको कोही छोरा छैन, र तिनका पति वृद्ध छन्‌।”
15 तब एलीशाले भने, “तिनलाई बोला।” तब गेहजीले तिनलाई बोलाएर ल्‍यायो, र तिनी ढोकानेर खड़ा भइन्‌।
16 तब एलीशाले भने, “प्राय: यही समय अर्को वर्ष तिम्रो काखमा एउटा छोरो हुनेछ।” तिनले भनिन्, “होइन, होइन, मेरा प्रभु, हे परमेश्‍वरका जन, आफ्‍नी दासीलाई नछकाउनुहोस्‌।”
17 तर तिनी गर्भवती भइन्‌ र अर्को वर्ष एलीशाले भनेकै समयमा तिनले एउटा छोरा जन्‍माइन्‌।

१ तिमोथी 3 : 2
2 यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्‍ने, एउटै पत्‍नीका पति, संयमी, समझदार, सम्‍मानित, अतिथिसत्‍कार गर्ने, सुयोग्‍य शिक्षक होऊन्,

उत्‍पत्ति 19 : 1 – 38
1 साँझमा ती दुई स्‍वर्गदूतहरू सदोममा आए। त्‍यस बेला लोत सदोमको मूल ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेर लोत भेट गर्न उठे, र भूइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरी भने,
2 “हजूर, कृपा गरी आफ्‍नो दासको घरमा पाल्‍नुहोस्, र त्‍यहीँ रात बिताउनुहोस्‌। तपाईंहरू आफ्‍ना पाउ धुनुहोस्‌ र बिहान सबेरै उठेर जानुहोस्‌।” उनीहरूले भने, “अँहँ, हामी बाहिर चोकमा नै सुत्‍नेछौं।”
3 तिनले उनीहरूलाई ज्‍यादै ढिपी लाएर बिन्‍ती गरे। यसैले उनीहरू तिनको साथ लागेर तिनको घरमा गए। तिनले उनीहरूलाई भोज दिए, र खमिर नहालेको रोटी बनाएर उनीहरूका सामुन्‍ने राखिदिए, र उनीहरूले खाए।
4 उनीहरू सुत्‍न अघि सदोम सहरका के युवक के बूढ़ा एउटै पनि नछोड़ी जम्‍मै मानिसहरू आएर लोतको घर रिङ्गै घेरे।
5 तिनीहरूले लोतलाई बोलाएर भने, “बेलुकी तिमीकहाँ आएका मानिसहरू कहाँ छन्‌? उनीहरूलाई यहाँ बाहिर हामीकहाँ ल्‍याऊ, र हामी उनीहरूसँग भोग गरौं।”
6 लोत ढोकाबाहिर तिनीहरूकहाँ गएर ढोकाचाहिँ आफ्‍नो पछिल्‍तिर थुनिदिए,
7 र तिनीहरूलाई भने, “हे मेरा दाजुभाइ हो, कृपा गरी यस्‍तो दुष्‍ट काम नगर्नुहोस्‌।
8 कुनै मानिससित सहवास नभएका मेरा दुई छोरीहरू छन्‌। बरु म तिनीहरूलाई नै तपाईंहरूकहाँ बाहिर ल्‍याइदिनेछु। तपाईंहरूको इच्‍छाअनुसार तिनीहरूसित व्‍यवहार गर्नुहोस्‌। तर यी मानिसहरूलाई केही नगर्नुहोस्, किनकि उनीहरू मेरो छानामुनि आएका मेरा पाहुना हुन्‌।”
9 तर तिनीहरूले भने, “पछि हट्‌।” अनि तिनीहरूले भने, “हामीसँग बसोबास गर्न आएको यो मानिस अब हाम्रो न्‍यायकर्ता हुन खोज्‍दोरहेछ। अब उनीहरूलाई भन्‍दा तँलाई हामी नराम्रो व्‍यवहार गर्नेछौं।” तब तिनीहरूले लोतलाई घचेटे, र ढोका फोर्नलाई अगि बढ़े।
10 तर भित्रका ती दुई मानिसहरूले आफ्‍ना हात बढ़ाएर लोतलाई तानी आफूकहाँ घरभित्र हुले, र ढोका थुनिदिए,
11 र उनीहरूले घरका ढोकानेर भएका साना-ठूला जम्‍मै मानिसहरूलाई अन्‍धा पारिदिए। तब ती मानिसहरूले ढोका भेट्टाउन सकेनन्‌।
12 ती दुई मानिसहरूले लोतलाई भने, “तिमीसँग यहाँ अरू कोही छन्‌? जुवाइँ, कि छोराछोरीहरू, अथवा सहरमा तिम्रा अरू जो भए पनि तिनीहरूलाई लिएर यस ठाउँबाट निस्‍केर जाऊ,
13 किनभने हामी यस ठाउँलाई नष्‍ट पार्नेछौं, किनकि यहाँका मानिसहरूका विरुद्धमा उठेको आवाज परमप्रभुको अगि यति ठूलो भएको छ कि यस सहरलाई सर्वनाश गर्न परमप्रभुले हामीलाई पठाउनुभएको छ।”
14 यसैकारण आफ्‍ना छोरीहरूलाई विवाह गर्न माग्‍ने जुवाइँहरूकहाँ गएर लोतले भने, “उठ, यस ठाउँबाट गइहालौं, किनभने परमप्रभुले यो सहर नष्‍ट पार्नुहुनेछ।” तर जुवाइँहरूलाई त तिनले ठट्टा गरेजस्‍तो लाग्‍यो।
15 उज्‍यालो हुन लाग्‍दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए, “उठ, तिम्री पत्‍नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल, नत्रता यस सहरले पाउने सजायमा तिमी पनि भस्‍म हुनेछौ।”
16 जब तिनले आलटाल गरिरहे, तब ती मानिसहरूले तिनका, तिनकी पत्‍नीका र दुवै छोरीहरूका हात समातेर सहरबाहिर ल्‍याए। किनभने परमप्रभुको दया तिनीहरूमाथि थियो।
17 तिनीहरूलाई बाहिर ल्‍याएपछि उनीहरूमा एक जनाले भने, “आफ्‍नो ज्‍यान जोगाउनलाई भाग, फर्केर पछाड़ि नहेर, र बेँसीमा कतै पनि नअड़िनू, तर पहाड़तिर भाग, नत्रता तिमीहरू भस्‍म हुनेछौ।”
18 तब लोतले उनीहरूलाई भने, “हजूर हो, त्‍यसो नहोस्‌।
19 हेर्नुहोस्, तपाईंहरूको दासले तपाईंहरूको अनुग्रह पाएको छ, र मेरो प्राण बचाएर तपाईंहरूले मलाई ठूलो करुणा देखाउनुभएको छ। म पहाड़तिर भाग्‍न सक्‍दिनँ, नत्रता यस विपत्तिमा परेर म मर्नेछु।
20 हेर्नुहोस्, ऊ त्‍यो सहर भाग्‍नलाई नजिकै छ, र त्‍यो सानो पनि छ। मलाई त्‍यहीँ नै भाग्‍न दिनुहोस्‌— त्‍यो साह्रै सानो छैन र? त्‍यहाँ गए मेरो प्राण बाँच्‍ला।”
21 उनले तिनलाई भने, “हेर, यस विषयमा मैले तेरो बिन्‍ती ग्रहण गरें। तैंले भनेको सहरलाई चाहिँ म भस्‍म गर्नेछैनँ।
22 चाँड़ो गरेर त्‍यहीँ नै भागिजा, किनकि तँ त्‍यहाँ नपुगुञ्‍जेल म केही गर्न सक्‍दिनँ।” (यसैले त्‍यस सहरको नाउँ सोअर राखियो।)
23 लोत सोअरमा पुग्‍दा सूर्य उदाइसकेको थियो।
24 तब परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट आगो र गन्‍धक बर्साउनुभयो।
25 यसरी उहाँले ती सहरहरू र जम्‍मै बेँसी र सहरहरूका सबै बासिन्‍दाहरू र जमिनमा उम्रेका सबै थोक सर्वनाश गरिदिनुभयो।
26 तर लोतकी पत्‍नीले पछाड़ि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्‌।
27 अब्राहाम सबेरै उठेर तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए।
28 तिनले तल सदोम, गमोरा र बेँसीका सबै जग्‍गातिर हेरे। र त्‍यस ठाउँबाट धूवाँ भट्टीको धूवाँजस्‍तै मास्‍तिर उठिरहेको तिनले देखे।
29 यसरी बेँसीका सहरहरू सर्वनाश गर्नुहुँदा परमेश्‍वरले अब्राहामलाई सम्‍झनुभयो। लोत बसेको सहरलाई उहाँले नष्‍ट पार्नुहुँदा त्‍यस सर्वनाशको बीचबाट लोतलाई निकाल्‍नुभयो।
30 लोत सोअरबाट निस्‍केर आफ्‍ना दुवै छोरीहरूका साथमा पहाड़मा गएर बस्‍न लागे, किनभने सोअरमा बस्‍न तिनी डराए। तिनी आफ्‍ना दुवै छोरीहरूसँग एउटा ओड़ारमा बस्‍न लागे।
31 एक दिन जेठीले कान्‍छीलाई भनी, “हाम्रा बुबा वृद्ध हुनुभएको छ। र संसारको रीतिबमोजिम हामीकहाँ आउने पृथ्‍वीमा कुनै मानिस छैन।
32 यसैले अब हामी आफ्‍ना बुबालाई मद्य खुवाएर उहाँसित सुतौं, र आफ्‍ना पिताबाट सन्‍तान खड़ा गरौं।”
33 त्‍यसै रात तिनीहरूले आफ्‍ना पितालाई दाखमद्य खुवाए, र जेठीचाहिँ आफ्‍ना पिताकहाँ गएर सुती। त्‍यो सुत्‍न आएकी र उठेर गएकी लोतलाई केही अत्तोपत्तो भएन।
34 भोलिपल्‍ट जेठीले कान्‍छीलाई भनी, “हेर्, हिजो राती म बुबासित सुतें। आज राती पनि उहाँलाई मद्य खुवाऔं, र तँ गएर उहाँसित सुत्‌, र हामी आफ्‍ना पिताबाट सन्‍तान खड़ा गरौं।”
35 यसरी तिनीहरूले त्‍यस रात पनि आफ्‍ना पितालाई दाखमद्य खुवाए, र कान्‍छीचाहिँ गएर उहाँसित सुती। त्‍यो सुत्‍न आएकी र उठेर गएकी लोतलाई केही थाहै भएन।
36 यसरी लोतका दुवै छोरीहरू आफ्‍ना पिताबाट गर्भवती भए।
37 तब जेठीले एक जना छोरो जन्‍माई र उसले त्‍यसको नाउँ मोआब राखी। हिजोआजका मोआबीहरूका पुर्खा यिनी हुन्‌।
38 कान्‍छीले पनि एक जना छोरो जन्‍माई, र उसले त्‍यसको नाउँ बेन-अमी राखी। हिजोआजका अम्‍मोनीहरूका पुर्खा यिनी हुन्‌।

३ यूहन्‍ना 1 : 5 – 8
5 प्रिय हो, तिमीले विश्‍वासयोग्‍य काम गर्दछौ, जब तिमीले दाजुभाइको, विशेष गरी परदेशीहरूको सेवा गर्दछौ।
6 तिनीहरूले मण्‍डलीको सामुन्‍ने तिम्रो प्रेमको गवाही दिएका छन्‌। परमेश्‍वरको दृष्‍टिमा मनपर्दो गरी तिनीहरूका यात्रामा जाने प्रबन्‍ध मिलाइदियौ भने तिमीले असल गर्दछौ।
7 किनभने अविश्‍वासीहरूबाट केही नलिई तिनीहरू उहाँका नाउँको खातिर यात्रामा निस्‍केका हुन्‌।
8 यसकारण यस्‍ता मानिसहरूलाई सेवा-सत्‍कार गर्नुपर्छ, ताकि हामीहरू सत्‍यतामा सहकर्मी बन्‍न सकौं।

यशैया 58 : 7
7 आफ्‍नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्‍नो जात-भाइहरूबाट नलुक्‍नु, होइन र?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *