यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् असभ्यता
मत्ती 5 : 22
22 तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।
१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्ला मचाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु।
2 मसँग अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकूँला, र पहाड़हरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।
6 प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।
8 प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्तै बोल्थें, बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौं, तर त्यस बेलाचाहिँ छर्लङ्ग देख्नेछौं। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेलाचाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।
याकूब 3 : 6
6 जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ!
१ तिमोथी 2 : 1 – 15
1 सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्ति नम्र-निवेदन, प्रार्थना र मध्यस्थ-बिन्ती र धन्यवाद चढ़ाइऊन्,
2 राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।
3 हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ।
4 सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ।
5 किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ— मानिस, ख्रीष्ट येशू।
6 उहाँले सबैका छुटकाराका मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो।
7 यसको खातिर म प्रचारक र प्रेरित नियुक्त भएँ, र विश्वास र सत्यतामा अन्यजातिहरूका निम्ति चाहिँ शिक्षक। म साँचो भन्दछु, म ढाँट्दिनँ।
8 यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून् भन्ने म चाहन्छु।
9 यसै गरी म चाहन्छु, कि स्त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन,
10 तर असल कामद्वारा सुसज्जित होऊन्, जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ।
11 स्त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्।
12 तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्।
13 किनभने आदम नै पहिले सृजिएका हुन्, त्यसपछि हव्वा।
14 आदम छलिएका होइनन्, तर स्त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्।
15 तरै पनि, यदि तिनी सुशीलतासाथ विश्वास, प्रेम र पवित्रतामा रहिन् भने, बालक जन्ममा तिनी बचाइनेछिन्।
१ पत्रुस 2 : 1 – 25
1 यसकारण सबै दुष्टता, सबै छल-कपट र ईर्ष्या, र सबै निन्दाहरूलाई त्याग।
2 नयाँ जन्मेका बालकहरूजस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दैजान सक्नेछौ।
3 किनकि प्रभु कृपालु हुनुहुन्छ भन्ने कुराको स्वाद तिमीहरूले पाएका छौ।
4 उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ। मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ।
5 तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिक घर बन्दैजाओ।
6 किनभने धर्मशास्त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्य कुने-ढुङ्गो म बसाल्छु, र जसले उहाँमाथि विश्वास गर्छ त्यो शर्ममा पर्नेछैन।”
7 यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूका निम्ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो।”
8 र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ।” किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्। तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो।
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।
10 एक पल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एक पल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।
11 प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।
12 अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।
13 प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्यो सर्वोच्च राजाको होस्,
14 अथवा हाकिमहरूको होस्, जो दुष्ट काम गर्नेहरूलाई दण्ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्छन्।
15 किनकि परमेश्वरको इच्छा यही छ, कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ।
16 स्वतन्त्र मानिसहरूझैँ जीवन बिताओ। स्वतन्त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्वरका दासहरूझैँ भएर चल।
17 सबै मानिसहरूलाई आदर गर। भाइबन्धुलाई प्रेम गर। परमेश्वरसँग डराओ। राजाको आदर गर।
18 कमारा हो, सम्पूर्ण आदरपूर्वक आफ्ना मालिकहरूका अधीनमा बस। तिमीहरूमाथि दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन, तर निर्दयीहरूका अधीनमा पनि।
19 परमेश्वरलाई सम्झेर कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय छ।
20 किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र? तर तिमीहरूले असल गरेर पनि दुःख भोग्नुपर्दा धैर्यसँग सहन्छौ भने यो परमेश्वरमा ग्रहणयोग्य हुन्छ,
21 किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ। ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ।
22 “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”
23 तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्नुहुँदा उहाँले धम्की दिनुभएन। तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्नुभयो।
24 हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।
25 किनभने तिमीहरू भेड़ाहरूझैँ बरालिरहेका थियौ, तर अब तिमीहरूका आत्माको गोठाला र संरक्षककहाँ फर्किआएका छौ।
यूहन्ना 15 : 6
6 कोही मानिस ममा रहेन भने, त्यो हाँगाझैँ बाहिर मिल्काइन्छ, र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन्, र आगोमा फालिदिन्छन्, र ती जलिहाल्छन्।
यशैया 34 : 9
9 एदोमका खोलाहरू अलकत्रामा, त्यसको धूलो जलिरहेको गन्धकमा, र त्यसको देशचाहिँ बल्दो अलकत्रामा परिवर्तन हुनेछ।
हितोपदेश 15 : 23
23 उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्छ।
Leave a Reply