यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आइतबार काम गर्दै
प्रस्थान 35 : 2
2 छ दिनसम्म काम गरिओस्, तर सातौँचाहिँ दिन तिमीहरूका निम्ति पवित्र हो। त्यो परमप्रभुको निम्ति शबाथ हो। कसैले त्यस दिन काम गर्यो भने त्यो मारिओस्।
गन्ती 15 : 32 – 41
32 इस्राएलीहरू उजाड़-स्थानमा हुँदा तिनीहरूले एक जना मानिसलाई शबाथ-दिनमा दाउरा बटुलिरहेको फेला पारे।
33 दाउरा बटुल्नेलाई तिनीहरूले मोशा, हारून र सारा समुदायकहाँ ल्याए।
34 त्यसलाई गर्नुपर्ने कारवाही थाहा नभएकोले तिनीहरूले त्यसलाई थुनामा राखे।
35 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मारिनैपर्छ। सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गा हानेर मारून्।”
36 अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सारा समुदायले त्यसलाई छाउनीबाहिर ल्याए, र त्यसलाई मारे।
37 फेरि परमप्रभुले मोशालाई यसो भन्नुभयो,
38 “इस्राएलीहरूलाई भन्: ‘तिनीहरूले आफ्ना सबै पुस्तौँभरि लुगाको किनारमा नीलो फित्ता लगाएको झुम्का हालून्।
39 त्यस झुम्कालाई हेर्दा तिमीहरूलाई परमप्रभुका आज्ञाहरूको सम्झना होस् कि तिमीहरूले ती आज्ञाहरू पालन गर, र आफ्ना मन र आँखाका लालसामा लागेर पथभ्रष्ट नहोओ।
40 तब तिमीहरूले मेरा सबै आज्ञा मान्न सम्झना राखेर आफ्ना परमेश्वरको निम्ति पवित्र हुनेछौ।
41 तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्याउने परमप्रभु तिमीहरूका परमेश्वर मै हुँ। परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ’।”
Leave a Reply