यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आइसोलेसन
हितोपदेश 18 : 1
1 अमिल्दो मानिस स्वार्थको पछि लाग्छ, त्यसले सबै उचित ठहरको खुला विरोध गर्छ।
हिब्रू 10 : 25
25 कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।
१ कोरिन्थी 12 : 14
14 किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्छ।
भजनसंग्रह 34 : 17 – 20
17 जब धार्मिक जनहरूले पुकारा गर्छन्, तब परमप्रभुले सुन्नुहुन्छ, र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ।
18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ।
20 परमप्रभुले त्यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्छ। तिनमा एउटै पनि भाँचिँदैन।
१ कोरिन्थी 12 : 12
12 किनकि जस्तो शरीर एक छ, र त्यसका धेरै अङ्गहरू हुन्छन्, र शरीरका सम्पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्छ, ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ।
२ कोरिन्थी 12 : 9
9 तर मलाई उहाँले भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।” यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।
१ कोरिन्थी 12 : 13
13 किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो।
प्रेरित 8 : 30 – 31
30 फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्नुहुन्छ?”
31 तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्न सक्छु र?” अनि तिनले फिलिपलाई रथमा चढ़ी तिनको साथमा बस्ने अनुरोध गरे।
Leave a Reply