आँसु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आँसु

भजनसंग्रह 6 : 6
6 आफ्‍नो आर्तनादले थाकेर म लाचार भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु।

भजनसंग्रह 39 : 12
12 “हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्‌, मदतको लागि मैले गरेको क्रन्‍दन सुनिदिनुहोस्‌, मेरो आँसु त्‍यसै नटारिदिनुहोस्‌, किनकि मेरा सबै पुर्खाहरूजस्‍तै म एक प्रवासी हुँ, एउटा विदेशीझैँ म तपाईंसित वास गर्दछु।

भजनसंग्रह 42 : 3
3 मेरो आँसु रातदिन मेरो आहार बनेको छ, र मानिसहरू लगातार मलाई भनिरहन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?”

भजनसंग्रह 56 : 8
8 मेरो विलापको लेखा राख्‍नुहोस्‌। मेरो आँसु तपाईंको फिरिस्‍तमा राखिदिनुहोस्‌। के ती तपाईंको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

यशैया 38 : 5
5 “गएर हिजकियालाई भन्, ‘तेरा पिता दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मैले तेरो प्रार्थना सुनें र मैले तेरो आँसु देखें। म तेरो आयु अरू पन्‍ध्र वर्ष बढ़ाइदिनेछु।

प्रकाश 7 : 17
17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्‍याएर जिउँदो पानीको स्रोतसम्‍म लानुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”

प्रकाश 21 : 4
4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”

भजनसंग्रह 80 : 5
5 तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ, र पिउनलाई आँसु प्रशस्‍त मात्रामा दिनुभएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *