अस्थिरता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अस्थिरता

उत्‍पत्ति 49 : 4
4 पानीजस्‍तो चञ्‍चल तँ, तेरो प्रतिष्‍ठा कायम रहनेछैन, किनभने तेरा बुबाको पलङ्गमा तँ चढ़िस्, र त्‍यो अशुद्ध पारिस्‌— तँ मेरो ओछ्यानमा चढ़िस्‌!

प्रस्‍थान 8 : 15
15 तर जब फारोले सबै शान्‍त भएका देखे, तब परमप्रभुले भन्‍नुभएझैँ उनले आफ्‍नो हृदय कठोर पारे, र मोशा र हारूनका कुरा सुनेनन्‌।

प्रस्‍थान 8 : 32
32 तर यस पल्‍ट पनि फारोले आफ्‍नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्‌।

प्रस्‍थान 9 : 34
34 तर जब फारोले पानी, असिना र गर्जन थामिएका देखे, तब उनले अझ बढ्‌ता पाप गरे, र उनले र उनका अधिकारीहरूले आफ्‍ना हृदय कठोर गरे।

प्रस्‍थान 10 : 11
11 अँहँ, त्‍यसो हुँदैन। तिमी पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गर, किनकि तिमीहरूले त्‍यही माग गरेका छौ।” अनि मोशा र हारून फारोको सामुन्‍नेबाट लघारिए।

प्रस्‍थान 10 : 20
20 तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र उनले इस्राएलीहरूलाई जान दिएनन्‌।

प्रस्‍थान 14 : 5
5 जब मिश्रका राजाकहाँ ती मानिसहरू भागेका खबर पुग्‍यो तब तिनीहरूप्रति फारो र उनको अधिकारीहरूको मन बद्‌लियो। उनीहरूले भने, “यो हामीले के गर्‍यौं? इस्राएलीहरूलाई त हाम्रो सेवा गर्न नलगाएर छोड़ी पो दिएछौं!”

प्रस्‍थान 32 : 10
10 अब मलाई नरोक्‌, र मेरो क्रोध यिनीहरूमाथि दन्‍किओस्‌। म यिनीहरूलाई भस्‍म पार्नेछु। अनि तँबाट नै म एउटा ठूलो जाति बनाउनेछु।”

प्रस्‍थान 19 : 8
8 सारा मानिसहरूले एकसाथ यसो भने, “परमप्रभुले भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” तब मोशाले मानिसहरूको जवाफ परमप्रभुलाई सुनाइदिए।

प्रस्‍थान 24 : 3
3 जब मोशाले गएर परमप्रभुका सबै कुरा र विधिविधानहरू मानिसहरूलाई सुनाए, तब तिनीहरू सबैले एकै सोर गरी भने, “परमप्रभुले भन्‍नुभएका सबै वचनहरू हामी पालन गर्नेछौं।”

प्रस्‍थान 24 : 7
7 त्‍यसपछि तिनले करारको पुस्‍तक लिएर मानिसहरूका सामुन्‍ने पढ़े। तिनीहरूले जवाफ दिए, “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।”

न्यायकर्ताहरू 2 : 17
17 तर तिनीहरूले यी न्‍यायकर्ताहरूका कुरा पनि सुनेनन्‌। तिनीहरू व्‍यभिचारीसरह अरू देवताहरूको पूजा गर्न र उनीहरूका सामु निहुरन लागे। तिनीहरूले आफ्‍ना पिता-पुर्खाहरू हिँडेका परमेश्‍वरका आज्ञापालनको बाटो चाँड़ै नै छोड़िदिए।

१ राजाहरू 18 : 21
21 एलियाले मानिसहरूका अगि आएर भने, “तिमीहरू कहिलेसम्‍म दोधारमा बसिरहन्‍छौ? यदि परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्‍वर हो भने त्‍यसलाई पछ्याओ।” तर मानिसहरूले केही भनेनन्‌।

भजनसंग्रह 106 : 13
13 तर तिनीहरूले चाँड़ै उहाँका कार्यहरू बिर्सिहाले, र उहाँका सल्‍लाहको प्रतीक्षा तिनीहरूले गरेनन्‌।

हितोपदेश 24 : 22
22 किनभने उहाँहरू दुवैले तिनीहरूमाथि एक्‍कासि सर्वनाश पठाउनुहुनेछ। र कस्‍ता विपत्तिहरू उहाँहरूले पठाउनुहोला भनी कसलाई थाहा हुन्‍छ र?

हितोपदेश 27 : 8
8 आफ्‍नो गुँड़बाट भट्‌किएर निस्‍केको चराझैँ आफ्‍नो घरबाट भट्‌किएर निस्‍केको मानिस हुन्‍छ।

यर्मिया 2 : 36
36 आफ्‍ना चाल बद्‌लिँदै तँ किन यसरी यताउता हिँड़िबस्‍छेस्‌? जसरी अश्‍शूरले तँलाई निराश पार्‍यो, त्‍यसरी नै मिश्रले पनि तँलाई निराश पार्नेछ।

होशे 6 : 5
5 यसैकारण मैले तिमीहरूलाई मेरा अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु। मैले तिमीहरूलाई मेरा मुखको वचनद्वारा घात गरेको छु। मेरो न्‍याय तिमीहरूमाथि बिजुलीजस्‍तै चम्‍किएको छ।

मत्ती 6 : 24
24 “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ।

मत्ती 12 : 25
25 तर उहाँले तिनीहरूको विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “आपसमा फूट परेको हरेक राज्‍य उजाड पारिनेछ, र हरेक सहर अथवा परिवार आफ्‍नै बीचमा फाटो पर्‍यो भने टिक्‍नेछैन।

मर्कूस 4 : 19
19 तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्‍छन्‌। ती फलवन्‍त हुँदैनन्‌।

मत्ती 13 : 21
21 तर त्‍यसको आफ्‍नै जरा नभएकोले त्‍यो थोरै बेर मात्र टिक्‍छ, र वचनको कारणले कष्‍ट कि सतावट परिआउने बित्तिकै त्‍यो पछि हट्‌छ।

लूका 8 : 14
14 काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्‍छन्, तर पछि यस जीवनका चिन्‍ता, धन, सुख-चैनमा परेर बढ्‌न पाउँदैनन्, र तिनका फल पाक्‍न पाउँदैनन्‌।

लूका 9 : 62
62 तर येशूले त्‍यसलाई भन्‍नुभयो, “आफ्‍नो हात हलोमा लगाएर पछिल्‍तिर हेर्ने कोही पनि परमेश्‍वरका राज्‍यको योग्‍यको हुँदैन।”

मत्ती 8 : 20
20 येशूले तिनलाई भन्‍नुभयो, “स्‍यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड़ हुन्‍छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्‍काउने ठाउँ पनि छैन।”

लूका 17 : 32
32 लोतकी पत्नीलाई याद गर!

यूहन्‍ना 5 : 35
35 यूहन्‍ना बल्‍दो र चम्‍किलो बत्ती थिए, र तिमीहरू उनको प्रकाशमा थोरै समय आनन्‍द मनाउन राजी भयौ।

गलाती 1 : 6
6 मलाई आश्‍चर्य लागिरहेछ, कि ख्रीष्‍टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्‍यागेर तिमीहरू भिन्‍न सुसमाचारतिर लागिरहेछौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *