अश्लील साहित्य

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अश्लील साहित्य

मत्ती 5 : 28
28 तर म तिमीहरूलाई भन्‍दछु, जसले कोही स्‍त्रीलाई कामवासनाको इच्‍छाले हेर्दछ, त्‍यसले अघिबाटै आफ्‍नो हृदयमा त्‍यससँग व्‍यभिचार गरिसकेको हुन्‍छ।

१ कोरिन्थी 6 : 18 – 20
18 व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

भजनसंग्रह 119 : 37
37 व्‍यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्‌, तपाईंका वचनअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌।

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

१ यूहन्‍ना 2 : 16
16 किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌।

फिलिप्पी 4 : 8
8 अन्‍त्‍यमा भाइ हो, जे कुरो सत्‍य छ, जे कुरो आदरणीय छ, जे कुरो न्‍यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्‍य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्‍ठता, प्रशंसाको योग्‍य केही छ भने यी नै कुराका विचार गर।

एफिसी 6 : 11 – 17
11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर।
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।
13 यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।
14 यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,
15 र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
16 साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ।
17 मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।

हिब्रू 13 : 4
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ।

१ कोरिन्थी 6 : 18
18 व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।

गलाती 5 : 19
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,

भजनसंग्रह 119 : 9 – 10
9 जवान मानिसले आफ्‍नो चालचलन कसरी चोखो राख्‍न सक्‍छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो।
10 म आफ्‍नो सम्‍पूर्ण हृदयले तपाईंलाई खोज्‍छु, तपाईंका आज्ञाहरूबाट मलाई बहकेर जान नदिनुहोस्‌।

हितोपदेश 7 : 21 – 27
21 फकाई-फुस्‍लाईकन त्‍यसले उसलाई रनभुल्‍ल पारी, मोहित कुराहरू गरेर त्‍यसले उसलाई फसाई।
22 तुरुन्‍तै ऊ त्‍यसको पछि लाग्‍यो, वधशालातिर लागेको गोरुझैँ, पासोतिर अगि बढ़िरहेको मृगझैँ।
23 तब बाणले त्‍यसको कलेजो नै छेड़िदिन्‍छ, जालतिर वेगले उड़ेको चराझैँ, आफ्‍नो ज्‍यानै गुमाउँछु भन्‍ने उसलाई ज्ञानै छैन।
24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मैले भनेको कुरामा ध्‍यान देओ।
25 तिमीहरूको हृदय त्‍यसको चालतिर फस्‍न नदेओ, त्‍यसको बाटोतिर बरालिएर नजाओ।
26 त्‍यसले धेरै जनालाई नष्‍ट पारेकी छे, त्‍यसको शिकार बन्‍नेहरू असंख्‍य छन्‌।
27 त्‍यसको घर पाताल जाने बाटो हो, जसले मृत्‍युका कोठाहरूतिर पुर्‍याउँछ।

१ कोरिन्थी 6 : 9
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,

अय्‍यूब 31 : 1
1 कुनै स्‍त्रीलाई कुदृष्‍टिले नहेर्ने मैले मेरा आँखासित वाचा बाँधे।

१ कोरिन्थी 6 : 13
13 “भोजन पेटको निम्‍ति, र पेट भोजनको निम्‍ति हो।” तर परमेश्‍वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्‍यभिचारको निम्‍ति होइन, तर प्रभुको निम्‍ति हो, र प्रभु शरीरको निम्‍ति हुनुहुन्‍छ।

१ थेसलोनिकी 4 : 3 – 6
3 किनकि परमेश्‍वरको इच्‍छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्‍यभिचारबाट अलग बस।
4 पवित्रता र आदरसाथ आफ्‍नो निम्‍ति पत्‍नी लिनू, सो तिमीहरू प्रत्‍येकले जान,
5 तर परमेश्‍वरलाई नचिन्‍ने अविश्‍वासीहरूजस्‍तै कामुकताको कुवासनामा नबस।
6 यस विषयमा कसैले अपराध गरेर आफ्‍नो भाइलाई खराबी नगरोस्, किनकि यस्‍ता सबै कुरामा बदला लिनुहुने प्रभु नै हुनुहुन्‍छ। हामीले तिमीहरूलाई अगाडि नै यसबारे गम्‍भीर चेताउनी दिएका छौं।

हितोपदेश 6 : 25
25 तेरो मनमा त्‍यसको सुन्‍दरताको कारण कुइच्‍छा नगर्, अथवा त्‍यसको आँखाले तँलाई नफसाओस्‌।

याकूब 4 : 6 – 11
6 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्‍छ? यसैकारण पवित्र-धर्मशास्‍त्र यसो भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”
7 यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।
8 परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।
9 दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्‍द खिन्‍नतामा परिणत होस्‌।
10 प्रभुको सामने आफूलाई विनम्र तुल्‍याओ, र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।
11 भाइ हो, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्‍नो भाइको विरुद्धमा खराब बोल्‍छ, अथवा आफ्‍नो भाइलाई दोष लाउँछ, त्‍यो व्‍यवस्‍थाको विरुद्धमा बोल्‍छ, र त्‍यसले व्‍यवस्‍थाको दोष देखाउँछ। तर यदि तिमीले व्‍यवस्‍थाको दोष देखाउँछौ भने त तिमी व्‍यवस्‍थाबमोजिम चल्‍ने भएनौ, तर व्‍यवस्‍थाको न्‍यायकर्ता पो भयौ।

रोमी 12 : 1 – 9
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।
3 किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्‍ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्‍तो सम्‍झनुपर्छ त्‍यसभन्‍दा बढ़ी नसम्‍झोस्, तर परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम सन्‍तुलित विचारले सोचोस्‌।
4 किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्‍छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन,
5 त्‍यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्‍टमा एउटै शरीर हौं, र प्रत्‍येक एक-अर्काका अङ्ग हौं।
6 हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्‍वासको परिमाणअनुसार,
7 सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा,
8 अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।
9 प्रेम निष्‍कपट होस्‌। जुन कुरा खराब छ, त्‍यसलाई घृणा गर। जुन कुरा असल छ, त्‍यसमा लागिरहो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *