यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अविश्वासीहरू
२ कोरिन्थी 6 : 14 – 18
14 अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता?
15 ख्रीष्टको बेलिआलसँग के सरोकार? वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता?
16 मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्डुल गर्नेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्”
17 “यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।
18 म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।”
२ कोरिन्थी 6 : 14
14 अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता?
१ कोरिन्थी 5 : 9 – 13
9 मैले मेरो पत्रमा तिमीहरूलाई व्यभिचारीहरूको सङ्गत नगर्नू भनेर लेखेको थिएँ।
10 त्यसको अर्थ, यस संसारका व्यभिचारीहरू, लोभीहरू, वा लुटाहाहरू, वा मूर्तिपूजकहरूसँग बिलकुलै सङ्गत नगर्नू भनेको होइन, नत्रता तिमीहरू संसारबाट नै निस्किजानुपर्थ्यो।
11 तर यस्ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्वासी भाइ हुँ भनी भन्छ, तर वास्तवमा जो व्यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्यस्तो मानिससँग त खान पनि नबस।
12 किनकि बाहिरकाहरूको इन्साफ गर्नु मलाई के खाँचो? के तिमीहरूले मण्डली भित्रकाहरूको न्याय गर्नुपर्दैन र?
13 बाहिरकाहरूको न्याय परमेश्वरले नै गर्नुहुन्छ। “तिमीहरूले आफ्नो बीचबाट दुष्ट मानिसलाई निकालिदेओ।”
१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
हितोपदेश 24 : 20
20 किनभने दुष्ट मानिसका भविष्यको आशा हुँदैन, र दुष्टको बत्ती निभाइनेछ।
एफिसी 4 : 18
18 तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्धकारले भरिएको छ।
रोमी 1 : 20
20 उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।
रोमी 6 : 23
23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
लूका 10 : 30 – 37
30 येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्यो डाँकूहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए।
31 संयोगले एक जना पूजाहारी त्यही बाटो भएर जाँदैथियो, र त्यो अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो।
32 त्यसै गरी एक जना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
33 तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो, र त्यसलाई देखेर उसको मन दयाले भरियो।
34 र त्यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्नै गधामाथि चढ़ाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो।
35 भोलिपल्ट उसले चाँदीका दुई सिक्का पौवाको मालिकलाई दिएर भन्यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”
36 येशूले सोध्नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”
37 तिनले भने, “त्यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिमी पनि त्यसै गर।”
यूहन्ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।
Leave a Reply