यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अश्दोद
यहोशू 13 : 3
3 मिश्रदेशका पूर्वपट्टिको शिहोर नदीदेखि लिएर उत्तरतिरका एक्रोनको सिमानासम्म— यी सबै कनानीको भागमा गनिएका छन्, (पलिश्तीहरूका पाँच प्रान्त, गाजा, अश्दोद, अश्कलोन, गात र एक्रोनका सरदारहरू, र दक्षिणतिरका अव्वीहरूका पनि),
१ शमूएल 6 : 17
17 ती सुनका गिर्खाहरू, जुनचाहिँ पलिश्तीहरूले दोषबलिको निम्ति पठाएका थिए, ती अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन हरेकको निम्ति एउटा-एउटा थियो।
आमोस 3 : 9
9 अश्दोदका किल्लाहरू र मिश्रदेशका किल्लाहरूलाई घोषणा गर: “सामरियाका पहाड़हरूमा तिमीहरू भेला होओ। त्यहाँभित्र भएको ठूलो खैलाबैलालाई र त्यसका मानिसहरूका बीचमा भएको अत्याचारलाई हेर।”
यहोशू 11 : 22
22 इस्राएलीहरूको देशमा अनाकीहरूको एक जना पनि बाँकी रहेन, केवल गाजा, गात र अश्दोदमा केही बाँकी रहे।
यहोशू 15 : 47
47 अश्दोद, त्यसका सहरहरू र बस्तीहरूसमेत, गाजा, त्यसका सहरहरू र बस्तीहरूसमेत, मिश्रको खोला र महासमुद्रको किनारसम्मै।
१ शमूएल 5 : 12
12 जो मरेका थिएनन्, उनीहरूलाई गिर्खाको रूढ़ीले सतायो। त्यस सहरको विलाप स्वर्गसम्मै पुग्यो।
२ इतिहास 26 : 6
6 तिनी पलिश्तीहरूसँग युद्ध गर्न रणभूमिमा गए, र गात, यब्ने र अश्दोदका पर्खालहरू तिनले भत्काइदिए। तिनले अश्दोदको नजिक र पलिश्तीहरूका बीचमा सहरहरू बनाए।
यशैया 20 : 1
1 जुन साल अश्शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्च सेनापतिले अश्दोदमा आएर आक्रमण गरी त्यो कब्जा गरे,
नहेम्याह 4 : 8
8 अनि उनीहरू सबै आएर यरूशलेमलाई आक्रमण गरी खलबल पार्न भेला हुने मतो गरे।
नहेम्याह 13 : 24
24 तिनीहरूका बालकहरूमध्ये आधा अश्दोदी भाषा बोल्थे अथवा अरू मानिसहरूको भाषा बोल्थे, र तिनीहरू यहूदाको भाषा बोल्न जान्दैनथे।
यर्मिया 25 : 20
20 र त्यहाँ भएका सबै विदेशीहरूलाई, अनि ऊज देशका सबै राजाहरूलाई र पलिश्तीहरूका सबै राजाहरूलाई, (अश्कलोन, गाजा र एक्रोन, अनि अश्दोदका बाँचेकाहरूलाई),
आमोस 1 : 8
8 म अश्दोदको राजालाई र अश्कलोनको राजदण्ड लिनेलाई सर्वनाश पार्नेछु। म एक्रोनको विरुद्धमा मेरो हात चलाउनेछु, जबसम्म पलिश्तीहरू आखिरीसम्म मर्नेछैनन्,” परमप्रभु परमेश्वर भन्नुहुन्छ।
आमोस 3 : 15
15 म हिउँदमा बस्ने निवासस्थान र गर्मीमा बस्ने निवासस्थान दुवै सर्वनाश गर्नेछु, र हस्तिहाड़ले सिँगारिएका घरहरू नष्ट हुनेछन्, र भवनहरू भत्काइनेछन्,” परमप्रभु भन्नुहुन्छ।
सपन्याह 2 : 4
4 गाजा निर्जन हुनेछ, र अश्कलोन भग्नावशेष भएर छोड़िनेछ। मध्यदिनमा अश्दोद खाली पारिनेछ, र एक्रोनचाहिँ उखेलिनेछ।
जकरिया 9 : 6
6 अश्दोदलाई विदेशीहरूले अधिकार गर्नेछन्, र पलिश्तीहरूको अहङ्कार म नष्ट गरिदिनेछु।
प्रेरित 8 : 40
40 तर फिलिप अश्दोदमा देखा परे, र कैसरिया नपुगुञ्जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए।
Leave a Reply