यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अस्वच्छता
लेवीहरू 5 : 3
3 “‘त्यसले मानिसको अशुद्धि वा अशुद्ध बनाउने कुनै कुरा छोयो भने, त्यो कुरो त्यसलाई थाहा नभए तापनि त्यो दोषी ठहरिनेछ।
लेवीहरू 7 : 21
21 कसैले मानिस वा अशुद्ध पशुको अशुद्धि वा अन्य कुनै घृणित कुरो छोएर परमप्रभुका मेलबलिको मासु खायो भने, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरिओस्’।”
लेवीहरू 17 : 15
15 “‘स्वदेशी होस् वा परदेशी होस् जसले आफै मरेको वा जङ्गली जनावरले फहराएको पशुको मासु खान्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ र आफै पानीमा नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसपछि त्यो शुद्ध हुनेछ।
लेवीहरू 21 : 15
15 र त्यसले आफ्ना मानिसहरूका बीचमा आफ्नो वंशलाई अशुद्ध नतुल्याओस्। त्यसलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ’।”
लेवीहरू 22 : 8
8 आफै मरेको अथवा जङ्गली पशुले फहराएर मारेको जन्तु खाएर त्यसले आफूलाई अशुद्ध नपारोस्। म परमप्रभु हुँ।
गन्ती 5 : 3
3 पुरुष र स्त्री दुवैलाई बाहिर राख्नू। तिनीहरूका बीचमा म रहने छाउनी तिनीहरूले अशुद्ध नपारून्।”
गन्ती 9 : 11
11 दोस्रो महिनाको चौधौँ दिन साँझमा तिनीहरूले यो मानून्। तिनीहरूले थुमा, अखमिरी रोटी र तीतो सागसमेत खाऊन्।
गन्ती 31 : 19
19 “तिमीहरूमा जस-जसले कुनै मानिसलाई मारेको छ वा लाश छोएको छ, ती सबै छाउनीबाहिर सात दिनसम्म बस्नुपर्छ। तेस्रो र सातौँ दिनमा तिमीहरूले आफैलाई, आफ्ना कैदीहरूलाई समेत चोख्याउनू।
Leave a Reply