अविवाहितता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अविवाहितता

१ कोरिन्थी 7 : 1 – 40
1 अब तिमीहरूले लेखेका कुराहरूका विषयमा: पुरुषले स्त्रीलाई नछुनु नै असल हो।
2 तर व्‍यभिचारसम्‍बन्‍धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्‍नै पत्‍नी होस्, र हरेक स्‍त्रीको पनि आफ्‍नै पति होस्‌।
3 पतिले आफ्‍नी पत्‍नीलाई तिनको वैवाहिक हक देओस्, र यसरी नै पत्‍नीले पनि आफ्‍ना पतिलाई।
4 पत्‍नीले आफ्‍नो शरीरमाथि अधिकार राख्‍दिन, तर उसको पतिले राख्‍छ। यसरी नै पतिले पनि आफ्‍नो शरीरमाथि अधिकार राख्‍दैन, तर उसकी पत्‍नीले राख्‍छे।
5 पति पत्‍नीले आफ्‍नो पारस्‍परिक संसर्गदेखि एक-अर्कालाई इन्‍कार नगर। इन्‍कार गर्‍यौ भने पनि आपसमा सल्‍लाह गरेर केही समयको निम्‍ति मात्र, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्‍मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्‌।
6 यो म तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्‍दछु।
7 सबै मानिस मजस्‍तै रहेको म इच्‍छा गर्दछु। तर हरेकलाई परमेश्‍वरबाट विशेष वरदान मिलेको छ, एउटालाई एक किसिमको, अर्कालाई अर्को किसिमको।
8 तर अविवाहित र विधवाहरूलाई म भन्‍दछु, तिनीहरू मजस्‍तै अविवाहित रहे तिनीहरूका निम्‍ति असल हुनेछ।
9 तर तिनीहरूले आफूलाई वशमा राख्‍न सक्‍दैनन्‌ भने तिनीहरूले विवाह गरून्‌। किनभने कामवासनामा जल्‍नुभन्‍दा विवाह गर्नु असल हो।
10 अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्‍छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्‍नी पतिबाट नछुटोस्‌।
11 तर छुट्टिएर बसिहाले तापनि त्‍यसले विवाह नगरोस्, बरु आफ्‍नो पतिसँग मिलाप गरोस्‌। पतिले आफ्‍नी पत्‍नीलाई नत्‍यागोस्‌।
12 तर तिमी अरूहरूलाई म भन्‍दछु (यो मेरो भनाइ हो, प्रभुको होइन), यदि कुनै भाइकी ख्रीष्‍टमा विश्‍वास नगर्ने पत्‍नी छ, र तिनी ऊसँग बस्‍न चाहन्‍छिन्‌ भने, उसले त्‍यसलाई नत्‍यागोस्‌।
13 यदि कुनै स्‍त्रीको ख्रीष्‍टमा विश्‍वास नगर्ने पति छ, र त्‍यो ऊसित बस्‍न चाहन्‍छ भने, तिनले आफ्‍नो पतिलाई नत्‍यागोस्‌।
14 किनकि अविश्‍वासी पति आफ्‍नी पत्‍नीद्वारा पवित्र हुन्‍छ, र अविश्‍वासी पत्‍नी आफ्‍नो पतिद्वारा पवित्र हुन्‍छे, नत्रता तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेछन्, तर वास्‍तवमा तिनीहरू त पवित्र छँदैछन्‌।
15 तर विश्‍वास नगर्नेचाहिँ छुट्टिन्‍छ भने छुट्टिओस्‌। यस्‍तो अवस्‍थामा त्‍यो ख्रीष्‍टमा विश्वास गर्ने पति अथवा पत्‍नी कुनै बन्‍धनमा रहनेछैन। किनभने परमेश्‍वरले हामीलाई शान्‍तिमा रहन बोलाउनुभएको हो।
16 हे पत्‍नी, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍ना पतिलाई बचाउन सक्‍छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍नी पत्‍नीलाई बचाउन सक्‍छौ कि?
17 प्रभुले हरेकलाई जस्‍तो जीवन खटाउनुभएको छ र जस्‍तो स्‍थितिमा बोलाउनुभएको छ, सोहीबमोजिम त्‍यो हिंडोस्। सबै मण्‍डलीहरूका निम्‍ति मेरो नियम यही हो।
18 के कोही मानिसको बोलावट हुँदा त्‍यसको अघिबाटै खतना भइसकेको थियो? त्‍यसो हो भने त्‍यसले बेखतना हुन नखोजोस्‌। के कोही खतना नहुँदै बोलावट भएको छ? त्‍यसो भए त्‍यसले खतना हुन नचाहोस्‌।
19 खतना केही होइन, बेखतना पनि केही होइन, तर परमेश्‍वरको आज्ञापालन मुख्‍य कुरा हो।
20 जुन अवस्‍थामा मानिसलाई बोलावट भएको छ, त्‍यसैमा नै हरेक मानिस रहिरहोस्‌।
21 तिम्रो बोलावट हुँदा तिमी कमारा थियौ? यदि थियौ भने त्‍यसको वास्‍ता नगर, तर स्‍वतन्‍त्र हुन सक्‍छौ भने त्‍यसको फाइदा उठाऊ।
22 किनभने प्रभुमा बोलावट हुँदा जो मानिस कमारो थियो, अब त्‍यो प्रभुको स्‍वतन्‍त्र मानिस भएको छ। त्‍यसै गरी बोलावट भएको समयमा जो मानिस स्‍वतन्‍त्र थियो, त्‍यो ख्रीष्‍टको कमारो भएको छ।
23 तिमीहरू मोल तिरेर किनिएका हौ, मानिसहरूका कमारा नबन।
24 यसकारण भाइ हो, जसलाई जस्‍तो अवस्‍थामा बोलावट भएको छ, प्रत्‍येक त्‍यही अवस्‍थामा परमेश्‍वरसँग रहिरहोस्‌।
25 अब कन्‍याहरूका बारेमा प्रभुको आज्ञा मसित केही छैन। तर प्रभुको कृपाद्वारा एउटा विश्‍वासयोग्‍य व्‍यक्तिको हैसियतले म तिमीहरूलाई आफ्‍नो सल्‍लाह दिन्‍छु।
26 वर्तमान सङ्कष्‍टलाई हेर्दा, जुन व्‍यक्ति जस्‍तो अवस्‍थामा छ त्‍यसैमा नै रहे असल होला भन्‍ने म ठान्‍छु।
27 के तिमीले विवाह गरेका छौ? त्‍यसो भए आफ्‍नी पत्‍नीबाट छुट्‌न नखोज। के तिमी अविवाहित छौ? त्‍यसो भए विवाह गर्न नखोज।
28 तर तिमीले विवाह गर्‍यौ भने पनि त्‍यो पाप होइन। कन्‍याकेटीले विवाह गर्दैमा त्‍यसले पाप गरेकी हुँदिन। तरै पनि विवाह गर्नेहरूले यस जीवनमा कष्‍टहरूको सामना गर्नुपर्नेछ, र म तिमीलाई यसदेखि जोगाउन चाहन्‍छु।
29 भाइ हो, मेरो भन्‍ने कुरा यही हो, कि समय थोरै छ, र अब उप्रान्‍त पत्‍नी हुनेहरू पत्‍नी नभएकाहरूजस्‍तै भएर रहून्‌।
30 शोक गर्नेहरू शोक नगरेकाहरूजस्‍ता र हर्ष मनाउनेहरू हर्ष नमनाउनेहरूजस्‍ता भएर रहून्‌। किनमेल गर्नेहरू आफूसँग केही थोक नभएजस्‍तै रहून्‌।
31 र तिनीहरू जसले संसारका थोकहरू उपभोग गर्छन्, तिनमा आफ्‍नो केही चासो नभएजस्‍तै गरून्, किनकि संसारको वर्तमान रूप बितेर जाँदैछ।
32 तिमीहरू सबै निष्‍फिक्री होओ भन्‍ने म चाहन्‍छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्‍याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ,
33 तर विवाह भएको मानिसले पत्‍नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ।
34 यस्‍तो मानिसको मन दुईपट्टि लागेको हुन्‍छ। विवाह नभएकी स्‍त्रीले शरीर र आत्‍मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछे। तर विवाह भएकीले चाहिँ कसरी आफ्‍ना पतिलाई खुशी राखूँ भनी संसारका कुराको फिक्री गर्दछे।
35 यो कुरा तिमीहरूमाथि प्रतिबन्‍ध लाउनलाई होइन तर तिमीहरूका भलाइको लागि नै भनिरहेछु, यस हेतुले कि तिमीहरू एक चित्तका भई प्रभुप्रति भक्तिसाथ ठीक किसिमको जीवन यापन गर्न सक।
36 यदि कुनै मानिसले आफूसँग मगनी भइसकेकी कन्‍यासँग अनुचित व्‍यवहार गरेको ठान्‍छ, र यदि त्‍यस कन्‍याको उमेर पनि ढल्‍कँदैगएको छ भने, उसले विवाह गर्न चाहे विवाह गर्न सक्‍छ। यसमा पाप छैन। तिनीहरूको विवाह हुनैपर्छ।
37 तर जुन मानिसले आफ्‍नो मन पक्‍का गरिसकेको छ, जो कुनै करकापमा परेको छैन, तर आफ्‍नो इच्‍छालाई वशमा राख्‍न सक्‍छ, र जसले कन्‍यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ, भने— यस्‍तो मानिसले पनि ठीकै गर्दछ।
38 यसरी जसले कन्‍यालाई विवाह गर्छ, उसले ठीकै गर्छ, तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ।
39 पति बाँचुञ्‍जेल पतिकै बन्‍धनमा पत्‍नी रहन्‍छे। तर पतिको मृत्‍यु भएपछि त्‍यसले इच्‍छा गरेको व्‍यक्तिसँग त्‍यो विवाह गर्न स्‍वतन्‍त्र हुन्‍छे, तर ऊचाहिँ प्रभुकै जन हुनुपर्छ।
40 तर त्‍यो त्‍यसै बस्‍छे भने झन्‌ सुखी हुन्‍छे, यो मेरो विचार हो, अनि म सम्‍झन्‍छु कि ममा पनि परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ।

१ कोरिन्थी 7 : 2
2 तर व्‍यभिचारसम्‍बन्‍धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्‍नै पत्‍नी होस्, र हरेक स्‍त्रीको पनि आफ्‍नै पति होस्‌।

१ कोरिन्थी 7 : 1
1 अब तिमीहरूले लेखेका कुराहरूका विषयमा: पुरुषले स्त्रीलाई नछुनु नै असल हो।

फिलिप्पी 2 : 3
3 स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान।

एफिसी 4 : 1 – 32
1 यसकारण, म प्रभुको निम्‍ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्‍यही योग्‍यको जीवन यापन गर।
2 सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर,
3 शान्‍तिको बन्‍धनमा पवित्र आत्‍माको एकता कायम राख्‍न प्रयत्‍न गर।
4 शरीर एउटै छ, र पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ—
5 एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्‍मा,
6 हामी सबैका एउटै परमेश्‍वर र पिता, जो सबैमाथि, सबैका मध्‍य र सबैमा हुनुहुन्‍छ।
7 तर ख्रीष्‍टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ।
8 यसकारण यसो भनिएको छ: “उहाँ उच्‍चमा चढ़िजानुहुँदा कैदलाई बन्‍दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।”
9 (अब यो “उच्‍चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्‍वीको तल्‍लो भागमा ओर्लनु पनि भयो।
10 उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्‍वर्गहरूभन्‍दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्‍त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्‌।)
11 अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्,
12 कि ख्रीष्‍टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्,
13 जबसम्‍म हामी सबैले विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍व मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्‍म पुग्‍दैनौं।
14 यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं।
15 बरु प्रेमसित सत्‍य बोल्‍दै हरेक कुरामा हामी उहाँसम्‍मै, अर्थात्‌ ख्रीष्‍टसम्‍मै बढ्‌दैजाऔं, जो शिर हुनुहुन्‍छ।
16 उहाँबाट नै सारा शरीर प्रत्‍येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्‍येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।
17 अब म यो जोड दिएर प्रभुमा भन्‍दछु र प्रभुमा गवाही दिँदछु, कि अन्‍यजातिहरू जसरी तिनीहरूका विचारको व्‍यर्थतामा जिउँदछन्‌ त्‍यसरी तिमीहरू अबदेखि उसो नजिओ।
18 तिनीहरूका हृदयको कठोरताले ल्‍याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्‍वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्‍धकारले भरिएको छ।
19 तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्‌।
20 तर ख्रीष्‍टलाई त तिमीहरूले यसरी जानेका छैनौ।
21 येशूमा भएको सत्‍यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्‍छु।
22 छली लालसाहरूद्वारा भ्रष्‍ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्‍बन्‍धित तिमीहरूको पुरानो स्‍वभाव त्‍याग।
23 र आफ्‍नो भित्री वर्तावमा नयाँ होओ,
24 र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।
25 यसकारण झूट त्‍यागेर हरेकले आ-आफ्‍नो छिमेकीसँग सत्‍य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।
26 क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्,
27 र दियाबलसलाई मौका नदेओ।
28 चोर्नेले अब उसो नचोरोस्‌। बरु उसले परिश्रम गरोस्‌। उसले आफ्‍नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्‌।
29 तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।
30 अनि परमेश्‍वरका पवित्र आत्‍मालाई दुःखित नतुल्‍याओ, जसमा उद्धारका दिनको निम्‍ति तिमीहरू छाप लगाइएका छौ।
31 सबै तीतोपना, क्रोध र रीस, होहल्‍ला र निन्‍दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्‍यागिदेओ।
32 जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।

एफिसी 5 : 25
25 पति हो, आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले पनि मण्‍डलीलाई प्रेम गर्नुभयो, र त्‍यसको निम्‍ति आफूलाई अर्पण गर्नुभयो,

१ पत्रुस 3 : 7
7 पति हो, त्‍यसै गरी आफ्‍ना पत्‍नीसँग विचारशील भएर बस, र स्‍त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *