आज्ञाकारिता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आज्ञाकारिता

यूहन्‍ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।

१ पत्रुस 1 : 14
14 आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्‍थाका कुइच्‍छाहरूमा तिमीहरू अब नलाग।

प्रेरित 5 : 29
29 तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्‍वरको आज्ञा पालन गर्नैपर्छ।

भजनसंग्रह 119 : 30
30 मैले त सत्‍यताको मार्ग छानेको छु, तपाईंका नियमहरू मैले मेरो सामुन्‍ने राखेको छु।

२ राजाहरू 18 : 6
6 तिनी परमप्रभुका भक्त भइरहे, र उहाँको पछि लाग्‍न छोड़ेनन्‌। परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू तिनले पालन गरे।

१ यूहन्‍ना 5 : 3
3 परमेश्‍वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्‌।

यूहन्‍ना 14 : 31
31 तर म पितालाई प्रेम गर्दछु, र जस्‍तो पिताले मलाई आज्ञा गर्नुभएको छ सोहीबमोजिम गर्दछु भनी संसारले जानोस्‌। उठ, हामी यहाँबाट जाऔं।”

भजनसंग्रह 119 : 60
60 म ढिलो गर्दिनँ, बरु तपाईंका आज्ञाहरू पालन गर्न म छिटो गर्नेछु।

१ यूहन्‍ना 3 : 24
24 उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्‍छन्, र उहाँ तिनीहरूमा रहनुहुन्‍छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्‍माद्वारा हामी जान्‍दछौं, कि उहाँ हामीमा वास गर्नुहुन्‍छ।

प्रस्‍थान 23 : 22
22 यदि तिमीहरूले तिनको कुरा सुन्‍यौ, र मैले भनेको सबै गर्‍यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु र तिमीहरूका विरोधीहरूको विरोधी हुनेछु।

भजनसंग्रह 119 : 44
44 म तपाईंको व्‍यवस्‍था सदासर्वदा पालन गर्नेछु।

२ इतिहास 31 : 21
21 परमप्रभुका मन्‍दिरको सेवामा र आफ्‍ना परमेश्‍वरको अगुवाइ खोज्‍न उहाँका व्‍यवस्‍था र आज्ञाहरू मानेर गरेका सबै काममा तिनले आफ्‍ना परमेश्‍वरलाई खोजे र आफ्‍ना तनमनले काम गरे। अनि तिनी सफल पनि भए।

भजनसंग्रह 119 : 31
31 तपाईंका कानूनहरूमा म स्‍थिर रहन्‍छु, हे परमप्रभु, मलाई शर्ममा पर्न नदिनुहोस्‌।

व्यवस्था 4 : 39 – 40
39 परमप्रभु नै माथि स्‍वर्गमा र तल पृथ्‍वीमाथि परमेश्‍वर हुनुहुन्‍छ र उहाँ छोड़ी अरू कोही छैन भनेर तिमीहरूले आज थाहा गर र हृदयमा राख।
40 आज मैले तिमीहरूलाई दिन लागेका उहाँका विधि र आज्ञाहरू पालन गर, र तिमीहरू र तिमीहरूका पछिका वंशको भलो होस्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले अनन्‍त कालसम्‍म दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्‌।

व्यवस्था 6 : 18
18 परमप्रभुको दृष्‍टिमा जुन-जुन कुरा ठीक र असल छन्‌ त्‍यही गर, ताकि तिमीहरूको कल्‍याण होस्, र तिमीहरूका पिता-पुर्खासँग परमप्रभुले शपथ खाएर प्रतिज्ञा गर्नुभएको त्‍यो असल देश तिमीहरूले कब्‍जा गर,

लूका 6 : 46
46 “मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्‍दछौ?

यूहन्‍ना 8 : 51
51 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले मेरो वचन पालन गर्‍यो भने त्‍यसले कहिल्‍यै मृत्‍यु देख्‍नेछैन।”

भजनसंग्रह 119 : 59
59 मैले आफ्‍नो आचरणको विषयमा विचार गरेको छु, र तपाईंका कानूनतर्फ आफ्‍ना कदम चालेको छु।

भजनसंग्रह 112 : 1
1 परमप्रभुको प्रशंसा गर। त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुको भय मान्‍दछ, र उहाँका आज्ञाहरूमा ज्‍यादै प्रसन्‍न हुन्‍छ।

यहोशू 22 : 5
5 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, उहाँका सबै मार्गहरूमा चल्‍नू, उहाँकै आज्ञाहरू पालन गर्नू, उहाँमै लीन भएर रहनू, तिमीहरूका पूर्ण हृदय र प्राणले उहाँकै सेवा गर्नू भनी परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएका आज्ञा र व्‍यवस्‍था पूरा ध्‍यान दिएर पालन गर।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *